फलफूल स्वास्थ्यका लागि सधैं फाइदाजनक हुन्छ तर शरिरलाई फाइदा पुर्याउने यस्ता फलफूलको सेवन निश्चित समयमा गर्दा लाभदायक हुन्छ ।

Advertisement

यस्तो अवस्थामा हामी तपाईंलाई कस्ता फल कतिबेला खाने भन्ने विषयमा जानकारी दिँदै छौं ।

दैनिक बिहान स्याउ खानुहोस्ः

स्याउ बिहानको समयमा खाँदा यसले स्वास्थ्यमा सकारात्मक असर पुर्याउँछ । यसमा पेक्टिन नामको तत्व पाइन्छ जसले रक्तचाप र कोलेस्ट्रोल घटाउने गर्दछ । यदि स्याउ राती खानुहुन्छ भने पेक्टिनलाई पचाउन समस्या हुन्छ जसले एसिडिटिको समस्या हुनसक्छ ।

लञ्चपछि खानुहोस् केराः

केरालाई लञ्च पनि खानुहोस् । यसले शरिरको प्रतिरोधी क्षमतालाई वृद्धि गर्दछ । केरा राती खाँदा पच्न समस्या हुने गर्दछ ।

आलु बिहान खानुहोस्ः

आलू वा यसबाट बनेका खानेकुरा सकेसम्म बिहानको नाश्तामा खानुहोस् । आलुमा अत्यधिक क्यालोरी हुने भएकाले राती खाँदा तौल बढ्ने गर्दछ ।

सुत्नुअघि दुध पिउनुहोस्ः

सुत्नुअघि दुध पिउँदा स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मिठो निन्द्रा पनि लाग्ने गर्दछ । यद्यपी, तपाईं यदि बिहान जिम वा व्यायाम गर्नुहुन्छ भने यसलाई बिहान पनि पिउनसक्नुहुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!