पाथीभरा क्षेत्रको जङ्गलमा लागेको डढेलोले रेडपाण्डा सङ्कटमा

पाथीभरा क्षेत्रको जङ्गलमा लागेको डढेलोले रेडपाण्डा सङ्कटमा

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा लागेको डढेलोले  रेडपाण्डा (रातो हाब्रे) को चरन तथा बासस्थान खरानी बनाएपछि सङ्कटमा परेको छ । छ दिनदेखि शुरु भएको डढेलो नियन्त्रणमा आउन नसक्दा पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी दिए । डढेलो फैलिने क्रम जारी रहेकाले कति वन क्षेत्र डढेलोले नष्ट गर्छ, अहिले आँकलन ...
घर अगाडि पार्किङ गरिएको आफ्नै ट्याक्टरले किच्दा बालकको मृत्यु

घर अगाडि पार्किङ गरिएको आफ्नै ट्याक्टरले किच्दा बालकको मृत्यु

मोरङ । मोरङको केराबारी गाउँपालिकामा ट्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ । ट्याक्टरले किचेर केराबारी–६ बुद्धचोकका जितेन तामाङका ३ बर्षीय छोरा पासाङको मृत्यु भएको हो । घर अगाडि पार्किङ गरी राखिएको आफ्नै ट्याक्टरमा पासाङसहित अन्य केटाकेटीहरुसमेत खेलिरहेका थिए । सोही क्रममा गियर चलाउदा ट्याक्टर आफै अगाडि गुडेर  खेलिरहेका पासाङलाई किच्दा उनी घाईते भएका थिए । धरानस्थित बि.पी.कोईराला स्वास्थ्य ...
मुख्यमन्त्री राईद्वारा उद्यौली, तमु ल्होसार, धान्य पूर्णिमा र योमरी पुन्हिको शुभकामना

मुख्यमन्त्री राईद्वारा उद्यौली, तमु ल्होसार, धान्य पूर्णिमा र योमरी पुन्हिको शुभकामना

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले किँरात समुदायको महान चाड उद्यौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर, कुलुङहरुको (मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर), गुरुङ जातीको तमु ल्होसार, धान्यपूर्णिमा र योमरी पुन्हिको शुभकामना व्यक्त गरेका छन् । वुधवार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले यहाँ मनाइने चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातिय...
पुरानो लयमा फर्किंदै अर्थतन्त्र, बढ्न थाल्यो कर्जाको माग

पुरानो लयमा फर्किंदै अर्थतन्त्र, बढ्न थाल्यो कर्जाको माग

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह गत वर्षको सोही अवधिमा भन्दा वृद्धि हुन थालेको छ । कोभिड–१९ ले धराशायी भइरहेको वर्तमान अवस्थामा कर्जाको माग बढ्नुु अर्थतन्त्र पुरानै लयमा फर्कन लागेको संकेत हो । यद्यपि अहिले कर्जा प्रवाह अनुत्पादक क्षेत्रमा भएको देखिएको छ । गत वर्षको तुलनामा चालू आवको पाँच महिनामा २ खर्ब ३७ अर्ब कर्जा लगानी वृद्धि भएको छ । गत वर्षको यो अवधिमा पनि अघिल्लो वर्षको ...
२०७७ पुष १५ गते बुधबार/आजको राशिफल

२०७७ पुष १५ गते बुधबार/आजको राशिफल

बि.सं.२०७७ साल पुष १५ गते बुधबार ई. सं. २०२० डिसेम्वर ३० नेपाल सम्बत ११४१ थिंलाथ्व पुन्हि, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल पूर्णिमा, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र ७ः.९ सम्म त्यसपछि पुनर्वसु नक्षत्र, ब्रह योग ३ः५५ सम्म त्यसपछि एन्द्र योग, बव करण ९ः१५ सम्म त्यसपछि कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः५४ बजे, सूर्यास्त साँझ ५ः२० बजे हुनेछ । आज जन्म लिने बच्चा...
धनकुटाको पाख्रीवासमा राँके जुलुश

