ज्यो.प.तुलसी भारद्वाज निरौला

मेष– आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ ।

वृष– लामो यात्राको योग छ, साथै धनमाल कमाउने दिन छ ।

Advertisement

मिथुन– मनमा चिन्ता बढने योग छ । साथै  धनमाल हराउन सक्छ ।

कर्कट– भाग्यले साथ दिनेछैन खर्च बढने लेन देनमा विबाद बढनेछ  संयम भएर काम गर्नुहोला ।

सिंह– व्यापारमा सफलता पाउनुहोला यात्रा गर्ने अवसर पनि मिलनेछ ।

कन्या– अधुरा काम बन्ने योग छ । नोकरि तथा राजनितीमा सफल भइएला ।

तुला– परिश्रमले काममा रुचि  बढने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला ।

वृश्चिक– व्यापारमा सफलता पाउने यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ ।

धनु– दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ ।

मकर– अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान ।

कुम्भ– अनावस्यक झमेलामा परिएला । खानामा सावधान रहनु होला ।

मीन– रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!