२०७७ असोज २९ गते बिहिबार/आजको राशिफल

२०७७ असोज २९ गते बिहिबार/आजको राशिफल

बि.सं.२०७७ साल असोज २९ गते बिहिबार ई. सं. २०२० अक्टुवर १५, नेपाल सम्बत ११४० अनालागा त्रयोदशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, अधिक असोज कृष्ण त्रयोदशी, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, ब्रहा्र योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः०४ बजे, सूर्यास्त साँझ ५ः३५ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खा...
धनकुटामा मध्यराती ढोका फुटाएर महिलामाथि बलात्कार प्रयास, प्रतिकार गर्दा युवाको मृत्यु

धनकुटामा मध्यराती ढोका फुटाएर महिलामाथि बलात्कार प्रयास, प्रतिकार गर्दा युवाको मृत्यु

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ घुमाउँनेमा एक महिलाले आफुमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी छन् । घुमाउँनेकी ३० बर्षीया कमला गुरुङले स्थानीय लीलबहादुर गुरुङको हत्या गरेकी हुन् । लीलबहादुरले बलात्कार प्रयास गरेपछि महिलाले प्रतिकारमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको पाईएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए । ‘राती ढोका फुटाएर आफुमाथि बलात्क...
अर्थमन्त्री बने बिष्णु पौडेल

अर्थमन्त्री बने बिष्णु पौडेल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिइएको हो । यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसम...
प्रदेश १ मा थपिए ४३६ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ४३६ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा बुधबार ४३६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १९७, मोरङमा १८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १/१ कोरोना संक्रमित थपिएका हुन् । सुनसरीको धरानमा ११४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४९ महिला र ६५ पुरुष छन् । इनरुवाका ४८, इटहरीका १९, दुहवीका ८, बराहक्षेत्र र बर्जुका २/२, रामधुनी र हरिनगरका १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजिटिभ आएको हो । ...
कोरोना संक्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु

कोरोना संक्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु

दमौली । तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । उनीहरु एकै घरका बाबु र दुई छोरा हुन् । ९८ वर्षीय पुरुषको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौंस्थित बिएण्डवी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते मृत्यु भएको गण्ड...
हटिया हिडेका राजवंशी मृत भेटिए

हटिया हिडेका राजवंशी मृत भेटिए

मोरङ । मोरङको रंगेलीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । रंगेली–२ दौलतपुरका ६० बर्षीय सर्वेसलाल राजवंशी मृत अवस्थामा फेला परेका हुन् । मंगलबार अपरान्ह्र ४ बजे दौलतपुर हटिया जान्छु भनेर घरबाट हिडेका राजवंशी अबेरसम्म पनि घर नफर्किएपछि आफन्तहरुले खोजी गरेका थिए । खोजी गर्ने क्रममा घरबाट करिव १० मिटरको दुरीमा रहेको नहरमा डुबेको अवस्थामा उनी मृत फेला परेका हुन् । घटनाको जानकारी पाएपछि प्...
बिपीमा थप दुई कोरोना संक्रमितको मृत्यु

बिपीमा थप दुई कोरोना संक्रमितको मृत्यु

सुनसरी । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आज बिहान ४ बजे इटहरी –६ की ६० वर्षीया महिला र मङ्गलबार राति मोरङको बेलबारी १० का ३७ वर्षीय पुरुषको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती महिला यही असोज २४ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् । सोही दिन ...
नेकपाकी सांसद सानु शिवाको निधन

नेकपाकी सांसद सानु शिवाको निधन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद सानु शिवाको निधन भएको छ। मुटुको समस्या भएकी उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार क्रममा निधन भएको हो। उनी इलामबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी थिइन्। कमजोर स्वास्थ्य अवस्था रहेकी शिवाको केहि बर्ष अघिदेखि दुवै मिर्गौलाले काम गर्न छाडेका थिए। उनले भारतमा मिर्गौला प्रत्यारोपण गराएकी थिइन्। पछिल्लो समय उनको मुटुमा...
मोटर जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

मोटर जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

मोरङ । मोरङको रतुवामाईमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा रतुवामाई–१० सातमेडीका २४ बर्षीय रविन लिम्बु छन् । मंगलबार अपरान्ह ४ बजे आफ्नै घर छेउमा मोटर जडान गर्ने क्रममा लिम्बुलाई करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भएका लिम्बुलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लगिएको थियो । उपचारकै क्रममा साँझ साढे ५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पीसीआर परीक्षणका नाममा शुल्क असुल्न स्वास्थ्य मन्त्रालयको निर्देशन

