ईलाममा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ८ घाइते

ईलाममा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ८ घाइते

ईलाम । ईलामको सुर्योदय नगरपालिका–७ सुखेपोखरीस्थित मेची राजमार्गमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ८ जना घाइते छन् । हिजो दिँउसो साढे ३ बजे मे १ ज ३३०७ नम्बरको मारुति भ्यान अनियन्त्रित भई सडकबाट करिव १०० मिटर तल पल्टिएको थियो । दुर्घटनामा १० जना घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि बिर्तामोडस्थित वी एण्ड सी अस्पताल लगिएको थियो । उपचारकै क्रममा माईजोमाई गाँउपालिका–४ का ७६...
ईटहरीमा १९ बर्षीय सालोले छुरा हान्दा भिनाजुको मृत्यु

ईटहरीमा १९ बर्षीय सालोले छुरा हान्दा भिनाजुको मृत्यु

सुनसरी । सुनसरीको ईटहरी उप–महानगरपालिका–४ मा आफ्नै सालोले छुरा प्रहार गर्दा भिनाजुको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ५१ बर्षीय श्रीमुरारी गिरी छन् । मंगलबार दिउँसो ४ बजे गिरी कै घरमा बस्दै आएका उनको सालो १९ बर्षीय अर्जुन राईले गिरीको छातीमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट घाइते भएका गिरीलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको थिायो । उपचारकै क्रममा राती करिव ७ ब...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

विराटनगर । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुनको मूल्य एकैदिन प्रतितोला ५०० रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर आज ९२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्यसमेत प्रतितोला ५०० रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता च...
सभापति देउवामा सबैलाई मिलाएर लैजाने विशेष क्षमता छ : गृहमन्त्री खाँण

सभापति देउवामा सबैलाई मिलाएर लैजाने विशेष क्षमता छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेका छन् । बिहान सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता रहेकाले पार्टी आगामी दिनमा सहज र सुदृढ ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गरे । सभापति द...
कांग्रेस सभापतिमा पुनः देउवा निर्वाचित

कांग्रेस सभापतिमा पुनः देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा सभापतिमा निर्वाचित भएका हुन् । सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये सबैभन्दा धेरै मत देउवाले ल्याएका थिए । तर बहुमत नपुगेपछि दोस्रो चरणको मतदान भएको हो । सभापतिमा निर्वाचित हुन बहुमत चाहिन्छ । दोस...
२०७८ मंसिर २९ गते बुधवारको राशिफल

२०७८ मंसिर २९ गते बुधवारको राशिफल

ई.सं. २०२१ डिसेम्बर १५ नेपाल सम्बत ११४१ थिंलाथ्व द्धादशी मार्ग शुक्ल द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग शुक्ल द्धादशी तिथी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, शिव योग, बव करण । नेपालमा सूर्योदय बिहान ६ः४६ बजे, सूर्यास्त साँझ ५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको य...
केएमसीको शिविरबाट बनेपाका ११ सय विरामीको निःशुल्क उपचार

केएमसीको शिविरबाट बनेपाका ११ सय विरामीको निःशुल्क उपचार

काभ्रे। काभ्रेको बनेपा नगरपालिकामा मंगलबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ११ सय भन्दा बढी विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । बनेपा नगरपालिका वडा नं.७ सँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौंं मेडिकल कलेजले स्थानीय वाइलर इन्टरनेशनल एकेडेमीमा एक दिने शिविर सञ्चालन गरेको हो । शिविरमा १ हजार १ सय ५३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नाराय...
नोबेलमा सय भन्दा बढी विरामीको ‘ओपन हार्ट सर्जरी’

नोबेलमा सय भन्दा बढी विरामीको ‘ओपन हार्ट सर्जरी’

बिराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक सय भन्दा बढी विरामीको ‘ओपन हार्ट सर्जरी’ गरेको छ । २०७६ असार महिनाबाट छाती चिरेर गरिने मुटुको शल्यक्रिया अर्थात ‘ओपन हार्ट सर्जरी’ सेवा सुरु गरेको नोबेलले हालसम्म १०२ जना विरामीको मुटुको शल्यक्रिया गरेको हो । एक सय भन्दा बढी विरामीको ‘ओपन हार्ट सर्जरी’ गरेपछि नोबेलको मुटु बिभागले एक कार्यक्रम गरेर उत्सव पनि मनाएको छ । कार्यक्रममा मुटु रोगको उपच...
बाह्रदशीको एउटै वडामा ५० लाखको सिँचाई सामग्री वितरण

बाह्रदशीको एउटै वडामा ५० लाखको सिँचाई सामग्री वितरण

झापा । झापाको बाह्रदशी गाउँपालिका–४ मा कृषकलाई सिँचाई सामग्री वितरण गरिएको छ । सिँचाईका लागि मोटर, स्प्रे ट्याङ्की, थ्रेसर मेसिन लगायतका सामाग्री वितरण गरिएको हो । बाह्रदशी ४ का कृषकका लागि विभिन्न ठाउँमा ४ इञ्चको १२० वटा बोरिङ गाडिएको छ भने २५० थान मोटर वितरण गरिएको छ । त्यस्तै १५० वटा स्प्रे ट्याङ्की र २० थान थ्रेसर मेसिनसमेत वितरण गरिएको वडाध्यक्ष समिम मियाले बताए । कृषकका लागि ३० लाख रुपैया...
ईलाममा ट्याक्टरले किच्दा एक जनाको मृत्यु

ईलाममा ट्याक्टरले किच्दा एक जनाको मृत्यु

ईलाम । ईलामको माईजोगमाई गाँउपालिका–४ गैरीगाउँमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ५४ बर्षीय पुर्ण बहादुर घले छन् । सोमबार साँझ पराल बोकेको मे १ त ११७३ नम्बरको ट्याक्टरमा सवार घले ट्याक्टरबाट लडेका थिए । लडेका घलेलाई ट्याक्टरको डालाले किच्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटनापछि ट्याक्टर चालक ताप्लेजुङको याङबरक गाँउपालिका–१ ...
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । सोमबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै सोमबार छापाबाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको थियो । आज ३०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
प्रकाशमानले देउवालाई सघाउँने

प्रकाशमानले देउवालाई सघाउँने

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका दावेदार प्रकाशमान सिंहले दोस्रो चरणको निर्वाचनमा सभापतिका लागि शेरबहादुर देउवालाई सघाउने भएका छन् । देउवासँगको भेटपछि आज बिहान पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले अब देउवालाई सघाउँन बताएका हुन् । ‘देउवाजीले मलाई सहयोग गर्न भन्नुभएको छ । विधान संशोधन र पार्टीमा भइरहेका कमिकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ,’ नेता सिंहले भने, ‘हामी नेतृत्व परिवर्त...
कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान हुने, देउवा र कोइरालाबीच प्रतिष्पर्धा

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान हुने, देउवा र कोइरालाबीच प्रतिष्पर्धा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति चुन्नका लागि दोस्रो चरणको मतदान हुने भएको छ । सोमबार भएको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज फेरि मतदान हुने भएको हो । कांग्रेसको विधानअनुसार पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिष्पर्धा हुन्छ । पहिलो चरणको मतदानमा सबैभन्दा धेरै शेरबहादुर देउवाले २२५८...
आज एमसीसी बोर्ड बैठकः नेपाल सम्बन्धी छलफल चौथो एजेन्डामा

आज एमसीसी बोर्ड बैठकः नेपाल सम्बन्धी छलफल चौथो एजेन्डामा

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बोर्ड बैठककै दिन नेपालको दुवै सदनको बैठक बोलाइएको छ । बोर्ड बैठकको चौथो कार्यसूचीमा एमसीसी–नेपाल सम्झौताबारे छलफल हुने भनिएको छ । आज मंगलबार (१४ डिसेम्बर)मा हुने एमसीसी बोर्ड बैठकले मुख्य चारवटा विषयमा छलफल गर्नेछ । जसमा एमसीसीको विषयमा भएको प्रगति, एमसीसी २०२२ का लागि योग्य देशहरूको छनोट प्रक्रिया, इथियोपियाको थ्रेस होल्...
शिक्षक तथा कर्मचारीको राजनीतिक यात्रामा विराम

