दिनमा बाँदर, रातमा दुम्सीको आतङ्क

दिनमा बाँदर, रातमा दुम्सीको आतङ्क

वालिङ। किसानले खेतबारीमा लगाएको बालीमा बाँदर र दुम्सीले आतङ्क मच्चाएपछि किसान चिन्तित बनेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीखोलामा किसानले लगाएको बालीमा बाँदर र दुम्सीले अन्नबाली नष्ट गरेपछि किसानलाई सास्ती भएको छ । “अहिले खेतबारीमा मकै तथा तरकारी लगाएका छौँ, पहिला मकै पाक्ने बेलामा बाँदरको हुल आउँथ्यो, यसपालि त मकै छरेदेखि नै हैरानी बनाएको छ” स्थानीय कृषक यमलाल पाण्डेले भन्नुभयो, “द...
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् । यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । परीक्षामा संलग्न सबै उत्तीर्ण भएका छन् । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ । सार्वजन...
पौडिएर नदी तर्दा बेपत्ता

पौडिएर नदी तर्दा बेपत्ता

सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–१० का लोकबहादुर मन्दिर भेरीनदी तर्ने बेला बेपत्ता भएका छन् । चेपाङबाट तातापानी जाने क्रममा पौडीएर नदी तर्ने क्रममा ६० वर्षीय मन्दिर बिहीबार साँझ बेपत्ता भएका हुन् । बेपत्ताको खोजी कार्य जारी रहेको स्थानीयले बताएका छन् ।
लक्ष्यभन्दा साढे एक करोड बढी कर सङ्कलन

लक्ष्यभन्दा साढे एक करोड बढी कर सङ्कलन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको एक महिनामात्र बाँकी रहँदा लक्ष्यभन्दा रु एक करोड ५५ लाख बढी विज्ञापन कर सङ्कलन गरेको छ । चालु वर्षका लागि विनापन करमा रु पाँच करोड लक्ष्य लिइएको भएपनि हालसम्म रु छ करोड ५५ लाख सङ्कलन भइसकेको राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार आव २०७२÷७३ मा रु चार करोड १७ लाख सङ्कलन गरिएको थियो । चालु आवमा अहिलेनै लक्ष्...
श्रीमान् जेलमा हुँदा श्रीमतीको रहस्यमय मृत्यु

श्रीमान् जेलमा हुँदा श्रीमतीको रहस्यमय मृत्यु

फलेवास (पर्वत) । जबर्जस्ती करणीको आरोपमा पर्वत कारागारमा बन्दी जीवन बिताइरहेका खेमबहादुर दमैकी श्रीमती मीठु दर्जीको रहस्यमय मृत्यु भएको छ । पर्वतको जलजला गाउँपालिका–३ बस्दै आएकी दर्जी घरमै मृत अवस्थामा भेटिएकी हुन् । बुधबार बेलुका खाना खाएर सुतेकी दर्जी बिहीबार बिहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । मृत्यु भएको खबर पाएपछि घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक...
महालक्ष्मीमा एमालेले आज उम्मेदवार घोषणा गर्ने

महालक्ष्मीमा एमालेले आज उम्मेदवार घोषणा गर्ने

धनकुटा। असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले धनकुटाको महालक्ष्मी नगरपालिकामा आज उम्मेदवार घोषणा गर्ने भएको छ । एमालेले महालक्ष्मीमा उम्मेदवारको टुंगो लगाएर चुनावी घरदैलो, सभा लगायत गर्दै आएको भएपनि औपचारिक रुपमा उम्मेदवार घोषणा गर्न लागिएको हो । महालक्ष्मी नगरपालिकाको केन्द्र जीतपुरमा विहान ११ बजेका लागि उम्मेदवार घोषणा सभा आयोजना गरिएको एमाले महालक्ष्मी–७ का सद...
२०७४ असार ०२ गते शुक्रवारको राशिफल

२०७४ असार ०२ गते शुक्रवारको राशिफल

मेष–    टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । वृष–    गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन, समयको ब्यर्थ नाश होला । मिथुन–    अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला, अनावश्यक यात्राको योग छ । कर्कट–    श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । सिंह–    दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साथै पैसा कमाइने छ । क...
धनकुटाका सात वटै तहका एमाले उम्मेदवार सार्वजनिक

