२०८१ असोज २४ गते बिहीबार/आजको राशिफल

२०८१ असोज २४ गते बिहीबार/आजको राशिफल

बि.सं.२०८१ असोज २४ गते बिहीबार ई.सं.२०२४ अक्टोबर १० नेपाल सम्वत् ११४४ कौलाथ्व सप्तमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल सप्तमी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, शोभन योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६ः०१ बजे, सूर्यास्त साँझ ०५ः४० बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको ...
रामलाल गोल्छा आँखा अस्पतालद्वारा बालबालिकाको निःशुल्क आँखा जाँच

रामलाल गोल्छा आँखा अस्पतालद्वारा बालबालिकाको निःशुल्क आँखा जाँच

विराटनगर । रामलाल गोल्छा आँखा अस्पताल फाउण्डेसनले विश्व दृष्टि दिवसका अवसरमा बालबालिकाहरूको निःशुल्क आँखा जाँच गरेको छ । ‘बालबालिकाको आँखालाई माया गरौं’ भन्ने नाराका साथ शिविर सञ्चालन भइरहेको फाउण्डेसनले जनाएको छ । उपचार हुन सक्ने रोगले समेत बालबालिकामा अन्धोपनको समस्या बढाइरहेकाले समस्या निराकरण गर्ने उद्देश्यले निःशुल्क शिविरको आयोजना गरिएको अस्पताल व्यवस्थापक नवीन राजवंशीले बताए । बच्चाको ज...
सुनसरीबाट ५० हजार नक्कली नोटसहित एक जना पक्राउ

सुनसरीबाट ५० हजार नक्कली नोटसहित एक जना पक्राउ

सुनसरी । सुनसरीबाट नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हरिनगर गाउँपालिका-७ का ३१ वर्षीय हजरुल खातुनको घरबाट एक हजार दरका ५० वटा नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय देवानगन्ज र प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरी टोलीले खातुनलाई नक्कली नोटसहित पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार एक हजार द...
२०८१ असोज २३ गते बुधबार/आजको राशिफल

२०८१ असोज २३ गते बुधबार/आजको राशिफल

बि.सं.२०८१ असोज २३ गते बुधबार ई.सं.२०२४ अक्टोबर ०९ नेपाल सम्वत् ११४४ कौलाथ्व षष्ठी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल षष्ठी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, सौभाग्य योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६ः०० बजे, सूर्यास्त साँझ ०५ः४१ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसु...
उदयपुरमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या, टाउको बोकेर हिँड्दै गर्दा श्रीमान पक्राउ

उदयपुरमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या, टाउको बोकेर हिँड्दै गर्दा श्रीमान पक्राउ

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–६ का ३६ वर्षीय जंगबहादुर घिसिङ तामाङ श्रीमतीको टाउको काटेर बाटोमा हिड्दै गरेको अवस्थामा पक्राउ परेका छन् । आज साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीले संगालोखबरलाई जानकारी दिए । सामान्य घरायसी विवादका क्रममा २८ वर्षीय श्रीमती प्रमिला लामालाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको उनले जानकारी दिए । एसपी योगीका अन...
जिल्ला अस्पताल भोजपुर प्रथम

जिल्ला अस्पताल भोजपुर प्रथम

विराटनगर । कोशी प्रदेश स्वास्थ्य निर्देशनालयले निर्धारण गरेका विभिन्न मापदण्ड पुरा गर्दै जिल्ला अस्पताल भोजपुर प्रथम भएको छ । आर्थिक वर्ष २०८०/०८१ को प्रदेश स्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीका क्रममा ८२.३१ अङ्क प्राप्त गरेर प्रथम भएको भोजपुरलाई सम्मान गरिएको छ । यस्तै ७८.७० अङ्क प्राप्त गर्दै तेह्रथुम दोश्रो र ७६.१२ अंक प्राप्त गर्दै उदयपुर तेश्रो भएको छ । स्वास्थ्य कार्यालयहरूमा ७६.६४ अङ्क ...
धनकुटामा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास (फोटो फिचर)

धनकुटामा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास (फोटो फिचर)

धनकुटा । धनकुटामा सडक दुर्घटनाबाट हुन सक्ने मानवीय क्षति कम गर्न कृत्रिम अभ्यास गरिएको छ । धनकुटा नगरपालिका-७ स्थित जिरो प्वाइन्टमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय धनकुटाले  संयुक्त रूपमा कृत्रिम अभ्यास गरेका हुन् । अभ्यासका क्रममा मोटरसाइकल र सुमो ठोक्किएर दुर्घटना भएको नमुना प्रस्तुत गरिएको थियो । मोटरसाइकलमा सवार दुई जनाले ट्राफिक नियम पालना नगरी सवारी कुदाएको र दुई सवारी एक...
धनकुटामा पहिरोका कारण ज्यान गुमाएको परिवारलाई राहत प्रदान