शिक्षक तथा कर्मचारीको राजनीतिक यात्रामा विराम

काठमाडौं । निर्बाध रूपमा सक्रिय राजनीति गर्दै आएका शिक्षक तथा कर्मचारीको राजनीतिक यात्रामा विराम लाग्ने भएको छ । न्यायपालिकाले एकपछि अर्को आदेश गर्दै शिक्षक, कर्मचारीलाई राजनीति गर्न ऐन, कानुनले समेत बन्देज लगाएको हुँदा कानुन पालना गराउन निर्देशन दिएको छ । उच्च अदालत, पाटनले राजनीतिमा लागेका शिक्षक, कर्मचारीलाई दण्डित गरी कारबाही गर्न सम्बन्धित निकायलाई क्रियाशील हुन आदेश जारी गरेको एक साता नपु...
२०७८ मंसिर २८ गते मंगलवारको राशिफल

२०७८ मंसिर २८ गते मंगलवारको राशिफल

ई.सं. २०२१ डिसेम्बर १४ नेपाल सम्बत ११४१ थिंलाथ्व एकादशी मार्ग शुक्ल एकादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग शुक्ल एकादशी तिथी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, परिधी योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः४६ बजे, सूर्यास्त साँझ ५ः१० बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुँड खाएर जुनसकै दिशाको यात...
एमालेको धनकुटा इन्चार्ज बने राजेन्द्र

एमालेको धनकुटा इन्चार्ज बने राजेन्द्र

धनकुटा । नेकपा एमालेले नेता राजेन्द्र राईलाई पार्टीको धनकुटा इन्चार्ज तोकेको छ । एमाले केन्द्रिय समितिको बैठकले पार्टीका नव निर्वाचित केन्द्रिय सदस्य राईलाई धनकुटा इन्चार्जको जिम्मेवारी दिएको हो । नेता राई एमाले धनकुटाका निवर्तमान जिल्ला अध्यक्ष पनि हुन् । गत स्थानीय तह निर्वाचनमा धनकुटामा एमालेलाई ‘क्लिन स्वीप’ गराउँन सफल राई केही दिन अघि चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेसनबाट केन्द्रीय सद...
झापामा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

झापामा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

झापा । झापाको दमक नगरपालिका–५ स्थित एउटा खाली घरको कोठामा तास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । ४० हजार नगद र तीन बुङ ताससहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ईलामको चुलाचुली गाँउपालिका–५ का ३९ बर्षीय सुमन सिंह राई, पाँचथरको मिक्लाजुङ गाँउपालिका–१ का ४२ बर्षीय बबिन सुब्बा, दमक–५ का ५८ बर्षीय लक्ष्मी ढकाल, ३४ बर्षीया कमला राई, ४० बर्षीया बिमला तामाङ र कमल गाँउपालिका–...
स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ । मोरङमा स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हँुनेमा सुनसरीको ईटहरी उप–महानगरपालिका–६ का ३४ बर्षीय शंकर पोख्रेल छन् । पथरीशनिश्चरे नगरपालिका–२ जयचोकमा बा २० च २१६२ नम्बरको स्कारपियोले प्रदेश १–०२–०४४ प ९९४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । स्कारपियोको ठक्करबाट पोख्रेल घाइते भएका थिए । पथरी अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । स्कारपिय...
कोइरालाले बोहराटारमै पुगेर भेटे पौडेललाई

कोइरालाले बोहराटारमै पुगेर भेटे पौडेललाई

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले रामचन्द्र पौडेलसँग भेट गरेका छन् । कोइरालाले आज बिहान बोहराटारमै पुगेर पौडेलसँग भेट गरेका हुन् । भेटका अवसरमा बाहिरी हल्लाको पछि नलाग्न भन्दै पौडेलले शेखरलाई जितको शुभकामना दिएका दिए । राति अबेर सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवा समूहले रामचन्द्र पौडेलले आफूलाई सघाउने भनी प्रचार गरेकोप्रति संकेत गर्दै पौडेलले ...
कामका लागि भारत गएका १६५ बेपत्ता