धनकुटाको पाख्रीवासमा राँके जुलुश

धनकुटा । संसद् विघटनको विरोधमा धनकुटाको पाख्रीवास बजारमा मंगलवारसाँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले राँके जुलुश प्रदर्शन गरेको छ । आफ्नै पार्टी नेतृत्वको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको भन्दै त्यसको विरोधमा विद्यार्थीहरुले राँको बोकेर बजारमा प्रदर्शन गरेका हुन् । सरकारविरुद्ध नारावाजी गर्दै स्थानीय यलम्बरचौकबाट सुर...
इटहरीमा छ लेनको सडक सीमा भित्रका संरचना हटाउँन पुनः आग्रह गरिने, नटेरे भत्काइने

इटहरीमा छ लेनको सडक सीमा भित्रका संरचना हटाउँन पुनः आग्रह गरिने, नटेरे भत्काइने

सुनसरी । विराटनगर–इटहरी–धरान छ लेन सडक योजना अन्तर्गत इटहरीमा सडक विस्तारको ठेक्कापट्टा भएको स्थानमा सडक सिमाभित्र पर्ने संरचना हटाउँन पुनः ताकेता गरिने भएको छ । इटहरी उपमहानगरमा मंगलवार वसेको सरोकारवालाहरुको वैठकले सात दिनभित्र संरचना हटाउँनका लागि सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो । सूचना जारी भएको सात दिन भित्र सडक सिमाभित्रको आ–आफनो संरचना हटाउँनु पर्नेछ । नहटाए इटहरी उपमहानगर, जिल...
मोरङ, सुनसरी र झापाका २३ जनामा कोरोना संक्रमण

मोरङ, सुनसरी र झापाका २३ जनामा कोरोना संक्रमण

विराटनगर । मोरङ, सुनसरी र झापाका ४ सय २१ जनाको पीसीआर परीक्षण गर्दा २३ जनामा मंगलवार कोरोना संक्रमण पुष्टि भएको छ । मोरङका १५ तथा झापा र सुनसरीका ४/४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मोरङको विराटनगरका ५, केराबारीका ४, बुढीगंगाका ३, बेलबारी, मिक्लाजुङ र उर्लाबारीका १/१ जनामा संक्रमण देखिएको छ । यता, झापाको मेचीनगरमा २ तथा दमक र विर्तामोडका १/१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तैगरी, सुनसर...
धनकुटाका थप चार जनामा कोरोना संक्रमण

धनकुटाका थप चार जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप चार जनामा मंगलवार कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा गरिएको पीसीआर परीक्षणमा चार पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । धनकुटा–१ का २८ बर्षीय, धनकुटा–४ का ३३ बर्षीय, धनकुटा–५ का ४३ बर्षीय र धनकुटा–६ का ३१ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका प्रवक्ता राजन पोख्रेलले जानकारी दिए । योसँगै धनकुटामा कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ । जसमध्...
सुनसरीमा हात्तीले मान्छे मारेपछि सडक अवरुद्ध गरेर प्रदर्शन

सुनसरीमा हात्तीले मान्छे मारेपछि सडक अवरुद्ध गरेर प्रदर्शन

सुनसरी । कोशी टप्पु बन्यजन्तु आरक्षको मकुना हात्तीले मान्छे मारेपछि मृतकका आफन्त र स्थानीयबासीले आज सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । हात्तीको आक्रमणबाट गएराती कोशी गाउँपालिका–४ का १९ बर्षीय मोती कामतको मृत्यु भएपछि आक्रोसित उनका आफन्त र स्थानीयबासीले जुद्धगञ्जमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । सोही हात्तीले मंसिर २९ गते पनि स्थानीय एक जनालाई आक्रमण गर्दा उनको मृत्यु भएको थियो । ...
कुमारी बैंकका ग्राहकले सात्विक आयुर्वेदको उपचारमा सहुलियत पाउँने

