ज्यो.प.तुलसी भारद्वाज निरौला

मेष राशि– चु. चे. चो. ला. लि. लु. ले. लो. अ.

भुपु मायालु संग भेट हुने साता छ । रमाइलो यात्राको अवसर मिल्ला ।  बोलीमा प्रभाव रहनेछ । पढाइमा विशेष रुचि बडनेछ । मान प्रतिष्ठा पनि प्राप्त होला । समाजका मान्य व्यक्तिहरु संग सम्पर्क हुनेछ । नयाँ काममा सावधान रहनु होला । तपाईंको सोच अनुसार काम गर्ने समय छ । शुभ समाचार सुन्न पनि पाउनु हुनेछ ।

Advertisement

बृष राशि– इ. उ. ए. ओ. व. वि. वु. वे. वो.

प्रेममा सफलता मिल्नेछ । शरिर फुर्तिलो रहला । सामाजिक काममा मन जाला । आफन्तको प्रगतिमा रमाउन पाइनेछ । सामान किनमेल गर्नमा समय वित्ला । राजनीतिमा चासो जानेछ । अनावश्यक कुराको विवादमा परिएला सावधान रहनु होला । बिपरित लिङ्गी साथीबाट पूर्णसहयोग पाउनु हुने साता छ । समग्रमा साता फलदाई रहला ।

मिथुन राशि– क. कि. कु. घ. ङ. छ. के. को. ह.

यो साता पठन पाठनमा विशेष रुचि रहला । कसैको कडा बोलिले मन खिन्न रहन सक्छ । पुरानो साथि संग भेट हुनेछ । काममा दोब्बर वृद्धि होला । नयाँ कामको पनि योजनाहरु बनाउने साता छ । व्यवसायमा पर्याप्त लाभ हुने देखिन्छ । आर्थिक काममा आशा अनुसारकै लाभ हुनेछ । प्रेममा पनि मिलन होला । दुर्घटनाको सम्भावना रहेकाले सावधान रहनु होला ।

कर्कट राशि– हि. हु. हे. हो. डा. डी. डु. डे. डो.

रमाइलो यात्रा हुनेछ । परिवारमा खुशि छाउने छ । इष्टमित्रसँगको भेटघाटले मानसिक उर्जा थप्नेछ । कुनै सामान हराउन पनि सक्छ, आफ्नो सामानको सुरक्षामा ध्यान दिनु होला । घरपरिवारले पनि तपाँर्इँको काममा राम्रो सहयोग गर्नेछन् । आर्थिक पक्ष बलियो छ । साताको अन्त्यमा मायामा बाधा देखिन सक्छ ।

सिंह राशि– मा. मि. मू. मे. मो. ट. टि. टू. टे.

रमाइलो यात्रा होला । शैक्षिक क्षेत्रमा प्रगतिका संकेत देखिनेछन । यो साता आर्थिक कारोबारमा लाभ हुनेछ । पठनपाठनमा रुचि बड्नेछ अनि सफलता पनि प्राप्त होला । साथी भाइको सहयोग र हौसलाले महत्वपूर्णकाममा सफलता प्राप्त होला । सवारी साधनको प्रयोग गर्दा भने सावधान रहनु होला । प्रेम प्रसंग पनि रमाईलै रहने देखिन्छ ।

कन्या राशि– टो. प. पी. पू. ध. ण. ठ. पे. पो. 

अनौठो तरिकाले कामहरु बन्नेछन । नसोचेको मान्छेले सहयोग गर्ला । नया काम गर्न वातावरण बन्नेछ । मन भने अलि चञ्चल रहला । सामाजिक सदभाव प्राप्त होला । यो साता कामको जिम्मेवारी बड्दै जानेछ । समयको प्रतिक्षामा रँहदा राम्रो होला । प्राविधिक तथा व्यवसायिक क्षेत्रबाट राम्रो प्रगति गर्नसकिने छ । प्रेममा अत्यन्त राम्रो समय आउने छ ।

तुला राशि– र. रि. रु. रे. रो. त. ति. तु. ते. 

