सांकेतिक तस्बीर

महात्तरी । महोत्तरीको औरही नगरपालिका–१ मा गए राति दुई छोरा-छोरीसहित आमाले पोखरीमा हाम फाल्दा दुवै छोरा-छोरीको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय विश्वजीत कर्णकी पत्नी २६ वर्षीया बन्दना कर्णले गए राति १० बजे गाउँमै रहेको महादेव मन्दिरको पोखरीमा आफ्ना चार वर्षीया छोरी विद्या र आठ महिनाको छोरा अध्यान्सुसहित पोखरीमा हाम फालेकामा दुवै छोराछोरीको डुबेर मृत्यु भएको हो ।

महिलाले छोरा-छोरीसहित पोखरीमा हाम फालेको स्थानीयले थाहा पाएपछि तीनै जनाको उद्धार गरी पोखरी बाहिर ल्याएर उपचारका लागि स्थानीय राधाकृष्ण अस्पताल लगिएपछि चिकित्सकले दुवै छोराछोरीलाई गएराति नै मृत घोषणा गरेको थियो भने आमा बन्दनाको अवस्था सामान्य रहेको छ ।

Advertisement

प्रहरीले घटना पश्चात गए राति ११ बजे नै मृतक बालबालिकाका आमा-बुवा दुवैलाई नियन्त्रणमा लिएको छ । घटनाबारे आवश्यक अनुसन्धान पनि अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!