धनकुटाका सात वटै तहका एमाले उम्मेदवार सार्वजनिक

धनकुटा । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले धनकुटाका सातवटै स्थानीय तहका सम्पुर्ण उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । एमाले धनकुटाले बिहीबार पत्रकार सम्मेलन गरी जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकाका उम्मेदवारहरु सार्वजनिक गरेको हो । एमालेले धनकुटा नगरपालिकाको मेयरमा चिन्तन तामाङ्ग र उप–मेयरमा शकुन्तला बस्नेतलाई उम्मेदवार बनाएको छ । त्यस्तै बृषबहा...
प्रदेश नं २ को निर्वाचन सार्ने निर्णयप्रति एमालेको आपत्ति

प्रदेश नं २ को निर्वाचन सार्ने निर्णयप्रति एमालेको आपत्ति

काठमाडौँ। नेकपा (एमाले)ले यही असार १४ गतेका लागि प्रदेश नं १, २, ५ र ७ मा निर्धारित स्थानीय निर्वाचनमध्ये प्रदेश नं २ को निर्वाचन पछाडि सार्ने निर्णयप्रति आपत्ति प्रकट गरेको छ । पार्टीका सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा पटक पटकका वार्तामा आफ्नो दलले कुनै पनि हालतमा निर्वाचन सार्न नहुनेमा जोड दि“दै आएको बताउँदै २ नं प्रदेशको निर्वाचन पछाड...
सीमा वारपार गर्न दिने सहमति

सीमा वारपार गर्न दिने सहमति

नवलपरासी। नवलपरासीसहित सीमावर्ती सुरक्षा निकायका प्रतिनिधिबीच दुवै देशका नागरिकलाई सहजरुपमा सीमा वार पार गर्न दिने सहमति भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिकाअन्तर्गत भारतसँग जोडिएको शीतलापुर नाकामा सीमा क्षेत्रमा रहेको नेपाल र भारतका सुरक्षा निकायका प्रतिनिधिबीच बुधबार यस्तो सहमति भएको हो । भारतीय अर्धसैनिक बल एसएसबीले नवलपरासीको दक्षिणी सीमामा आवतजावत गर्नेलाई दुव्र्यवहार गर्न थालेपछि नेपाल...
झापामा एघार हजार पिन्ट रगत आपूर्ति

झापामा एघार हजार पिन्ट रगत आपूर्ति

झापा। चालु आवको ११ महिनाको अवधिमा नेपाल रेडक्रस सोसाइटी झापाले बिरामीलाई ११ हजार पिन्ट उपलब्ध गराएको छ । जिल्लाको तीनवटा ब्लड बैंक र तीन वटा ब्लड युटिनबाट उक्त परिमाणमा रगत उपलब्ध गराइएको नेपाल रेडक्रस सोइसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । जिल्लामा रगतको मागसँगै आपूर्ति पनि बढ्दै गएको छ । आव २०७०÷७१ मा नौ हजार पिन्ट, २०७१÷७२ मा १० हजार ७५० र आव २०७२÷७३ मा १० हजार १९५ पिन्...
कोरला नाकामा व्यापार मेला

कोरला नाकामा व्यापार मेला

मुस्ताङ । नेपाल र तिब्बतको सीमा क्षेत्र कोरला नाकामा बर्सेनि आयोजना हुने गरेको अन्तरदेशीय व्यापार मेला आजदेखि सुरु भएको छ । मेला प्रवेशका लागि यस वर्ष सीमा क्षेत्रका नेपालीलाई परिचयपत्र अनिवार्य गरिएको छ । दश दिनसम्म सञ्चालन हुने सो मेलाका लागि चिनियाँ र नेपाली व्यापारी सीमा क्षेत्रमा पुगिसकेका छन् । गत वर्षसम्म परिचयपत्र बिना सीमा क्षेत्रका व्यापारीलाई चिनियाँ पक्षले सहजै प्रवेश दिएको थियो ...
बुबाछोरा उम्मेदवार

बुबाछोरा उम्मेदवार

बैतडी। बैतडीको पुरचौडी नगरपालिका–७ मा वडा अध्यक्ष पदका लागि बुबाछोरा उम्मेदवार बनेका छन् । पुरचौडी नगरपालिका–७ मा नेकपा (एमाले)का तर्फबाट ६८ वर्षीय नागी साउद अध्यक्ष पदका उम्मेदवार बन्नुभएको छ भने उहाँका छोरा उज्ज्वल साउद नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार बन्नुभएको छ । नाताले बुबाछोरा भए पनि वैचारिक भिन्नता भएपछि आफूहरु अलगअलग पार्टीबाट उम्मेदवार बनेको उज्ज्वल साउदले बताउनुभयो ।...
सेल सेप्रेसन उपकरण सञ्चालनमा

