राष्ट्रपतिद्वारा उधौली पर्वको शुभकामना

राष्ट्रपतिद्वारा उधौली पर्वको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् । उनको सन्देशमा किराँत समुदायका मूलतः राई, लिम्बु, सुनुवार र याख्खाहरूको महान् चाड उधौली पर्व हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु भई १५ दिनसम्म विभिन्न कार्यक्रमसहित मनाउने गरिन्छ । हि...
विद्युतको खपत बढाउँन कुलमानको आग्रह

विद्युतको खपत बढाउँन कुलमानको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थामा विद्युतको खपत बढाउने चुनौती रहेको बताएका छन्। भक्तपुर ख्रिसमस समाजले ख्रिसमस र आंग्रजी नयाँ वर्ष २०२२ का अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्मान ग्रहण गर्दै उनले पहिलो कार्यकालमा लोडसेडिङ हटाउने चुनौती रहेकामा अहिले विद्युतको खपत बढाउनुपर्ने बताए । उनले विद्युतको खपत बढाउन आग्...
सरकारी कर्मचारीलाई बिदैबिदा

सरकारी कर्मचारीलाई बिदैबिदा

काठमाडौं । नेपालमा सरकारी कर्मचारीले वर्षमा १२१ दिन कार्यालय जानुपर्दैन। उनीहरूले १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन भैपरि तथा पर्व बिदाको सुविधा पाउँछन्। यसैगरी जागिर अवधिभर तीन वर्ष अध्ययन बिदा तथा थप तीन वर्ष असाधारण बिदाको सुविधासमेत उनीहरूले पाएका हुन्छन्। यसैगरी महिला कर्मचारीका हकमा ९८ दिन प्रसूति बिदा तथा उसका पतिलाई समेत १५ दिन सुत्केरी बिदाको सुविधा दिइएको हुन्छ। यसबाहेक एक वर...
२०७८ पुष ४ गते आइतवारको राशिफल

२०७८ पुष ४ गते आइतवारको राशिफल

ई.सं. २०२१ डिसेम्बर १९ नेपाल सम्बत ११४१ थिंलाथ्व पूर्णिमा मार्ग शुक्ल पूर्णिमा राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग शुक्ल पूर्णिमा तिथी, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, शुभ योग, बव करण । नेपालमा सूर्योदय बिहान ६ः४८ बजे, सूर्यास्त साँझ ५ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा ...
धनकुटामा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

धनकुटामा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

धनकुटा । धनकुटामा शनिवारदेखि प्रदेश स्तरीय खुल्ला धनकुटा कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । धनकुटा जिल्ला ब्याडमिन्टन संघको आयोजनामा तीन दिने प्रतियोगिता सुरु भएको हो । एक कार्यक्रमकाबीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पानसमा दीप प्रज्वलन गरेर प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख तामाङ्गले खेलाडीहरुलाई आफ्नो कौसलता प्रदर्शन गरेर राम्रो खेल प्रस्तुत...
प्रदेश १ मा सक्रिय कोरोना संक्रमितको संख्या ९५ पुग्यो

प्रदेश १ मा सक्रिय कोरोना संक्रमितको संख्या ९५ पुग्यो

विराटनगर । प्रदेश १ मा अहिले ९५ जना सक्रिय कोरोना संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विगत २४ घण्टाको अवधिमा प्रदेशमा ११ जनामा कोरोना संक्रमण भएको छ । संक्रमित झापा र मोरङमा मात्र देखिएका छन् । मोरङमा १० र झापामा १ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७, रङ्गेली, धनपालथान र बेलबारीमा १/१ तथा झापाको शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको हो...
आइतबारबाट १२ देखि १७ बर्षका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइने

आइतबारबाट १२ देखि १७ बर्षका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइने

काठमाडौं । सरकारले भोलिदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ बर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा.सङ्गीता कौशल मिश्रले जानकारी दिए । उनका अनुसार प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर...
उत्कृष्ठ राष्ट्रसेवक अवार्डबाट कुलमान घिसिङ सम्मानित