कुमारी बैंकका ग्राहकले सात्विक आयुर्वेदको उपचारमा सहुलियत पाउँने

काठमाडौं । कुमारी बैंकले आफ्ना ग्राहकलाई सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँन पर्साको बीरगंजस्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रसँग स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता गरेको छ । कुमारी बैंक लिमिटेड प्रदेश–२ का प्रमुख सिद्घार्थ सिंह र सात्विक आयुर्वेद अस्पतालका चिकित्सक अधिकृत प्रभाकर मनुले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सात्विक आयुर्वे...
धनकुटाको जोरपाटीमा बन्यो कोभिड अस्पताल

धनकुटाको जोरपाटीमा बन्यो कोभिड अस्पताल

धनकुटा । कोरोना संक्रमितको उपचारका लागि धनकुटाको छथर जोरपाटीमा कोभिड अस्पताल निर्माण गरिएको छ । गाउँपालिकाले सामुदायिक भवनमा निर्माण गरेको ५ बेडको अस्पतालको सोमबार उद्घाटन गरिएको छ । प्रदेश सांसद ईन्द्रमणी पराजुलीले रिवन काटेर अस्पताल उद्घाटन गरेका हुन् । अस्पताल सञ्चालन भएकाले अब छथर जोरपाटी गाउँपालिकावासीले जिल्ला बाहिर गएर कोरोनाको उपचार गर्नुपर्ने बाध्यता हटेको गाउँपालिकाका अध्यक्ष शेरबहादु...
जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा कोशी गाउँपालिका–४ का १९ बर्षीय मोती कामत छन् । गएराती साढे ८ बजे जुद्धगञ्जमा रहेको मासु पसलबाट मासु किनेर फर्कदै गरेको अवस्थामा कामतलाई हात्तीले आक्रमण गरेको हो । हात्तीको आक्रमणवाट कामतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
नेकपा एकता जोगाउँन चीनको कसरत

नेकपा एकता जोगाउँन चीनको कसरत

काठमाडौं । नेपालमा प्रतिनिधिसभा विघटनसँगै नेकपा फुटको संघारमा पुगिरहेको बेला चीनले पहिलो पटक नेपालको राजनीतिक मामिलाको विषयमा बोलेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको उच्च राजनीतिक टोलीले काठमाडौंमा राजनीतिक भेटघाट गरिरहेको बेला बेइजिङमा विदेश मन्त्रालयका प्रवक्ता चाओ ली च्येनलले नेपाल भ्रमण राजनीतिक स्थिरता र विश्वासको वातावरण बनाउन भएको प्रस्ट पारेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको भ्रमण रणनी...
ताप्लेजुङको पाथीभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकप्टरबाट खन्याइयो पानी

ताप्लेजुङको पाथीभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकप्टरबाट खन्याइयो पानी

ताप्लेजुङ । पाँच दिन अघिदेखि जंगलमा लागेको आगोका कारण ताप्लेजुङको प्रशिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा जोखिम भएपछि आगो नियन्त्रण गर्न हेलिकप्टरवाट पानी खन्याइएको छ । फुङलिङ नगरपालिका–११ स्थित पाथीभरा सिम्बु सामुदायिक बनमा लागेको आगो बढ्दै गएर मन्दिर क्षेत्रमा पुगेपछि सोमवार हेलिकप्टर प्रयोग गरेर आगो निभाई मन्दिरलाई जोगाइएको हो । मन्दिर क्षेत्रको आगो निभाइएपनि जंगलका अन्य क्षेत्रमा भने...
२०७७ पुष १४ गते मंगलबार/आजको राशिफल

