संगालोखबर सम्वाददाता

बिराटनगर । नोबेल मेडिकल कलेजमा भर्ना भएका पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण कार्यक्रम गरिएको छ । सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्र्तगत स्टाफ नर्स, डिप्लोमा ईन फार्मेसी, ल्याव टेक्निसियन, डेन्टल हाईजिन र रेडियोग्राफीमा भर्ना भएका १८० जना नयाँ बिद्यार्थीलाई स्वागत गरिएको हो ।

Advertisement

कार्यक्रममा नोबेलका नायब प्रमुख कार्यकारी अधिकृत डा.विश्वनाथ अधिकारी, प्रवन्धक नारायण दाहाल, अन्र्तराष्ट्रिय शैक्षिक निर्देशक डा.निरञ्जन कुमार, बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.सिता घिमिरे, नर्सिङ बिभागका कार्यकारी निर्देशक दुर्गा चौलागाई, पारामेडिकल कार्यक्रमका संयोजक रुपेश श्रीवास्तव लगायतले अविर र खादा लगाएर विद्यार्थीहरुलाई स्वागत गरेका छन् । स्वागतसँगै आईतवारबाट स्वास्थ्य सावधानी अपनाउँदै पठनपाठनसमेत सुरु भएको नोबेलको शैक्षिक बिभागका सुरेन्द्र घिमिरेले जानकारी दिए ।

नोबेलमा डिएम एमसीएच, एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, वीएनएस, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!