पत्रपत्रिका खवर

काठमाडौं । अमेरिकी डलरको विनिमय दर पछिल्लो १७ महिनाकै उच्च रहेको छ। दिनप्रतिदिन डलर बलियो हँुदै जाँदा भारतीय मुद्रा र नेपाली रुपैयाँ भने कमजोर बन्दै गएको छ। अन्तर्राष्ट्रिय स्तरमै सुरक्षित मुद्रा ठानिने भएकाले अधिकांश मुलुककले रिजर्भ राख्ने गरिएकाले अमेरिकन डलरको माग बढेको र पछिल्ला दिनमा मूल्य अकाशिएको विज्ञहरूको भनाइ छ। यसको प्रत्यक्ष प्रभाव आयात महँगिने र मूल्यवृद्धिमा चाप पर्ने औंल्याइएको छ।

Advertisement

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको बिक्री विनिमय दर मंसिर २५ गते १ सय २१ रुपैयाँ ५३ पैसा पुगेको छ। यस्तै सो दिनको खरिद दर भने १ सय २० रुपैयाँ ९३ पैसा पुगेको छ। अमेरिकी डलरको विनिमय दर पछिल्लो १७ महिनाकै उच्च रहेको छ। दिनप्रतिदिन डलर बलियो हँुदै जाँदा भारतीय मुद्रा र नेपाली रुपैयाँ भने कमजोर बन्दै गएको छ। अन्तर्राष्ट्रिय स्तरमै सुरक्षित मुद्रा ठानिने भएकाले अधिकांश मुलुककले रिजर्भ राख्ने गरेकाले अमेरिकन डलरको माग बढेको र पछिल्ला दिनमा मूल्य अकाशिएको विज्ञहरूको भनाइ छ। यसको प्रत्यक्ष प्रभाव आयात महँगिने र मूल्यवृद्धिमा चाप पर्ने औंल्याइएको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको बिक्री विनिमय दर मंसिर २५ गते १ सय २१ रुपैयाँ ५३ पैसा पुगेको छ। यस्तै सो दिनको खरिद दर भने १ सय २० रुपैयाँ ९३ पैसा पुगेको छ। यसको अघिल्लो दिन अर्थात्् मंसिर २४ गते बिक्रीदर १ सय २१ रुपैयाँ १४ पैसा पुगेको थियो ।

यस्तै सो दिनको खरिद दर भने १ सय २० रुपैयाँ ५४ पैसा थियो। सो बिक्री दर भने २०७७ असार ९ गतेपछिको अर्थात् १७ महिनाकै उच्च हो। सो अवधि अघि अमेरिकी डलरको बिक्रीदर अधिकतम १ सय २१ रुपैयाँ ३४ पैसासम्म पुगेको थियो। यस्तै खरिद दर पनि १२१.९४ रुपैयाँ थियो। यसपछि भने घटेको थियो। डलरको मूल्य क्रमशः बढ्दै गर्दा नेपाली रुपैयाँ अवमूल्यन भएको छ।

यद्यपि यसैबीचमा डलरको दरमा उतारचढाव आए। नेपाली मुद्रा बलियो पनि देखियो। किनभने २०७७ मंसिर १८ मा खरिद दर १२०.६५ र बिक्रीदर १२१.९४ रुपैयाँ पुगेको थियो। यस्तै गत असोजको पहिलो साता एक अमेरिकी डलर विनिमय दरको १ सय १७ देखि १ सय १८ रुपैयाँ हाराहारीमा रह्यो। यतिबेला भने डलर कमजोर अर्थात् अवमूल्यन भएको थियो। तर यो अवस्था धेरै समय रहेन। किनभने गत असोज अन्तिम सातादेखि फेरि यस्को बिक्रीदर १ सय २१ रुपैयाँ नाघ्यो। गत असोज २७ मा एक डलरको विनिमय दर १ सय २१ रुपैयाँ १२ पैसा पुग्यो । तर अहिले सो दरभन्दा पनि बढी पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

विश्वबजारमा डलरको माग अत्यधिक बढ्न थालेकाले पछिल्ला दिनमा डलरको विनिमय दर अकासिन थालेको अर्थविद् रामेश्वर खनाल औंल्याउँछन्। यस्तै बैंकविज्ञ अनलराज भट्टराई अमेरिकामा विस्तारै नीतिहरू सामान्यीकरणतर्फ जान लागेको र त्यहाँको ब्याजदर बढ्ने सम्भावना देखिएकोले अमेरिकी डलर विश्वव्यापी रूपमै बलियो हुन थालेको बताउँछन्।

विज्ञका अनुसार भारतीय मुद्रासँगको अन्तरआबद्धताका कारण डलर बढ्दा भारु कमजोर भएकाले नेपाली मुद्रा पनि स्वाभाविक रूपमा कमजोर हुन्छ। सरकारले नेपाली रुपैयाँलाई भारतीय रुपैयाँसँग स्थिर विनिमय दर (नेरु.१ सयबराबर भारु ११६)कायम गरेको छ। डलरको तुलनामा भारुको कमजोर हँुदै गएको छ। मंसिर २४ र २५ गते क्रमशः एक अमेरिकी डलरको भारु ७५.८१ र ७५.७२ पुगेको छ। यसको दर साता दिनअघि भारु ७४.३१ थियो। भारु नै डलरको तुलनामा क्रमशः खस्किँदै गएको तथ्यांकले देखाउँछ।