सेल सेप्रेसन उपकरण सञ्चालनमा

चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्तकोष छुट्याएर आवश्यक रगतमात्र शरीरबाट बाहिर तान्ने सेल सेप्रेसन उपकरण सञ्चालनमा आएको छ । चिनियाँ सरकारको सहयोगमा प्राप्त यो उपकरण विश्व रक्तदाता दिवसको अवसर पारेर बुधबारदेखि सञ्चालनमा ल्याइएको हो । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार आरबिसी, डब्लुबिसी, प्लेटलेट्सलगायत अन्य आवश्यक रक्तकोषमात्र शरीरबाट झिक्ने काम यो उपकर...
झापामा फस्टाउँदै मकैखेती

झापामा फस्टाउँदै मकैखेती

सुरुङ्गा (झापा)। झापामा बर्सेनि मकैको उत्पादन वृद्धि हुँदै गएको छ । मकैखेतीका लागि हावापानी अनुकूल र उन्नत जातका बीउ प्रयोग गरेसँगै मकै उत्पादनमा वृद्धि हुँदै गएको हो । विसं २०७१ मा जिल्लामा ३२ हजार ७०० हेक्टर जग्गामा गरिएको मकैखेती अहिले ३७ हजार ९०० हेक्टरमा लगाइएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी शीतल भट्टराईले जानकारी दिनुभयो । राष्ट्रिय कृषि गणना २०६८ को तथ्याङ्क अनुसार मकै ...
स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ

स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ

जुम्ला । चन्दननाथ नगरपालिका जुम्लामा औपचारिक कार्यक्रम गरी आज स्वास्थ्य बिमाको सदस्यता दर्ता प्रारम्भ भएको छ । कार्यक्रमको शुभारम्भ गर्दै सांसद डिल्लीप्रसाद काफ्लेले जनताको आधारभूत स्वास्थ्य निःशुल्क हुने संविधानमा व्यवस्था गरेअनुसार सरकारले यो कार्यक्रमको सुरुवात गरेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले कर्णालीवासीका लागि स्वास्थ्य बिमा कार्यक्रम निकै लाभदायी हुने औँल्...
तेह्रथुममा एमालेले सबै उम्मेदवारको टुङ्गो लगायो

तेह्रथुममा एमालेले सबै उम्मेदवारको टुङ्गो लगायो

ml तेह्रथुम । जिल्लाका दुईवटा नगरपालिका, चारवटा गाउँपालिका र ४३ वटै वडामा नेकपा (एमाले)ले उम्मेदवारको टुङ्गो लगाएको छ । एकै पदमा पाँचजनासम्म आकाङ्क्षी भएपछि गाउँ, नगर, जिल्ला हुँदै प्रदेश कमिटीसम्मको रस्साकस्सीपछि एमालेले जिल्लैभरिका सबै उम्मेदवारको टुङ्गो लगाएको हो । एमालेले पत्रकार सम्मेलन गर्दै जिल्लाका सबै स्थानीय तहमा गरी २२६ जना उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । एमालेले जिल्लाका छवटै...
दूध बेचेर मासिक असी हजार आम्दानी

दूध बेचेर मासिक असी हजार आम्दानी

रामपुर (पाल्पा) । रामपुर नगरपालिका–५ सानीअमराईका वासुदेव ढुङ्गाना शिक्षण पेसा छाडेर गाईपालन व्यवसायमा संलग्न हुनुहुन्छ । जागिरे जीवनले दैनिक गुजारा चलाउन समस्या परेपछि उहाँ शिक्षण पेसा छाडेर व्यावसायिक गाईपालनमा लाग्नुभएको हो । गाईपालन सुरु गरेपछि उहाँको दैनिकी नै बदलिएको छ । जागिरमा मात्र आबद्ध रहँदा घरव्यवहार चलाउन निकै समस्या झेल्नुभएका ढुङ्गानाले अहिले गाईपालनबाट मनग्य आम्दानी गर्न थाल्न...
मेलम्चीको पानी दसैँअघि उपत्यका नपुग्ने निश्चित

मेलम्चीको पानी दसैँअघि उपत्यका नपुग्ने निश्चित

चौतारा। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काममा सुस्तता आएकाले निर्धारित समयभित्र पूरा नहुने भएको छ । सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकास्थित अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये तीन किमी सुरुङ खन्ने काम अझै बाँकी भएकाले आगामी दशैँ अगाडि राजधानीवासीलाई पानी खुवाउन असमर्थ रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले बताउनुभय...
संविधान संशोधनलाई अगाडि सारेर निर्वाचनलाई नबिथोलौं : एमाले