उत्कृष्ठ राष्ट्रसेवक अवार्डबाट कुलमान घिसिङ सम्मानित

काठमाडौं । उज्यालो नेपालको अभियानमार्फत नेपालीलाई उज्यालो पुर्याई अतुलनीय योगदान गरेकामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् । लोडसेडिङ हटाएर नेपालीको घर घरमा खुसी ल्याउन महत्वपूर्ण योगदान गरेकाले कार्यकारी निर्देशक घिसिङलाई उत्कृष्ठ राष्ट्रसेवक अवार्डबाट सम्मान गरिएको आयोजक संस्था क्यासनेप फाउण्डेशनले जनाएको छ । फाउण्डेशनका कार्यक्रम संयोजक राजन अधिकारी...
दाउले हानेर हत्या गर्ने पक्राउ

दाउले हानेर हत्या गर्ने पक्राउ

झापा । हत्या आरोपमा प्रहरीले झापाको दमकका एक युवालाई पक्राउ गरेको छ । दमक नगरपालिका–१ का २० बर्षीय अर्जुन लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । दमक नगरपालिका–६ स्थित रक्षा फेन्सी पसलमा सेल्समेनको काम गर्दै आएका दमक–२ का २५ बर्षीय तेजप्रकाश पराजुलीको हत्या गरेको आरोपमा प्रहरीले लिम्बूलाई पक्राउ गरेको हो । मंसिर २९ गते धराबाट पानी लिएर पसलतर्फ फर्कने क्रममा पराजुलीलाई लिम्बूले दाउले काटेका थिए । र...
भीम रावललाई बनाइयो एमालेको सल्लाहकार

भीम रावललाई बनाइयो एमालेको सल्लाहकार

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावल पार्टीको केन्द्रीय सल्लाहकार परिषद सदस्य बनेका छन् । पार्टीका निवर्तमान उपाध्यक्ष रहेका रावललाई एमालेले सल्लाहकारको जिम्मेवारी दिएको हो । एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका उम्मेद्वार बनेका रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीबिहिन थिए । अध्यक्ष ओली र रावलबीचको परामर्श बमोजिम उनलाई थप जिम्मेवारी प्रदान गरिने एमालेले ...
२०७८ पुष ३ गते शनिवारको राशिफल

२०७८ पुष ३ गते शनिवारको राशिफल

ई.सं. २०२१ डिसेम्बर १८ नेपाल सम्बत ११४१ थिंलाथ्व चतुर्दशी मार्ग शुक्ल चतुर्दशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग शुक्ल चतुर्दशी तिथी, चन्द्रमा वृष राशिमा, रोहीणी नक्षत्र, साध्य योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः४८ बजे, सूर्यास्त साँझ ५ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको य...
काभ्रेको पनौतीमा केएमसीको स्वास्थ्य शिविर, नौं सय विरामीले पाए निःशुल्क उपचार

काभ्रेको पनौतीमा केएमसीको स्वास्थ्य शिविर, नौं सय विरामीले पाए निःशुल्क उपचार

काभ्रे, २ पुस । काभ्रेको पनौतीमा शुक्रबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा नौं सय भन्दा बढी विरामीले निःशुल्क उपचार सेवा पाएका छन् । पनौती नगरपालिका–४ स्थित सामुदायिक बोर्डिङ्ग स्कूल र ज्ञान विकास पुस्तकालयसँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एक दिने शिविर सञ्चालन गरेको हो । सामुदायिक बोर्डिङ्ग स्कूलमा आयोजित शिविरमा ९ सय २१ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको केए...
म पोइल गएको छैन है…

