झापामा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु
झापा । झापाको अर्जुनधारा नगरपालिका–१ सालवारीमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गएराती करिव १० बजे मोटरसाईकलले ठक्कर दिँदा स्थानीय ३३ बर्षीय ललित चौधरीको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे.११ प.६२५२ नम्बरको मोटरसाईकलले बाटो छेउमा बसिरहेका चौधरीलाई ठक्कर दिँदा उनी गंभीर घाईते भएका थिए । घाईते उनलाई उपचारका लागि बिर्तामोडको बि.एण्ड.सी. अस्पताल लगिएको थियो । उपचारकै क...

























