संगालोखबर सम्बाददाता

झापा । झापाको बाह्रदशी गाउँपालिका–४ मा कृषकलाई सिँचाई सामग्री वितरण गरिएको छ । सिँचाईका लागि मोटर, स्प्रे ट्याङ्की, थ्रेसर मेसिन लगायतका सामाग्री वितरण गरिएको हो ।

Advertisement

बाह्रदशी ४ का कृषकका लागि विभिन्न ठाउँमा ४ इञ्चको १२० वटा बोरिङ गाडिएको छ भने २५० थान मोटर वितरण गरिएको छ । त्यस्तै १५० वटा स्प्रे ट्याङ्की र २० थान थ्रेसर मेसिनसमेत वितरण गरिएको वडाध्यक्ष समिम मियाले बताए । कृषकका लागि ३० लाख रुपैयाँ बराबरको सिँचाईका विभिन्न सामग्री शत प्रतिशत अनुदानमा वितरण गरिएको छ भने २० लाख रुपैयाँ भन्दा बढी सामग्री खरिदमा कृषककोसमेत सहभागितामा छ ।

मंगलवार मात्रै वडा कार्यालयले ३८ थान २/३ हर्ज पावरको मोटर र १२ थान बोरिङ वितरण गरेको छ । सबै कृषकलाई सहज रुपमा सिँचाइको पहुँच पु¥याउन वडा कार्यालयले शत प्रतिशत अनुदानमा बोरिङ प्रदान गरेको हो । त्यस्तै ५० प्रतिशत अनुदानमा कृषकका लागि मोटर वितरण गरिएको छ ।

कृषिलाई प्रमुख प्राथमिकतामा राखेर बजेट बनाएको र कृषकको जीवनस्तर माथि उठाउन पहल गरेको वडाध्यक्ष मियाको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!