म पोइल गएको छैन है…

म संर्घष र शैक्षिक उपलब्धिलाई सँगसँगै लाने प्रयत्न गरिरहेको एक युवा प्रतिनिधी पात्र हुँ । समाजशास्त्रको एक विद्यार्थी भएको नाताले शिक्षकले नारीवादका विषयमा अध्ययन गराइरहँदा वा साथीहरुबीच छलफल गरिरहँदा महिला कसरी दोस्रो दर्जाको रुपमा प्रस्तुत भइरहेका छन् ? भन्ने जिज्ञासाको उचाई चुलिएको थियो । म र मेरो साथी कार्यलयको काम सकेर कटमिरो साँझमा घर फकिँदै गर्दा बाटोमा एक गर्भवती महिला छट्पटिँदै गरेको अ...
सुनकोसीमा बेलिब्रिज जडान भएपछि गाईघाट-दिक्तेल सिधा यातायात

सुनकोसीमा बेलिब्रिज जडान भएपछि गाईघाट-दिक्तेल सिधा यातायात

गाईघाट । उदयपुरको सदरमुकाम गाईघाटबाट पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट-दिक्तेल सडक खण्डअन्तर्गत सुनकोसी नदीमा हालै बेलिब्रिज जडान भएको छ। पुल जडानसँगै गाईघाटबाट दिक्तेलसम्म र दिक्तेलबाट गाईघाटसम्म सिधा यातायातका साधन सञ्चालन भएका छन्। मङ्सिरको दोस्रो हप्तादेखि उदयपुरको रौतामाई गाउँपालिका-५ स्थित फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका-१ लिच्की राम्चे बीचमा पर्ने सुनकोसी नद...
विराटनगरबाट चोरीको स्कुटरसहित एक जना पक्राउ

विराटनगरबाट चोरीको स्कुटरसहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१२ पटुवारी टोलबाट स्कुटर चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का २२ बर्षीय गणेश कुमार राम छन् । उनले मंसिर २९ गते राती साढे ७ बजे को २९ प ६६०० नम्बरको स्कुटर चोरी गरेका थिए । स्कुटर चोरीमा संलग्नको खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले स्कुटरसहित उनलाई पक्राउ गरेको हो । पक्राउ परेका रामलाई जिल्ला अ...
एकैदिन हजार रुपैयाँले बढ्यो सुनको भाउ

एकैदिन हजार रुपैयाँले बढ्यो सुनको भाउ

विराटनगर । नेपाली बजारमा बिहीबार एकैदिन सुनको भाउ एक हजार रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक हजार रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँ पुगेको हो । त्यस्तै तेजाबी सुनको मूल्यसमेत आज तोलामा एक हजार रुपैयाँले बढेको छ । तेजावी सून प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य पनि...
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा । आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको शिवसताक्षीमा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको शिवसताक्षी नगरपालिका–८ स्थित डुडाँमारी चोकमा मे ७ प ९८०० नंम्बरको मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना हुँदा कन्काई नगरपालिका–८ सुरुङ्गाका २८ वर्षीय विनोद लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकलमा पछाडि सवार कन्काई–८ का २४ वर्षी...
एमसीसी अनुमोदन गर्न नेपाललाई थप समय

एमसीसी अनुमोदन गर्न नेपाललाई थप समय

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गरेको एमसीसी बोर्ड बैठकले जनाएको छ । १४ डिसेम्बर (२८ मंसिर)को एमसीसी बोर्ड बैठकपछि अमेरिकाको वासिंटन डिसीबाट बुधबार जारी विज्ञप्तिअनुसार एमसीसीअन्तर्गतको ५० करोड अमेरिकी डलर अनुदान सहयोग अनुमोदन हुनेमा विश्वस्त रहेको जनाएको छ । एमसीसी परियोजनाअन्तर्गत विद्युत् प्रसारण लाइन र सड...
२०७८ पुष २ गते शुक्रवारको राशिफल

२०७८ पुष २ गते शुक्रवारको राशिफल

ई.सं. २०२१ डिसेम्बर १७ नेपाल सम्बत ११४१ थिंलाथ्व चतुर्दशी मार्ग शुक्ल चतुर्दशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग शुक्ल चतुर्दशी तिथी, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, सिद्ध योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः४७ बजे, सूर्यास्त साँझ ५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको या...
माओवादी केन्द्रका धनकुटा संयोजक ऋषिराम ढुंगानाद्वारा प्रदेश सचिवमा उम्मेद्वारी घोषणा