कामका लागि भारत गएका १६५ बेपत्ता

काठमाडौं । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ । यहाँका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन् । भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको सङ्ख्यामा नेपाली कामदार श्रम गर्दै आएको बताइएको छ । कामको खोजीमा भारत पसेका श्रमिकमध्ये अधिकांश असुरक्षितरुपमा कष्टपूर्ण श्रम गर्दै आएको र बेपत्ता हुने क्रम बढेको अ...
दैनिक पिउने दूधमा घातक जीवाणु कोलिफर्म भेटियो

दैनिक पिउने दूधमा घातक जीवाणु कोलिफर्म भेटियो

काठमाडौं । चाहे बालबालिका होस् चाहे वृद्धवृद्धा, स्वस्थ र तन्दुरुस्त स्वास्थ्यका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन राम्रो मानिन्छ । चिकित्सकहरू पनि बालबालिका तथा वृद्धवृद्धालाई दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गर्न सल्लाह दिने गर्छन । तर, हामीले स्वस्थ हुन भन्दै दैनिक सेवन गर्ने दूधजन्य पदार्थमा घातक जीवाणु कोलिफर्म भेटिने गरेको छ । कोलिफर्म भनेको एउटा सूक्ष्म जीवाणु हो, जसले मा...
घरजग्गा कारोबारमा ठूलो राजस्व गुमाउँदै सरकार

घरजग्गा कारोबारमा ठूलो राजस्व गुमाउँदै सरकार

काठमाडौं । घरजग्गा कारोबार अझै अस्तव्यस्त देखिएको छ । त्यस्तो कारोबारलाई डिजिटल गराई कडा रूपमा नियमन गर्न नसक्दा सरकारले ठूलो राजस्व पनि गुमाइरहेको छ । सरकारी निकायबाट विभिन्न समयमा गरिएका अध्ययन/प्रतिवेदनहरूले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न नसक्दा राज्यले ठूलो मात्रामा राजस्व गुमाइरहेको देखाएको थियो । राजस्व बोर्ड, महालेखा परीक्षकको पछिल्ला प्रतिवेदनहरूले त्यस्तो कारोबार कम्पनी मोडलबाट हुनु...
२०७८ मंसिर २७ गते सोमवारको राशिफल

२०७८ मंसिर २७ गते सोमवारको राशिफल

ई.सं. २०२१ डिसेम्बर १३ नेपाल सम्बत ११४१ थिंलाथ्व दशमी मार्ग शुक्ल दशमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग शुक्ल दशमी तिथी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, वरियान योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः४५ बजे, सूर्यास्त साँझ ५ः१० बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको य...
काठमाडौंका दुई स्थानमा केएमसीको स्वास्थ्य शिविर, एकैदिन २४ सय विरामीको निःशुल्क उपचार

काठमाडौंका दुई स्थानमा केएमसीको स्वास्थ्य शिविर, एकैदिन २४ सय विरामीको निःशुल्क उपचार

काठमाडौं। काठमाडौंका दुई स्थानमा आइतवार काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय संघ–सस्थाहरुसँग सहकार्य गरेर केएमसीले काठमाडौं महानगरपालिका–२९ बागबजार र कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित कभर्ड हलमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । बाघबजारमा पध्मकन्या बहुमुखी क्याम्पससँग सहकार्य गरेर क्याम्पस परिषरमा शिविर सञ्चालन गरिएको हो भने कागेश्वरीमा कागेश्वरी नगरपालिका...
मेरिल्याण्डमा वक्तृत्वकला प्रतियोगिता

