संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा एक वेवारिसे व्यक्तिको मृत्यु भएको छ । घर ठेगाना नखुलेका चन्द्रबहादुर विश्वकर्मा नाम बताउँने करिब ५५ बर्षीय व्यक्तिको मृत्यु भएको हो ।

Advertisement

मागी खादै आएका उनी धनकुटाको स्कूलडाँडामा बिरामी भएर थलिएका थिए । बेहाल अवस्थामा रहेका उनलाई नगर प्रहरीले उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल पुर्याएका थिए । उपचारकै क्रममा शनिवार बिहान उनको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले बताए ।

उनको मृत्यु भएपछि दाहसंस्कारका लागि प्रहरीले आफन्तको खोजी गरिरहेको छ । अन्य प्रहरी कार्यालयहरुलाई पनि आफन्तको खोजीका लागि परिपत्र गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तर, हालसम्म उनका आफन्त सम्पर्कमा आएका छैनन् । मृतकको शवलाई जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!