काठमाडौं।  नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । हिजो (विहीबार) मात्रै तीन सय रुपैयाँले घटेको सुनको मूल्यमा आज ६ सय रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५७ हजार आठ सय पुगेको छ ।

Advertisement

हिजो सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बृद्धि भएको छ । आज चाँदी प्रतितोला सात सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!