पीसीआर परीक्षणका नाममा शुल्क असुल्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतको आदेश लत्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका नाममा शुल्क असुल्न अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि गरिने एन्टिजेन बेस्ड टेस्ट गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यताप्राप्त ल्याबले अधिकतम १ हजार शुल्क लिन पाउने निर्णय गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र टंक...
कोशीमा प्लाज्मा थेरापी

कोशीमा प्लाज्मा थेरापी

विराटनगर । प्रदेश १ सरकारद्धारा सञ्चालित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आजदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको छ । कोरोना भाईरसका जटिल विरामीका लागि प्लाज्मा थेरापी सेवा शुरु गरिएको हो । सेवा शुभारम्भ गर्दै कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर वस्नेतले प्लाज्मा दान गरेका छन् । अहिले अस्पतालमा आईसियु, भेन्टिलेटर र आईसोलेसन गरी ८० वटा वेड सञ्चालनमा रहेको व्यवस्थापक वस्नेतले बताए । कोभि...
धनकुटाकी मृगौला पीडित महिलालाई आर्थिक सहयोग प्रदान

धनकुटाकी मृगौला पीडित महिलालाई आर्थिक सहयोग प्रदान

धनकुटा । धनकुटाकी मृगौला पीडित गोमादेवि श्रेष्ठलाई आर्थिक सहयोग प्रदान गरिएको छ । दुबै मृगौला फेल भएर थलिएकी श्रेष्ठलाई ७२ हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो । धनकुटा नगरपालिका- ७ की ४२ वर्षिया श्रेष्ठको उपचारमा सहयोगका लागि धनकुटा बजारका केही व्यवसायीहरुले आर्थिक संकलन गरेका थिए । व्यवसायी जयन्द्र प्रधानको अगुवाईमा संकलित रकम प्रधानले नै मृगौला पीडित श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । सामान्य...
सुनसरीमा ३४४ सहित प्रदेश १ मा थपिए ४१८ कोरोना संक्रमित

सुनसरीमा ३४४ सहित प्रदेश १ मा थपिए ४१८ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज ४१८ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३४४, मोरङमा ५६, झापामा ७, उदयपुरमा ६, संखुवासभामा ३, भोजपुर र पाँचथरमा १/१ जना संक्रमित थपिएका हुन् । सुनसरीको धरानमा २११ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ८१ महिला र १३० पुरुष छन् । इटहरीमा ११९ र इनरुवामा १४ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३१, ...
मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद् बीच सम्झौता

मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद् बीच सम्झौता

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद् बीच सम्झौता भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को सक्रियतामा सोमबार राती अनलाईनमार्फत विश्वविद्यालयका प्रमुख डा. सुवास श्री पोखरेल र परिषद्का अध्यक्ष डा. महावीर पुन बीच सम्झौता भएको हो । विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने उद्देश्यसहित सम्झौता गरिएको विश्वविद्यालयका प्रमुख डा. पोखरेलले जानकारी दिए ।...
दशैँमा एयरलाइन्सलाई यात्रु पाउनै मुस्किल

दशैँमा एयरलाइन्सलाई यात्रु पाउनै मुस्किल

काठमाडौं । दशैँको सङ्घारमा मूलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरुमा दशैँका लागि टिकट पाउन निकै सास्ती बेहोर्नु पर्थ्यो तर यस पटकको दशैँका लागि हवाई उडानमा बुकिङ सामान्य छ । काठमाडौँबाट बाहिरका गन्तव्यमा एकतर्फी उडान सन्तोषजनक रहे पनि काठमाडौँ फर्कदा जहाजको आधाभन्दा कम अकुपेन्सी रहेको वायुसेवा कम्पनी बताउँछन् । सामान्य अवस्थामा दशैँ आउने दुई साताअघिनै अधिकांश गन्त...
धरानबाट लागुऔषधसहित एक जना पक्राउ

धरानबाट लागुऔषधसहित एक जना पक्राउ

सुनसरी । सुनसरीको धरानबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । धरान–१५ बिशालचोकका ३८ बर्षीय विजय कुमार रोक्कालाई खैरोहिरोईन ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो । को. १० प ६२५९ नम्बरको मोटरसाईकलमा आईरहेका रोक्कालाई विशेष सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले साम्पाङ चोकबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणपश्चात चेक जाँचका क्रममा उनको शरिरमा लुकाएर राखेको अवस्...
मोरङमा थप दुई कोरोना संक्रमितको मृत्यु

मोरङमा थप दुई कोरोना संक्रमितको मृत्यु

मोरङ । मोरङमा थप दुई जना कोरोना संक्रमितको उपचारका क्रममा आज मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ का ४३ वर्षीय संक्रमित पुरुषको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए । मृतकलाई श्वासप्रस्वासमा समस्या आई बेहोस अवस्थामा असोज २४ गते अस्पतालमा उपचारका लागि ल्याइएको थियो । मृतकको सोही दिन पीसीआर परीक्षणम...
धनकुटाका थप तीन जनामा कोरोना संक्रमण पुष्टि

