संगालोखबर सम्बाददाता

विराटनगर । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुनको मूल्य एकैदिन प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

Advertisement

मंगलबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर आज ९२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्यसमेत प्रतितोला ५०० रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!