संगालोखबर सम्वाददाता
तस्वीर सौजन्य: श्रीहरी दियाली

मोरङ । मोरङको पथरी बजार नजिक आज अपरान्ह स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पूर्ववाट पश्चिमतर्फ आउँदै गरेको को १ त ९९४५ नम्बरको स्कार्पियोले मोटरसाईकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार मिक्लाजुङ गाउँपालिका–४ का ३५ बर्षीय सन्तोष लिम्बु र सोही स्थानका २८ बर्षीय सुनिल धमलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप कुमार गिरीले संगालोखबरलाई जानकारी दिए । दुर्घटनामा परी लिम्बुको घटनास्थलमै मृत्यु भएको हो । उनको शव मंगलवारे अस्पतालमा राखिएको छ । धमलालाई उपचारका लागि बिराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो । अस्पतालमा उनको मृत्यु भएको हो ।

Advertisement

तीव्र गतिमा आईरहेका स्कार्पियो र मोटरसाइकल जुध्दा मोटरसाइकलमा आगो लागेको छ । आगो लागेर मोटरसाईकल पूर्ण रुपमा जलेकाले तत्काल मोटरसाइकल नम्बरसमेत खुल्न नसकेको डिएसपी गिरीले बताए । ‘गाडी जुधेर रोडमा घिस्रिदा घर्षणबाट झिल्का निश्किएपछि पोखिएको पेट्रोलवाट आगो सल्किएको जस्तो देखिन्छ ।’ डिएसपी गिरीले संगालोखबरसँग भने–‘मोटरसाइकल जलेकाले तत्काल नम्बर खुलेको छैन । नम्बर पत्ता लगाउँन हामी बुझ्दैछौ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!