माओवादी केन्द्रका धनकुटा संयोजक ऋषिराम ढुंगानाद्वारा प्रदेश सचिवमा उम्मेद्वारी घोषणा

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धनकुटाका संयोजक ऋषिराम ढुंगानाले पार्टीको प्रदेश सचिवमा उम्मेद्वारी घोषणा गरेका छन् । मोरङमा जारी माओवादी केन्द्र १ नम्बर प्रदेश समितिको प्रथम अधिवेशनमा नेता ढुंगानाले सचिव पदमा उम्मेद्वारी घोषणा गरेका हुन् । २०२३ सालमा धनकुटाको कुरुले तेनुपामा जन्मिएका ढुंगाना ४० बर्षयता राजनीतिमा सक्रिय छन् । उनले २०३७ सालमा विद्यार्थी संगठनबाट राजनीति यात्रा...
इटहरीको तालतलैयामा नोबेलको स्वास्थ्य शिविर, ११ सय विरामीको निःशुल्क उपचार

इटहरीको तालतलैयामा नोबेलको स्वास्थ्य शिविर, ११ सय विरामीको निःशुल्क उपचार

सुनसरी । नोबेल शिक्षण अस्पतालले इटहरीको तालतलैयामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय इन्खा एकीकृत अस्पताल प्रा.लि. र तालतलैया युवा क्लवसँग सहकार्य गरेर एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा १ हजार १ सय २७ जना विरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा २०२ जनाको रक्त परीक्षण, १९७ जनाको भि...
रघुपति जुट मिल्सको हिरक जयन्तीमा रक्तदान कार्यक्रम

रघुपति जुट मिल्सको हिरक जयन्तीमा रक्तदान कार्यक्रम

विराटनगर । रघुपति जुट मिल्स लिमिटेडले आफ्नो स्थापनाको ७५ वर्ष पुरा गरेको उपलक्ष्यमा विभिन्न कार्यक्रम गर्दै आएको छ । मिल्सका संस्थापक स्व.रामलाल गोल्छाको जन्मदिनको अवसर पारेर आज मिल्समा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा मिल्सका ७६ जना कामदार तथा कर्मचारीहरुले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले उद्योगको निरीक्षण साथै उद्योग परिसरमा बृक्...
कांग्रेस महामन्त्रीमा युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा विजयी, गगनले पाए सबैभन्दा बढी मत

कांग्रेस महामन्त्रीमा युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा विजयी, गगनले पाए सबैभन्दा बढी मत

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा बिजयी भएका छन् । मत परिणाम अनुसार थापाले ३,०२३ मत पाएका छन् । जुन कांग्रेस महाधिवेशनको सर्वाधिक मत हो । थापाको जति अन्य कुनैपनि उम्मेद्वारले मत पाएका छैनन् । सभापति शेरबहादुर देउवालाई पनि मतका हिसावले गगनले उछिनेका छन् । उनी डा.शेखर कोइरालाको प्यानलबाट उम्मेद्वार बनेका थिए । यता, १,९८४ मतसहित विश्वप्रकाश शर्मा पनि...
शुक्रबारदेखि हिमपातको सम्भावना

शुक्रबारदेखि हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्र...
आगोले जलेर दिदी–बहिनीको मृत्यु

आगोले जलेर दिदी–बहिनीको मृत्यु

सर्लाही । सर्लाहीमा आगोले जलेर दुई जनाको मृत्यु भएको छ । परालले बनेको घरमा गए राति ९ः१५ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा सर्लाहीको कविलासी नगरपालिका–७ सिरसिरयाका जोगी महराकी आठ वर्षीया छोरी लक्ष्मी र तीन वर्षकी छोरी सुगन्धीको जलेर मृत्यु भएको हो । आगोले जलेर गम्भीर घाइते दुवै बालिकाको जिल्ला अस्पताल मलङ्गवामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले ...
वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही हुन्छ : श्रममन्त्री श्रेष्ठ

वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही हुन्छ : श्रममन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा अवाञ्छित गतिविधि गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन् । एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन, नेपालका पदाधिकारीबाट बुधबार अपराह्न ज्ञापनपत्र लिएपछि उनले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन व्यवसायीको सहयोग अपरिहार्य भएको बताए । मन्त्री श्रेष्ठले गलत काममा संलग्न ...
झापाको दमक बजारमा एक युवकको हत्या

झापाको दमक बजारमा एक युवकको हत्या

झापा । झापाको दमक बजारमा बुधबार बेलुकी ७ बजेतिर एक युवकको हत्या भएको छ । दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए । हतियार प्रहारबाट गम्भीर घाइते भएका पराजुलीलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा तत्कालै मृत्यु भएको प्रनाउ...
धमाधम राजीनामा दिँदै शिक्षक

धमाधम राजीनामा दिँदै शिक्षक

काठमाडौं । सक्रिय राजनीतिमा लागेका सामुदायिक विद्यालयका शिक्षकहरूले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोग तथा सर्वोच्च र पाटन उच्च अदालतको आदेश, शिक्षा निकायको निर्देशन एवं सर्वसाधारणबाट समेत विरोधका कारण सक्रिय राजनीति नै छनोट गर्ने शिक्षकहरूमा नैतिक दबाब बढेको हो । फलतः पछिल्लो दुई सातामा साढे तीन सयभन्दा बढी शिक्षकले राजीनामा दिएका छन् । धेरैजसो शिक्षकको राजीनामा राजनीतिमै लाग्नका ला...
२०७८ पुष १ गते बिहीवारको राशिफल

२०७८ पुष १ गते बिहीवारको राशिफल

ई.सं. २०२१ डिसेम्बर १६ नेपाल सम्बत ११४१ थिंलाथ्व त्रयोदशी मार्ग शुक्ल त्रयोदशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग शुक्ल त्रयोदशी तिथी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, शिव योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः४७ बजे, सूर्यास्त साँझ ५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपन...
धनकुटामा बृद्ध मृत फेला, चिसोले कठ्यांग्रिएर मृत्यु भएको प्रहरीको अनुमान

धनकुटामा बृद्ध मृत फेला, चिसोले कठ्यांग्रिएर मृत्यु भएको प्रहरीको अनुमान

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–९ मा बुधबार बिहान एक बृद्ध मृत फेला परेका छन् । धनकुटा नगरपालिका–१ हिलेका ६५ बर्षीय मानबहादुर दर्जी बाटोमा मृत भेटिएका हुन् । बृद्ध दर्जी मंगलबार बेलहारामा आफन्तको बिहेमा गएका थिए । साँझ उत्तरपानीसम्म गाडीमा आएर त्यहाँबाट हिड्दै घरतर्फ लागेका थिए । तर, उनी घरनै नपुगी बाटोमै मृत अवस्थामा भेटिएका हुन् । बिहान करिब ८ बजे स्थानीयबासीले बृद्ध दर्जीलाई मृत अवस्थामा...
महालक्ष्मीका मेयर नेपालको नयाँ कामः घर–घरमा पुगेर बेहुला–बेहुलीलाई नव दम्पती कार्ड प्रदान

महालक्ष्मीका मेयर नेपालको नयाँ कामः घर–घरमा पुगेर बेहुला–बेहुलीलाई नव दम्पती कार्ड प्रदान

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल अहिले नगरक्षेत्रमा हुँने अधिकांस विवाहमा पुग्ने गर्छन् । उनले बिहे घरमा पुगेर बेहुला–बेहुलीलाई दाम्पत्य जीवनको शुभकामना दिने मात्र हैन एउटा कार्ड पनि थमाउँछन् । त्यो हो, नव विवाह दम्पती कार्ड । तीन पन्ने त्यो कार्डमा प्रजनन स्वास्थ्य र जन्मजात अपाङ्गता रोकथाम सम्बन्धि जानकारी उल्लेख छन् । स्वस्थ शिशु जन्माउँन, मातृशिशु मृत्युदर घटाउँन...
error: Content is protected !!