
झापा । पूर्व राजा ज्ञानेन्द्र शाह दम्पती झापा आएका छन् । काठमाडौंबाट वुद्ध एयरको विमानमार्फत पूर्व राजा शाह र पूर्व रानी कोमल आइतबार साँझ झापा आएका हुन् ।
भद्रपुरस्थित चन्द्रगढी विमानस्थल ओर्लिएका पूर्व राजा दम्पत्तीलाई समर्थकहरूले राजतन्त्रको पक्षमा नारा लगाउँदै स्वागत गरेका छन् । पूर्व राजा दम्पतीलाई स्वागत गर्दै समर्थकहरूले ‘राजा आउँ देश बचाउ, हाम्रो राजा, हाम्रो देश, मेची महाकाली हल्ला छ राजा ल्याउने सल्लाह छ, गणतन्त्र मुर्दावाद, सङ्घीयता खारेज गर, हिन्दुराष्ट कायम गर’ जस्ता नारा लगाएका छन् ।
समर्थकहरूको स्वागतपछि पूर्व राजा दम्पत्ती दमक गएका छन् । दमकमा पूर्व राजाको हिमालयन टी स्टेट छ । सोही चिया बगानको भवनमा उनीहरु करिब एक महिनासम्म बस्ने कार्यक्रम रहेको बताइएको छ । स्रोतका अनुसार झापा बसाईका क्रममा उनले भेटघाट र केही शक्ति पीठको दर्शन गर्ने कार्यक्रम छ ।