धनकुटाका थप तीन जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा । धनकुटाका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा दुई महिला र एक परुषमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुँनेमा धनकुटा नगरपालिका–३ का एक महिला, एक पुरुष र उच्च अदालत धनकुटामा कार्यरत भोजपुरका एक पुरुष कर्मचारी छन् । धनकुटा–३ का संक्रमित पुरुष केही दिन अघि कोरोना संक्रमण पश्चात मृत्यु भएकी बृद्धाका छोर...
धनकुटाको राजारानीमा उत्पादित ‘प्रिन्सेस वाइन’ पहिलो पटक बजारमा

धनकुटाको राजारानीमा उत्पादित ‘प्रिन्सेस वाइन’ पहिलो पटक बजारमा

धनकुटा । धनकुटाको राजारानीमा उत्पादन गरिएको ‘प्रिन्सेस वाइन’ पहिलो पटक बजारमा आएको छ । माउण्ट एभरेष्ट वाइनरीले उत्पादन थालेको वाईन पहिलो पटक काठमाडौंमा बिक्री थालिएको हो । अब, केही दिन भित्रै पूर्वी नेपालको बजारमा पनि वाईन बिक्रि थालिने वाईनरीले जनाएको छ । करिब २० करोडको लगानीमा ‘वाइन फ्याक्ट्री’ स्थापना गरेर किवी फलबाट वाईन उत्पादन थालिएको हो । ‘फलफुलको राजा’ मानिने किवी स्वास्थ्यका हिसाबले धे...
स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस

स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस

काठमाडौं । स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस भएको छ । मुख्यतः पर्याप्त आईसीयू, भेन्टिलेटर र स्वास्थ्यकर्मी नहुँदा गम्भीर प्रकृतिका बिरामी र कोरोना संक्रमितको उपचार गर्न सकस भएको हो । अस्पतालमा बिरामीहरू पुग्दा सजिलै उपचार पाउँदैनन् । यस्तै, बिरामीले अस्पतालमा आईसीयू र भेन्टिलेटर खोज्दा सहजै नपाएको गुनासो गर्दै आएका छन् । कतिपय लक्षणसहितका संक्रम...
आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंँ उपत्यकाका अस्पताललाई आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्न निर्देशन दिएको छ । पछिल्लो समय हरेक दिन लक्षण भएका कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको समयमा मन्त्रालयले यस्तो निर्देशन दिएको हो । यस किसिमको व्यवस्था भएमा कोरोनाका बिरामीलाई केही हदसम्म भए पनि सघन उपचार कक्ष र भेन्टिलेटर बेड पाइने मन्त्रालयको भनाइ छ । काठमाडौँ उपत्यकामा ३०० शय्याको ...
नोबेलले गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्ने

नोबेलले गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्ने

बिराटनगर । बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कोरोना परीक्षणका लागि गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्ने भएको छ । अस्पतालमा आउँनेहरुको मात्र स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दै आएको नोबेलले अब सरकारी मापदण्ड अपनाउँदै गाउँँ–गाउँमा पुगेर पनि स्वाब लिने व्यवस्था मिलाएको हो । अस्पतालमा धेरै मान्छे भेला भएर स्वाब दिँदा संक्रमण फैलने सम्भावना बढी भएकाले आवश्यकता अनुसार ठाउँ–ठाउँमा पुगेर स्वाब संकलन...
प्रदेश १ मै पहिलो पटक बेलबारी नगरपालिकाले थाल्यो ड्रोनमार्फत सर्बे

प्रदेश १ मै पहिलो पटक बेलबारी नगरपालिकाले थाल्यो ड्रोनमार्फत सर्बे

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले ड्रोनमार्फत भौगोलिक नक्सांकन तथा सर्वे गर्न थालेको छ । नगरपालिकाले आइतवारदेखि ड्रोन प्रयोग गरी डिजिटल प्रणालीबाट नक्सांकन तथा सर्वे थालेको हो । प्रदेश १ का पालिकाहरुमध्ये पहिलो पटक ड्रोनमार्फत भौगोलिक नक्सांकन तथा सर्वेको काम थालिएको बेलबारी नगरपालिकाले दावी गरेको छ । सहरी विकास योजना, विपद जोखिम व्यवस्थापन, घर नम्बर तथा स्ट्रिट ठेगाना निर्धारण, गुरुयोजना नि...
झापामा करेन्ट लागेर पाँचथरका तुम्बाहाम्फोको मृत्यु