तर अर्थविद् खनाल भारतीय मुद्रा कमजोर नभएको भए पनि अहिले नेपाली मुद्रा पनि कमजोर भइरहेको बताउँछन्। ‘आयातको तुलनामा निर्यातको अनुपात घट्दै गयो भने यसले मुद्रा कमजोर भएको जनाउँछ। अर्कोतर्फ स्थिर विनिमय दर (पेग) कायम भएको मुलुकको तुलनामा हाम्रो मूल्यवृद्धि बढ्यो भने पनि मुद्रा कमजोर बनाउँछ,’ उनले भने। यससँगै नेपालले अन्य मुलुकबाट भन्दा बढी भारतबाट आयात गर्ने गर्छ।

यसो हुँदा भारुको विनिमय दरमा उतारचढाव आएपछि नेपाली रुपैयाँ पनि यसबाट प्रत्यक्ष प्रभावित भएको उनको भनाइ छ। ख्नालका अनुसार अहिले फागुनपछि लगातार आयात–निर्यातको अनुपात पनि बढ्दै गएको छ । ‘आयात उच्च हुँदा चालू खाता घाटा बढ्दै गएको छ। साथै मुद्रास्फीति (मूल्यवृद्धि) को दर पनि भारतको भन्दा बढी छ। भारतमा पनि मूल्यवृद्धि पहिलाको भन्दा बढेकाले मुद्रा कमजोर भयो।’ उनले भने। यसको दोहोरो असर नेपाललाई परेको उनको भनाइ छ।

अब क्रमशः नेपाली मुद्राको अवमूल्यन भयो भने आयात कम हुने सम्भावना देखिएको उनको तर्क छ। तर यस अवस्थामा सैद्धान्तिक रूपमा निर्यात बढ्नुपर्ने हो। तर हामीसँग निर्यातमुखी वस्तुको अभाव छ। अन्य विकसित मुलुकमा भने डलरको तुलनामा आफ्नो मुद्रा अवमूल्यन भएमा खुसी हुन्छन्। यसो हँुदा अन्तर्राष्ट्रिय बजारमा आफ्नो निर्यात बढ्छ। नेपाली मुद्रा अवमूल्यन भएपछि खासगरी विलासिताका महँगा वस्तुहरू फ्रिज, वासिङ मेसिन, गाडीलगायतको आयात घट्न सक्ने उनको अनुमान छ। ‘किनभने हामीसँग विदेशी मुद्रा सञ्चितिको पनि कमी भएकाले आयात नियन्त्रित हुन सक्छ। तर दैनिक उपभोग्य वस्तुहरू, औषधिजस्ता आम मानिसले उपभोग गर्ने वस्तुहरूको आयात जरुरी भएकाले यसको महँगीको मार पर्न सक्छ ,’ उनले भने।

यता बैंकरविज्ञ अनलराज भट्टराई पनि डलर बलियो हुँदै गए हामीले आयात गर्ने पेट्रोलियम पदार्थदेखि खाद्यान्नलगायतका सम्पूर्ण उपभोग्य सामानको मूल्य वृद्धि हुने बताउँछन्। उनका अनुसार यससँगै उत्पादनका लागि जोडिएका सबै चिज तथा कच्चापदार्थ बाहिरबाट मगाउँछौं, यसले गर्दा उत्पादन लागत बढ्न जान्छ। बरु रेमिट्यान्स वृद्धि घटेको थियो अब डलरको मूल्य बढेसँगै रेमिट्यान्स पनि बैंकिङ प्रणालीबाट बढ्न सक्ने उनको अनुमान छ। ‘डलर जति बलियो भयो रेमिट्यान्स पठाउनेलाई फाइदा हुन्छ तर आयातमा खर्च धेरै हुन जान्छ। किनभने ७–८ खर्बको रेमिट्यान्स आउँदा १४–१५ खर्बको आयात गर्छौं। आयात महँगो हुँदा अर्थतन्त्रलाई नकारात्मक असर गर्छ,’ उनले भने। अर्थशास्त्री डिल्लीराज खनाल डलरको मूल्य बढ्दा व्यापारघाटा बढ्ने र राजस्वमा दबाब पर्ने बताउँछन्। यद्यपि उनका अनुसार यसले रेमिट्यान्स बढ्ने र सामान्य हिसाबले आयातलाई निरुत्साहित गर्नुपर्ने हो। तर आयात महँगो पर्दा आम उपभोक्ताले महँगीको भार खेप्नु पर्ने देखिन्छ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादूर थापा डलर बलियो हुँदै गर्दा तेलजन्यवस्तुको मूल्यवृद्धि बढ्ने बताउँछन्। उनका अनुसार सरकारले लिएको वैदेशिक ऋण ब्याज तथा किस्ता भुक्तानी गर्नुपर्ने भएकाले सरकारको बजेटरी खर्च वैदेशिक ऋणमा बढ्ने हुन्छ। ‘यसले वैज्ञानिक असर पर्छ। यातायात मूल्यलगायत समग्रमा मूल्यमा चाप पर्छ। स्वदेशी कच्चापदार्थ अत्यन्तै थोरै भएकाले अधिकांश कच्चापदार्थ आयात गर्नुपर्दा उत्पादनको लागत बढ्न जान्छ। आयातलाई निरुत्साहित गर्छ। समग्रमा अर्थतन्त्रको लागत बढाइदिने सम्भावना छ,’ उनले भने। कोभिडका कारण विभिन्न मुलुकमा भएको लगानी लिएर अमेरिका आफ्नो मुलुक फर्किएकाले पनि अन्य देशको मुद्राभन्दा अमेरिकन डलर बलियो भएको पनि विज्ञहरू बताउँछन्। – यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा ममता थापाले लेखेकी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!