संगालोखबर सम्बाददाता

धनकुटा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिलबहादुर थापालाई जथाभावि बोल्दै नहिड्न नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अखिल नेपाल महिला संघले चेतावनी दिएको छ । दुवै संगठनले मंगलबार धनकुटामा संयुक्त पत्रकार सम्मेलन गरी थापाले जथाभावि बोल्ने क्रम नरोकेमा कडा प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।

Advertisement

गत सोमबार छथर जोरपाटी गाउँपालिका–६ मा आयोजित कार्यक्रममा नेता थापाले एमाले सांसदलाई लक्षित गर्दै धनकुटामा सांसदबाटै चेलिवेटीहरु असुरक्षित रहेको अभिब्यक्ति दिएका थिए । सोही अभिव्यक्तिप्रति आपत्ती जनाउँदै युवा संघ र अनेम संघले पत्रकार सम्मेलन गरेका हुन् । पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष इन्द्रमणी पराजुलीले थापाले आफ्नो अभिव्यक्ति नसुधारे उनीविरुद्ध अभद्र व्यवहारमा कानूनी उपचार खोज्ने बताए । युवा संघका जिल्ला अध्यक्ष प्रविण पोखरेलले पहिलो चरणमा मुख सम्हालेर बोल्न थापालाई चेतावनी मात्र दिइएको र अब पनि त्यस्तो क्रम नरोकिएमा प्रतिवाद गर्ने चेतावनी दिए । ‘मञ्चमा उभिएर के बोल्न हुने, के नहुने भन्ने हेक्का राख्नुपर्छ,’ पोखरेलले भने, ‘कि आधार प्रमाण हुनुपर्यो, नभए जे पायो त्यही बोल्दै हिड्ने छुट कसैलाई छैन, अब पनि यस्तो क्रम रोकिएन भने हामी प्रतिवादमा उत्रन्छौं ।’

थापाको अभिव्यक्तिप्रति आपत्ती जनाउँदै राष्ट्रिय युवा संघ र अखिल नेपाल महिला संघले विज्ञप्ति पनि जारी गरेका छन् । ‘जनतामा गएर चुनावी भाषण गर्ने नाममा आफु असल देखिनलाई कसैप्रति इंगित गर्दै कसैलाई अराजनैतिक तरिकाबाट बद्नाम गर्ने दुस्प्रयत्न स्वरुप झुटा कपोकल्पित, अवाञ्छित, भ्रामक लाल्छाना लगाइनु आफैमा राजनैतिक संस्कार हैन, यस्तो गर्नेलाई कदापी छुट हुन्न,’ विज्ञप्तिमा भनिएको छ, ‘सुनिल थापाको अभिव्यक्तिले हामी धनकुटेली युवा र महिलाहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।’

दुवै संगठनले आरोपको प्रमाण ल्याउँन थापालाई चुनौति दिएका छन् । ‘के आधारमा यस्तो आरोप लगाइयो, हामीलाई जवाफ चाहियो, यस्ता लाञ्छानाहरु लगाएर राजनैतिक संस्कारविरुद्ध नजान हामी सुनिलबहादुर थापालाई चुनौति दिन चाहन्छौं, अन्यथा यसबाट उत्पन्न हुँनसक्ने जुनसुकै परिणामको जिम्मेवारी स्वयम्ले लिनुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!