- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । कार्यबहाक प्रधानमन्त्री तथा गृहमन्त्री वालकृष्ण खाँणले देशको शान्ति सुरक्षामा वाधा अवरोध पुर्याउँनेलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । शनिवार नेपाली कांग्रेसले धनकुटामा आयोजना गरेको आमसभालार्ई संवोधन गर्दै मन्त्री खाँडले यस्तो बताएका हुन् ।

Advertisement

शान्ति सुरक्षामा बाधा अवरोध गर्ने र कुनै पनि पार्टीका शान्तिपूर्ण भेला, सभा तथा कार्यक्रमलाई नकारात्मक हिसावले अवरोध गर्नेहरुलाई कारबाहीको दायरामा ल्याइने मन्त्री खाँडले बताए । साना, ठूला सबै दलहरुलाई राखेर सुरक्षा सम्बन्धी जानकारी दिने, समूचित सुरक्षाको प्रवन्ध गर्ने काम सुरक्षा निकाय र प्रशासनको भएको स्मरण गराउँदै मन्त्री खाँडले त्यसका लागि प्रतिवद्ध भएर लाग्न निर्देशनसमेत दिए ।

मन्त्री खाँडले हिजो हिंसात्मक आन्दोलनमा रहेका सम्पूर्ण पक्षलाई शान्ति प्रकृयामा ल्याउन सफल भएको बताए । उनले नेपाली कांग्रेस अहिले मुलकका तीन तहको सरकारबाट संविधान विरोधी शक्तिलाई सत्ताच्यूत गर्ने, मुलुकमा निरंकुशता, हिंसा र द्वन्द्व जारी राख्न खोज्ने शक्तिलाई स्थापित हुन नदिने अभियानमा रहेको बताए ।

कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य सुनिलबहादुर थापा, आङगेलु शेर्पा, रामहरी खतिवडा, पूर्व आमन्त्रीत केन्द्रिय सदस्य मनोहरनारायण श्रेष्ठ, सविधान सभा सदस्य लिला सुब्बा, कांग्रेसका जिल्ला सभापति दिनेश राई लगायतले मन्तब्य राखेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!