२०७७ पुष १४ गते मंगलबार/आजको राशिफल

बि.सं.२०७७ साल पुष १४ गते मंगलबार ई. सं. २०२० डिसेम्वर २९ नेपाल सम्बत ११४१ थिंलाथ्व चतुदशीर्, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल चतुदर्शी, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र ५ः.४७ सम्म त्यसपछि आद्र्रा नक्षत्र, शुक्ल योग ४ः२४ सम्म त्यसपछि ब्रह योग, वणिज करण ८ः१३ सम्म त्यसपछि बव करण । नेपालमा सूर्योदय बिहान ०६ः५४ बजे, सूर्यास्त साँझ ५ः१९ बजे हुनेछ । आज जन्म लिने बच्...
मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदसँग स्पष्टीकरण माग

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदसँग स्पष्टीकरण माग

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रदेश सांसदहरुलाई स्पष्टीकरण मागेको छ । सोमबार दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले अविश्वासको प्रस्ताव पेश गर्ने सांसदहरुलाई २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएका हुन् । सांसदहरुलाई तत्काल प्रस्ताव फिर्ता गर्न निर्देशन पनि दिईएको छ । संसदीय दल...
प्रदेश १ मा थपिए ६० कोरोना संक्रमित, २६१ डिस्चार्ज

प्रदेश १ मा थपिए ६० कोरोना संक्रमित, २६१ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा सोमबार ६० जना कोरोना संक्रमित थपिएका छन् । ७ सय १ जनाको पीसीआर परीक्षण गर्दा मोरङमा २८, झापामा १७, सुनसरीमा ११, संखुवासभामा ३ र उदयपुरमा १ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २०, बेलबारी र सुन्दरहरैचामा २–२, कानेपोखरी, रंगेली, धनपालथान र ग्रामथानमा १–१ जना संक्रमित भेटिएका छन् । झापाको अर्जुनधारामा ४, दमक, विर्तामोड र कनकाईमा ...
धनकुटामा फेरिए सीडीओ

धनकुटामा फेरिए सीडीओ

धनकुटा । धनकुटाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । सीडीओ केशव प्रसाद विमलीको सरुवा भएर उनको ठाउँमा वासुदेव दाहाल आएका हुन् । धनकुटाबाट सरुवा भएर विमली महोत्तरी गएका छन् । यता, गृह मन्त्रालयमा कार्यरत सह–सचिव दाहाल धनकुटाको सीडीओ बनेर आएका छन् । नयाँ आएका सीडीओ दाहाललाई सोमबार प्रशासन कार्यालयका कर्मचारीसहित सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका छन् । सोमबारवाटै कार्यभार सम्हाले...
ओलीले बैशाखमा चुनाव गर्दैनन् : डा.शर्मा

ओलीले बैशाखमा चुनाव गर्दैनन् : डा.शर्मा

मोरङ । नेपाली काँग्रेसका महासमिति सदस्य डा.सुनिल शर्माले आगामी बैशाखमा कुनैपनि हालतमा चुनाव नहुँने दावी गरेका छन् । संसद विघटनको विरोधमा नेपाली काँग्रेस मोरङ क्षेत्र नं.३ ले बेलबारीमा गरेको विरोध सभालाई संवोधन गर्दै डा.शर्माले यस्तो दावी गरेका हुन् । बैशाखमा चुनाव गराउँदा प्रधानमन्त्री केपी ओली पक्षको २० सिट पनि नकट्ने दावी गर्दै नेता शर्माले आफ्नो पक्षमा जनलहर नभएका बेला ओलीले कुनैपनि हालतमा च...
स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मोटरसाइकलमा आगो लाग्यो

स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मोटरसाइकलमा आगो लाग्यो

मोरङ । मोरङको पथरी बजार नजिक आज अपरान्ह स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पूर्ववाट पश्चिमतर्फ आउँदै गरेको को १ त ९९४५ नम्बरको स्कार्पियोले मोटरसाईकललाई ठक्कर दिएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार मिक्लाजुङ गाउँपालिका–४ का ३५ बर्षीय सन्तोष लिम्बु र सोही स्थानका २८ बर्षीय सुनिल धमलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप कुमार गिरीले संगालोखबरला...
ताप्लेजुङको पाथीभरामा धुँवाको मुस्लो (फोटो)