नया व्यक्ति संगको भेटमा मायाको आकर्षण बडनेछ । पडाइमा कम रुचि जाला । नया कामको थालनी हुने बलियो संभावना छ । मान सम्मानमा पनि वृद्धि होला । पठन पाठनमा भने रुची अलि कम जानेछ । घर परिवारबाट प्रशस्त सहयोग पाउनु हुनेछ । आफन्तबाट सुख सहयोग प्राप्त होला । प्रेम प्रस्ताव आउन सक्छ । समग्रमा साता राम्रो छ ।

बृश्चिक राशि– तो. न. नि. नु. ने. नो. या. यि. यू.

स्वास्थ्य सामान्य रहला । धार्मिक कार्यमा मन लाग्नेछ । प्रतिक्षा गरेका धेरै कामहरु सम्पन्न होलान, त्यसैले प्रयासलाई जारी राख्नु होला । यात्राबाट मानसिक बल पनि मिल्ने देखिन्छ । तपाईंको बुद्घि अनि विवेकको अरुले पनि यो साता सहयोग लिनेछन । परिश्रमको फल मिठो हुनेछ । यो साता मायालु मान्छेको सहयोग सम्झन योग्य रहला ।

धनु राशि– ये. यो. भा. भी. भू. ध. फा. ढा. भे. 

यो साता नया साथी बन्ने छ । मायामा रमाउने सामय छ । पारिवारिक वातावरण पनि सुमधुर हुनेछ । तपाईंले नचिताएको व्यक्तिले पनि सहयोग गर्नेछन । इष्टमित्रहरुसँग पनि भेटघाट हुनेछ । पछिका लागि आवश्यक सर–सल्लाह तथा योजनाहरु बनाउने साता छ । पढाइ लेखाइमा राम्रो साता छ । शुभ समाचारले साता रमाइलो हुनेछ ।

मकर राशि– भो. ज. जी. जू. जे. जो. ख. खि. खु. खे. खो. ग. गी.

आम्दानी राम्रो हुने साता छ । जागिरमा पनि मन खुशि रहला । उपहार पुरस्कार आदि पनि प्राप्त होलान । सानो मसिनो कुरामा अलिकति तनाब भएपनि नराम्रो मान्नु पर्ने समय छैन । अचानक कुनै चोटपटक लाग्ने सम्भावना रहेकाले सावधान रहनु होला । मायालु मान्छेको साथ साता भरी नै रहिरहनेछ ।

कुम्भ राशि– गु. गे. गो. स. सी. सू. से. सो. दा.

व्यापारमा उत्साह बडनेछ । यात्राको अवसर मिल्ला । शरीर स्फुर्त रहनेछ । खेलकुदमा सरिक हुनु पर्ला । इष्टमित्रहरुबाट पनि यथायोग्य सहयोग पाइनेछ । कमाइ राम्रो हुने समयछ । आफ्नो कामको व्यवस्थापन मिलाउनु होला । मायालु मान्छेको मीठो बोलीले मन रमाउने साता छ । छोटो मीठो यात्रा पनि हुन सक्छ ।

मीन राशि– दी. दु. थ. झ. ञ. दे. दो. च. ची.

यो साता बोलिको मिठासपनले सबैको मन जित्न सकिनेछ । सोमवारको दिन मिष्ठान्न भोजन प्राप्त हुनेछ । काममा बडी मात्रामा लाग्न सके पछिका लागि राम्रो हुने साता छ । इष्टमित्रहरुसँग भेटघाट हुनेछ । सामाजिक कार्यमा पनि संलग्न हुनु पर्ला । यात्राको पनि योग छ । तर कुनै सामान हराउन पनि सक्छ सावधान रहनु होला । प्रेम प्रसंग सुखद रहने छ ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!