संविधान संशोधनलाई अगाडि सारेर निर्वाचनलाई नबिथोलौं : एमाले

भक्तपुर । नेकपा (एमाले) स्थायी समिति बैठकले संविधान संशोधनको विषयलाई अगाडि सारेर निर्वाचन बिथोल्ने कार्य अराजनीतिक भएको निष्कर्ष निकालेको छ । केपी ओली निवास बालकोटमा आज बसेको स्थायी कमिटीको बैठकले संविधान संशोधनको विवाद निकालेर निर्वाचन बिथोल्ने कार्य नगर्न राजपालाई आग्रह गर्ने निर्णय गरेको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उह...
घडियाल गोहीका अन्डा सङ्कलन

घडियाल गोहीका अन्डा सङ्कलन

चितवन। नारायणी र राप्ती नदीको बगरबाट ३५३ वटा घडियाल गोहीको अन्डा सङ्कलन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेको गोही प्रजनन केन्द्रले हरेक वर्ष यो मौसममा गोहीको अन्डा पार्ने वासस्थानको खोजी गरी क्षति हुन सक्ने सम्भावित ठाउँहरुको अन्डा सङ्कलन गर्ने गर्छ । प्रजनन केन्द्र हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार राप्ती नदीमा सातवटा गोहीका गुँड फेला परेकामा पाँचवटा ग...
मूर्तिबाट मासिक एक लाख कमाइ

मूर्तिबाट मासिक एक लाख कमाइ

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१० का दिनेश विकले सिमेन्ट, सरिया र माटोको प्रयोग गरी मूर्ति बनाई मासिक रु एक लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । ग्राहकको माग अनुसारका धार्मिक मूर्ति निर्माण गरी विकले स्थानीय झलारी बजारमा सञ्चालनु गर्नुभएको पसलबाट बिक्री गर्दै आउनुभएको छ । उहाँले ठूला मूर्ति ग्राहकको मागअनुसार मन्दिरमै गएर समेत निर्माण गर्ने गर्नुहुन्छ । “एउटा मूर्ति निर्माण गरेर रु १० हजारदेखि ...
प्लास्टिक घरमा बिरुवा उत्पादन

प्लास्टिक घरमा बिरुवा उत्पादन

बाबियाचौर (म्याग्दी) । बेनी नगरपालिका–३ राखुका कृषकले सुन्तलाको बिरुवा उत्पादनका लागि आधुनिक प्रविधिको प्रयोग गरेका छन् । सुन्तलाको बिरुवा उत्पादन गर्न राखुमा प्लास्टिक घर निर्माण गरेका छन् । प्लास्टिक घरभित्र किरा पस्न नपाउने भएकाले खुल्ला ठाउँको तुलनामा स्वस्थ्य बिरुवा उत्पादन गर्न सकिने कृषक मनकुमारी पुनले बताउनुभयो । विद्युतीय उपकरणको सहायताले एकैसाथ सिँचाइ गर्न सकिने व्यवस्था मिलाइएको छ...
प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गरिने

प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गरिने

काठमाडौँ। सरकारले राष्ट्रिय जनता पार्टीलाई स्थानीय तहको निर्वाचनमा सहभागिताको सुनिश्चितताका लागि प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गर्ने भएको छ । प्रदेश नं १, २, ५ र ७ को निर्वाचन यही असार १४ गतेका लागि तोकिएकामा राजपाले आफ्ना माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएपछि सत्तारुढ दलले २ नं प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्न सहमति जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को का...
लोकसेवा आयोगमा सबैको पहुँच हुनुपर्छ–उपराष्ट्रपति पुन

लोकसेवा आयोगमा सबैको पहुँच हुनुपर्छ–उपराष्ट्रपति पुन

काठमाडौँ । लोकसेवा आयोगका हरेक गतिविधि अब मोबाइल एप्सबाट जानकारी लिन सकिने भएको छ । आयोगको ६७औँ वार्षिकोत्सवको अवसरमा आज उपराष्ट्रपति नन्दबहादुर पुनले सो मोबाइल एप्सको सार्वजनिक गर्नुभयो । गुगलबाट ‘पिएससी नेपाल’ मोबाइलमा डाउनलोड गरी मोबाइलबाटै विज्ञापन, परीक्षाको नतिजा र स्वीकृत नामावलीलगायत आयोगका प्रत्येक गतिविधिबारे जानकारी लिन सकिन्छ । त्यसैगरी आयोगले अनलाइन दरखास्त दिने व्यवस्थालाई...
नेपाली काँग्रेस महोत्तरीले उम्मेदवार टुङ्गो लगायो