ताप्लेजुङको पाथीभरामा धुँवाको मुस्लो (फोटो)

ताप्लेजुङको पाथीभरा जङ्गलमा लागेको आगो फैलिएपछि देखिएको धुँवाको मुस्लो । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको वनमा पाँच दिन अघिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।  तस्वीरः रासस
खोटाङमा ट्याक्टरले किच्दा चालकको मृत्यु

खोटाङमा ट्याक्टरले किच्दा चालकको मृत्यु

खोटाङ । खोटाङमा आफैले चलाएको ट्याक्टरले किचेर चालकको मृत्यु भएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ मा ट्याक्टरले किच्दा सर्लाहीको बागमती नगरपालिका–१ का २४ बर्षीय कैलाश भुजेलको मृत्यु भएको हो । आईतवार दिउँसो करिब १२ बजे सूर्य एक्सन कम्पनीको ट्याक्टर उकालो सडकमा चढाउने क्रममा पल्टिएर किच्दा भुजेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
झापा आए पूर्वराजा, समर्थकले लगाए राजतन्त्रको पक्षमा नारा

झापा आए पूर्वराजा, समर्थकले लगाए राजतन्त्रको पक्षमा नारा

झापा । पूर्व राजा ज्ञानेन्द्र शाह दम्पती झापा आएका छन् । काठमाडौंबाट वुद्ध एयरको विमानमार्फत पूर्व राजा शाह र पूर्व रानी कोमल आइतबार साँझ झापा आएका हुन् । भद्रपुरस्थित चन्द्रगढी विमानस्थल ओर्लिएका पूर्व राजा दम्पत्तीलाई समर्थकहरूले राजतन्त्रको पक्षमा नारा लगाउँदै स्वागत गरेका छन् । पूर्व राजा दम्पतीलाई स्वागत गर्दै समर्थकहरूले ‘राजा आउँ देश बचाउ, हाम्रो राजा, हाम्रो देश, मेची महाकाली हल्ला छ रा...
सरकारले निजी अस्पताललाई कोभिड सूचीबाट हटायो

सरकारले निजी अस्पताललाई कोभिड सूचीबाट हटायो

काठमाडौँ । सरकारले निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । कोरोना संक्रमितको उपचारका लागि सरकारी अस्पताल नै पर्याप्त रहेको भन्दै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाईएको हो । अब, सरकारी अस्पताल र प्रयोगशालामा मात्र कोभिडको निःशुल्क उपचार र परीक्षण हुँनेछ । सरकारले ८ वटा निजी मेडिकल कलेजलाई भने सूचीबाट हटाइएको छैन । कोरोना संक्रमण दर घट्दै गएकाले सरकारी अस्पतालमै जनरल बेड, आईसी...
२०७७ पुष १३ गते सोमबार/आजको राशिफल

२०७७ पुष १३ गते सोमबार/आजको राशिफल

बि.सं.२०७७ साल पुष १३ गते सोमबार ई. सं. २०२० डिसेम्वर २८ नेपाल सम्बत ११४१ थिंलाथ्व चतुदशीर्, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल चतुदर्शी, चन्द्रमा वृष राशिमा ४ः५३ सम्म त्यसपछि मिथुन राशिमा, रोहिणी नक्षत्र ३ः.५४ सम्म त्यसपछि मृगशिरा नक्षत्र, शुभ योग ४ः२९ सम्म त्यसपछि शुक्ल योग, गर करण ७ः२५ सम्म त्यसपछि वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः५३ बजे, सूर्यास्त साँझ ५ः१८ बज...
धनकुटामा मोटरसाइकल दुर्घटनामा घाइते भएका थापाको मृत्यु