मेरिल्याण्डमा वक्तृत्वकला प्रतियोगिता

विराटनगर । विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजमा विद्यार्थीहरुबीच वक्तृत्वकला प्रतियोगिता गरिएको छ । कक्षा ११ र १२ का विद्यार्थीहरुबीच ‘विश्वव्यापी तापमानको प्रभाव र यसलाई कम गर्न युवाहरुको भूमिका’ विषयमा वक्तृत्वकला प्रतियोगिता गरिएको हो । प्रतियोगितामा अंग्रेजीतर्फ स्नेहा ढकाल प्रथम, कौशल साह द्वितिय, कृस्टीना शर्मा तृतीय र रोहित कुमार सिंह सान्त्वना भएका छन् । त्यस्तै नेपाली विधातर्फ लक्षिता न...
कोरियामा रहेका धनकुटेलीद्वारा सहयोग

कोरियामा रहेका धनकुटेलीद्वारा सहयोग

धनकुटा । धनकुटा सेवा समाज दक्षिण कोरियाले नेपाल पत्रकार महासंघ धनकुटा शाखाको पत्रकार कल्याणकारी कोष बृद्धिका लागि आर्थिक सहयोग गरेको छ । धनकुटा सेवा समाजले आइतवार एक कार्यक्रमकाबीच पत्रकार महासंघलाई नगद ३० हजार रकम प्रदान गरेको हो । कार्यक्रममा धनकुटा सेवा समाजका उपाध्यक्ष निर्मला खड्काले पत्रकार महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राईलाई नगद हस्तान्तरण गरिन् । सो अवसरमा बोल्दै उपाध्यक्ष खड्काले ब...
सुनको मूल्य प्रतितोला ९२ हजार ५००

सुनको मूल्य प्रतितोला ९२ हजार ५००

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ३०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९१ हजार ७०० तोकिएको थ...
देशभर चिसो बढ्यो, सतर्क रहन आग्रह

देशभर चिसो बढ्यो, सतर्क रहन आग्रह

काठमाडौं । पछिल्लो पटक काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । उपत्यकामा दिउँसो घाम लागे पनि बिहान र साँझ चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार उपत्यकामा पछिल्लो २४ घन्टाको तापक्रम न्यूनतम ५.४ डिग्रिसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.८ डिग्री रहेको छ । विशेषगरी राति र बिहान तापक्रम घट्न थालेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । ‘यस्तो अवस्थामा...
डलरको मूल्य उच्च, कमजोर हुँदै नेपाली मुद्रा

डलरको मूल्य उच्च, कमजोर हुँदै नेपाली मुद्रा

काठमाडौं । अमेरिकी डलरको विनिमय दर पछिल्लो १७ महिनाकै उच्च रहेको छ। दिनप्रतिदिन डलर बलियो हँुदै जाँदा भारतीय मुद्रा र नेपाली रुपैयाँ भने कमजोर बन्दै गएको छ। अन्तर्राष्ट्रिय स्तरमै सुरक्षित मुद्रा ठानिने भएकाले अधिकांश मुलुककले रिजर्भ राख्ने गरिएकाले अमेरिकन डलरको माग बढेको र पछिल्ला दिनमा मूल्य अकाशिएको विज्ञहरूको भनाइ छ। यसको प्रत्यक्ष प्रभाव आयात महँगिने र मूल्यवृद्धिमा चाप पर्ने औंल्याइएको छ।...
एमालेले देशभर पुस २३ मा जिल्ला र माघ ८ मा प्रदेश अधिवेशन गर्ने

एमालेले देशभर पुस २३ मा जिल्ला र माघ ८ मा प्रदेश अधिवेशन गर्ने

काठमाडौं । नेकपा एमालेले पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश अधिवेशन गर्ने भएको छ । शनिबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकले देशभरका जिल्ला अधिवेशन एकैदिन गर्ने निर्णय गरेको हो । त्यस्तै, सात वटै प्रदेशको प्रदेश अधिवेशन पनि एकै दिन गर्ने निर्णय भएको एमालेले जनाएको छ । यसअघि एमालेले देशभर वडा अधिवेशन एकैदिन र पालिका अधिवेशन पनि एकै दिन गरेको थियो । भक्तपुरस्थित जर्मन पार्टी प...
error: Content is protected !!