नेपाली काँग्रेस महोत्तरीले उम्मेदवार टुङ्गो लगायो

गौशाला। स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेस महोत्तरी शाखाले उम्मेदवार टुङ्गो लगाएको छ । तीन नगरपालिका र १२ गाउँपालिकासहित १५ वटा स्थानीय तह रहेको महोत्तरीमा नेपाली काँग्रेसले प्रत्येक स्थानीय तहका प्रमुखको उम्मेदवारको टुङ्गो लगाइसकेको छ भने केही तहका उपप्रमुखको टुङ्गो लगाउन बाँकी रहेको जिल्ला सभापति महेन्द्रकुमार रायले बताउनुभयो । उहाँका अनुसार जिल्लाको जलेश्वर नगरपाल...
विद्यालय पुन : निर्माण अपेक्षित गतिमा हुन सकेन : उपप्रधानमन्त्री श्रेष्ठ

विद्यालय पुन : निर्माण अपेक्षित गतिमा हुन सकेन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ। उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले विद्यालय पुनःनिर्माणको काम अपेक्षित गतिमा हुन नसकेको स्वीकार्नुभएको छ । विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दैआएको घाँसी आदर्श नेपाल संस्थाले बुधबार आयोजना गरेको ‘पुनःनिर्माण अभियानको अनुभव र स्मारिक विमोचन कार्यक्रम’मा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले दुई वर्ष अगाडि गएको भूकम्पले नौ हजार विद्यालय भत्के पनि विद्यालय पुनःनिर्...
नदीजन्य पदार्थ निकासीमा आजदेखि पूर्णरुपमा रोक

नदीजन्य पदार्थ निकासीमा आजदेखि पूर्णरुपमा रोक

नवलपरासी । नवलपरासी जिल्ला समन्वय समितिले नदीजन्य पदार्थ निकासीमा आजदेखि पूर्णरुपमा रोक लगाएको छ । ठेक्का लगाएर खोलाबाट ढुङ्गा गिट्टी र बालुवासहित नदीजन्य पदार्थ उत्खनन तथा निकासीमा रोक लगाएको स्थानीय विकास अधिकारी युवराज कटेलले जानकारी दिनुभयो । चालु आवमा लगाइएको ठेक्का सम्झौताअनुसार जेठ मसान्तसम्मका लागि मात्र भएकाले नदीजन्य सामग्री निकासीका सबै कार्य रोक्नका लागि सम्बद्ध निकायसंग आग्रह गर...
सुडालमा १०८ फिट अग्लो ‘कल्पेश्वर महादेव’को मूर्ति स्थापना हुने

सुडालमा १०८ फिट अग्लो ‘कल्पेश्वर महादेव’को मूर्ति स्थापना हुने

भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालमा १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्ति स्थापना हुने भएको छ । करिब रु २० करोडको लागतमा स्थापना हुने सो मूर्ति जमिनमुनि ४० फिट र जमिन माथि १०८ फिटको हुने बताइएको छ । विगत २२ वर्षदेखि तान्त्रिक विधिबाट जटिल रोग निको पारेको दाबी गर्दै आएका ललितपुर महानगरपालिका–१२, कुटी सौगलका बुद्धिकुमार खड्गी ‘शिवतान्त्रिक’ ले भक्तजनबाट सङ्कलित दक्षिणा÷भेटीबाट...
असार १४ को निर्वाचनप्रति दृढ हुन आयोगको आग्रह

असार १४ को निर्वाचनप्रति दृढ हुन आयोगको आग्रह

काठमाडौ। निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको असार १४ गते हुने निर्वाचनका लागि दृढ भएर अघि बढ्न सरकार र राजनीतिक दललाई सुझाव दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुसँग प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको छलफलमा निर्वाचन आयोगका पदाधिकारीले उक्त सुझाव दिनुभएको हो । छलफलपछि प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्र...
जिप दुर्घटनामा दुईजनाको मृत्यु, दुई घाइते

जिप दुर्घटनामा दुईजनाको मृत्यु, दुई घाइते

बैतडी । जिप दुर्घटना हुँदा आज बैतडीमा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी शिवनाथ–४ सोल्फोलाका ५८ वर्षीय लालसिंह महता र जिप चालक कैलाली अत्तरियाका शिव चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । यस्तै घाइते हुनेहरुमा जिपका साहु कैलाली गोदावरी नगरपालिका–१ का हिक्मत बोहरा र बैतडी मेलौली नगरपालिका–९ विशालपुरका हरीदत्त भट...
error: Content is protected !!