ताप्लेजुङको फुङ्लिङ बजार पुनः बन्द हुने
फुङलिङ । प्रत्येक शुक्रबार बन्द हुँदै आएको फुङ्लिङ बजार आजदेखि सोही बारमा पुनः बन्द हुने भएको छ । फुङलिङ नगरापालिकामा पर्ने सो बजार चाडबाडलाई ध्यानमा राखी गत असोज १६ गते शुक्रबारदेखि खुला भएको थियो । बजार फेरि साप्ताहिकरुपमा बन्द हुनेछ ।
दशैँ–तिहार–छठलगायत चाडपर्वलाई ध्यानमा राखी ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले साप्ताहिक बजार खुलाएको थियो । “अब फेरि बजार पसल प्रत्येक साताको शुक्रबार एक दिन बन्द...




























