संगालोखबर सम्वाददाता

काठमाडौं। काठमाडौंका दुई स्थानमा आइतवार काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय संघ–सस्थाहरुसँग सहकार्य गरेर केएमसीले काठमाडौं महानगरपालिका–२९ बागबजार र कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित कभर्ड हलमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

Advertisement

बाघबजारमा पध्मकन्या बहुमुखी क्याम्पससँग सहकार्य गरेर क्याम्पस परिषरमा शिविर सञ्चालन गरिएको हो भने कागेश्वरीमा कागेश्वरी नगरपालिका ७ नम्बर वडा कार्यालयसँग सहकार्य गरेर शिविर गरिएको हो ।

दुवै शिविरबाट एकैदिन २ हजार ४ सय ६७ विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । बागबजारको शिविरमा १९० जनाको रक्त परीक्षण, १७१ जनाको भिडियो एक्सरे र १४५ जनाको इसीजीसहित १ हजार ७५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १५ जनाको दाँत उखेलिएको छ । शिविरमा उपचार सम्भव नभएका र अप्रेशन गराउँनुपर्ने अवस्थाका ३५ जनालाई अस्पताल रेफर गरिएको छ ।

त्यस्तै, कागेश्वरीमा १ हजार ३ सय ९२ विरामीको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा २०१ जनाको रक्त परीक्षण, १४९ जनाको भिडियो एक्सरे र ९३ जनाको इसीजी गरिएको छ । शिविरमा २७ जनाको दाँत उखेलियो । ४१ जनालाई भने अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!