धनकुटामा मोटरसाइकल दुर्घटनामा घाइते भएका थापाको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–९ रुद्रवारीमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ । दुई मोटरसाइकल आपसमा ठोक्किँदा घाइते भएका महालक्ष्मी नगरपालिका–३ डाँडागाउँका ६३ बर्षीय देवीबहादुर थापाको दुर्घटना भएको २० दिनपछि मृत्यु भएको हो । गत मंसिर २१ गते डाँडागाउँबाट बिराटचौक जाँदै गर्दा थापा सवार को ३० प २११९ नम्बरको मोटरसाइकल र वीपरित दिसावाट आइरहेको को १३ प ३७२४ नम्बरको मोटरसाइकल ...
नोबेलमा पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण

नोबेलमा पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण

बिराटनगर । नोबेल मेडिकल कलेजमा भर्ना भएका पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण कार्यक्रम गरिएको छ । सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्र्तगत स्टाफ नर्स, डिप्लोमा ईन फार्मेसी, ल्याव टेक्निसियन, डेन्टल हाईजिन र रेडियोग्राफीमा भर्ना भएका १८० जना नयाँ बिद्यार्थीलाई स्वागत गरिएको हो । कार्यक्रममा नोबेलका नायब प्रमुख कार्यकारी अधिकृत डा.विश्वनाथ अधिकारी, प्रवन्धक नारायण दाहाल, अन्र्...
संखुवासभामा प्रहरी र विप्लव कार्यकर्ताबीच भिडन्त

संखुवासभामा प्रहरी र विप्लव कार्यकर्ताबीच भिडन्त

संखुवासभा । संखुवासभाको चैनपुर–४ मैदानेमा आईतबार दिउँसो प्रहरी र विप्लव समूहका कार्यकर्तावीच भिडन्त भएको छ । दिउँसो करिब ३ बजे दुई पक्षबीच गोली हानाहान भएको हो । प्रहरीका अनुसार विप्लव समूहका जिल्ला ईन्चार्ज उत्तरकुमार भनिने युवराज राईसहित केही व्यक्तिले प्रहरीलाई लक्षित गरी ६ राउण्ड गोली चलाएका थिए । गस्तीमा रहेको प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले पनि गोली चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको...
धनकुटामा वेवारिसे व्यक्तिको मृत्यु, शव जिम्मा लगाउँन आफन्त खोज्दै प्रहरी

धनकुटामा वेवारिसे व्यक्तिको मृत्यु, शव जिम्मा लगाउँन आफन्त खोज्दै प्रहरी

धनकुटा । धनकुटामा एक वेवारिसे व्यक्तिको मृत्यु भएको छ । घर ठेगाना नखुलेका चन्द्रबहादुर विश्वकर्मा नाम बताउँने करिब ५५ बर्षीय व्यक्तिको मृत्यु भएको हो । मागी खादै आएका उनी धनकुटाको स्कूलडाँडामा बिरामी भएर थलिएका थिए । बेहाल अवस्थामा रहेका उनलाई नगर प्रहरीले उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल पुर्याएका थिए । उपचारकै क्रममा शनिवार बिहान उनको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारील...
उदयपुरबाट लागुऔषधसहित एक जना पक्राउ

उदयपुरबाट लागुऔषधसहित एक जना पक्राउ

उदयपुर । उदयपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका–४ का २८ बर्षीय भीमबहादुर खत्री छन् । कटारी बसपार्कमा लागुऔषध ओसार–पसार भईरहेको सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा लागुऔषध फेला परेपछि खत्रीलाई पक्राउ परेको हो । उनको साथबाट लागुऔषध नाईट्राभेट लेखिएको १८ पत्ता ५४० ट्याब्लेट र एक बोत्तल डाईलेक्स डी.सी.फेला...
error: Content is protected !!