झापामा करेन्ट लागेर पाँचथरका तुम्बाहाम्फोको मृत्यु

झापा । झापाको बिर्तामोडमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा पाँचथरको फिदिमका २४ बर्षीय शिव तुम्बाहाम्फो छन् । तुम्बाहाम्फो बिर्तामोडस्थित सानीआमाको घरमा केही दिन अगाडि आएका थिए । सानीआमाको घर नजिक नालामा माछा मार्ने क्रममा उनलाई आईतबार साँझ करिब ६ बजे करेन्ट लागेको हो । करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तुम्बाहाम्फोसँगै माछा...
हेलचेक्रयाइँ बढे फेरि लकडाउन गर्ने सरकारको तयारी

हेलचेक्रयाइँ बढे फेरि लकडाउन गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट बच्न अपनाउनुपर्ने सावधानी नअपनाई सर्वसाधारणले हेलचेक्रयाइँ गरे पुनः लकडाउन गर्ने तयारी गरेको छ । नागरिकले सामाजिक दूरी कायम नगर्ने, मास्क नलगाउने र स्वास्थ्य मापदण्ड पालना नगरे कोरोना रोकथाम तथा नियन्त्रणका लागि पुनः लकडाउन गर्ने तयारी गरिएको हो । सरकारले आफ्नो प्राथमिकता लकडाउन गर्ने नभए पनि सर्वसाधारणबाट हेलचेक्रया...
२०७७ असोज २६ गते सोमबार/आजको राशिफल

२०७७ असोज २६ गते सोमबार/आजको राशिफल

बि.सं.२०७७ साल असोज २६ गते सोमबार ई. सं. २०२० अक्टुवर १२, नेपाल सम्बत ११४० अनालागा दशमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, अधिक असोज कृष्ण दशमी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, सााध्य योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०६ः०३ बजे, सूर्यास्त साँझ ५:३८ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा...
धनकुटा नगरपालिका र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

धनकुटा नगरपालिका र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

धनकुटा । धनकुटाका शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धि तालिम दिनका लागि प्रदेश १ सामाजिक विकास मन्त्रालय र धनकुटा नगरपालिकाबीच सम्झौता भएको छ । शिक्षकहरुका लागि क्षमता विकास तालिम सञ्चालन गर्न मन्त्रालयले धनकुटा नगरपालिकासँग सम्झौता गरेको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीवीच सम्झौता भएको छ । विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम स...
कोरोना संक्रमण भएका पूर्वमन्त्री थापाको स्वास्थ्यमा समस्या बढेपछि अस्पताल भर्ना

कोरोना संक्रमण भएका पूर्वमन्त्री थापाको स्वास्थ्यमा समस्या बढेपछि अस्पताल भर्ना

काठमाडौं । केही दिन अघि कोरोना संक्रमण पुष्टि भएका पूर्वमन्त्री सुनिलबहादुर थापाको स्वास्थ्यमा समस्या बढेपछि आईतबार अस्पताल भर्ना भएका छन् । ज्वरो, रुघा र खोकी बढेपछि थापा दिउँसो काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आईसोलेशनमा भर्ना भएका हुन् । गृह जिल्ला धनकुटामा करिब एक महिना बसेर काठमाडौं फर्किए लगत्तै थापामा गत बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौंको स्टार अस्पतालमा परी...
खोटाङमा अरिङ्गालको टोकाइबाट युवकको मृत्यु

खोटाङमा अरिङ्गालको टोकाइबाट युवकको मृत्यु

खोटाङ । खोटाङमा अरिङ्गालको टोकाइबाट गम्भिर घाइते बनेका एक युवकको उपचारका क्रममा आज मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २९ वर्षीय उत्तम भनिने पातलसिङ राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अरिङ्गालले टोकेपछि उद्धार गरेर बेहोस अवस्थामा उपचारका लागि अस्पताल ल्याइएका राईको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द ...
खुकुरीले हानेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

खुकुरीले हानेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

झापा । झापामा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कमल गाँउपालिका—२ त्रिवेणी चौकका ३४ बर्षीय रामजी थापालाई श्रीमतीको हत्या गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । शनिबार साझँ करिव ६ बजे थापाले २४ बर्षीया श्रीमती रीताको हत्या गरेको आरोप छ । घरायसी विषयमा बिवाद हुँदा थापाले श्रीमतीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । थापालाई पक्राउ गर...
सफाइ कर्मचारीको हातबाट जुस पिएर डा. केसीले तोडे अनशन

सफाइ कर्मचारीको हातबाट जुस पिएर डा. केसीले तोडे अनशन

काठमाडौं । डा. गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । शनिबार राती सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले २८ औं दिनमा सफाइ कर्मचारीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर डा. केसीले अनसन तोडेका हुन् । चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत भदौ २९ गतेदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए ।
error: Content is protected !!