धनकुटामा पहिरोका कारण ज्यान गुमाएको परिवारलाई राहत प्रदान

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका-५ मा पहिरोले ज्यान गुमाएको परिवारलाई प्रदेश सरकारले राहत प्रदान गरेको छ । आज प्रदेश सरकारले राहत स्वरुप एक लाख नगद सहयोग गरेको हो । कोशी प्रदेश सांसद इन्द्रमणि पराजुली र धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले संयुक्त रूपमा पीडित परिवारलाई चेक हस्तान्तरण गरेका हुन् । प्रमुख जिल्ला अधिकारी पौडेलले पहिरोले पूर्ण रूपमा क्षति भएको घर निर्माण गर्न थप ...
रङ्गेलीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रङ्गेलीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर । मोरङको रङ्गेली नगरपालिका-१ पोखरी टोलमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज दिउँसो भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक धनपालथान गाउँपालिका-१ का ४६ वर्षीय राम बहादुर माझीको मृत्यु भएको हो ।  प्र १-०४-००१ त १००४ नम्वरको ट्याकटरले को ६ प ६५४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पैदलयात्री धनपालथान गाउँपालिका-६ का ४५ वर्षीय सिटुरु ऋषिदेव र माझीकी श्रीमती ३६ वर्षी...
धनकुटामा प्रहरीद्वारा दश हजार गाँजाको बोट नष्ट

धनकुटामा प्रहरीद्वारा दश हजार गाँजाको बोट नष्ट

धनकुटा । धनकुटाको विभिन्न स्थानमा अवैध तरिकाले लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ । पाख्रिबास नगरपालिका, सहिदभूमि र साँगुरीगढी गाउँपालिकाका विभिन्न स्थानमा प्रहरीले गाँजा नष्ट गरेको हो । आफैँ उम्रिएको तथा अवैध रूपमा लगाइएको गाँजाको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार र प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले  सहिदभूमिमा छ हजार पाँच...
सिन्धुली बस दुर्घटना अपडेट : नौ जना घाइतेको उपचार हुँदै

सिन्धुली बस दुर्घटना अपडेट : नौ जना घाइतेको उपचार हुँदै

विराटनगर । काठमाडौंबाट भोजपुर आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये एक जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । भोजपुरको हतुवागढी गाउँपालिका-१ का २६ वर्षीय बुद्धिमान तामाङको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक अनिल कुमार खडकाले संगालोखबरलाई जानकारी दिए । खोटाङ यातायात प्रालिको टिकट र बैङ्कको...
माइक्रोबस दुर्घटना अपडेट : घाइतेको पहिचान खुल्यो 

माइक्रोबस दुर्घटना अपडेट : घाइतेको पहिचान खुल्यो 

विराटनगर । धनकुटा नगरपालिका-९ मुलघाट नजिक माइक्रोबस दुर्घटनामा घाइते भएकाहरूको पहिचान खुलेको छ । दुर्घटनामा तेह्रथुम छथर गाउँपालिका-५ ओख्रेका २५ वर्षीय रबिन तामाङ र सोही ठाउँका ४४ वर्षीया रोमा ठकुरी घाइते भएका छन् । तामाङको हात र पाखुरामा र ठकुरीको हात र कुममा चोट लागेको छ । उनीहरूको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ । आज बिहान तेह्रथुमबाट धरान आउँदै ग...
आत्मारामा जुधे सुमो र मोटरसाइकल

आत्मारामा जुधे सुमो र मोटरसाइकल

धनकुटा । धनकुटा नगरपालिका-६ आत्मारास्थित ढाट नजिक सुमो गाडी र मोटरसाइकल जुधेका छन् । खाँदबारीबाट धरान जाँदै गरेको को १ ज २९९८ नम्बरको सुमो गाडी र विपरित दिशाबाट आउँदै गरेको रा ६ प ८०२४ नम्बरको मोटरसाइकल आज बिहान ८ः४० बजे ठोक्किएका हुन । दुर्घटनामा परी मोटरसाइकल चालक पाल्पा माछाखाडी गाउँपालिका-४ घर भई कुमारी दल गुल्म हेटौडामा कार्यरत नेपाली सेनाका सिपाही २४ वर्षीय भीमबहादुर सिञ्जाली घाइते भएको प...
धनकुटामा माइक्रोबस दुर्घटना

धनकुटामा माइक्रोबस दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका-९ मुलघाट नजिक माइक्रोबस दुर्घटना भएको छ । तेह्रथुमबाट धरान जाँदै गरेको प्रदेश नं.१ ०२ ००१ ज ४५३५ नम्बरको विद्युतीय माइक्रोबस आज बिहान करिब १०ः३० बजे मुलघाट मास्तिर चारगोलाइमा दुर्घटना भएको हो । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । उनीहरूको पहिचान खुल्न बाँकी छ । घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका...
२०८१ असोज २२ गते मंगलबार/आजको राशिफल

२०८१ असोज २२ गते मंगलबार/आजको राशिफल

बि.सं.२०८१ असोज २२ गते मंगलबार ई.सं.२०२४ अक्टोबर ०८ नेपाल सम्वत् ११४४ कौलाथ्व पञ्चमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल पञ्चमी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, आयुष्मान योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः०० बजे, सूर्यास्त साँझ ०५ः४२ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड ...
राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माग

राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माग

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले ‘राहत एवम् पुनः निर्माण कोष’ निर्माण गर्न माग गरेको छ । माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङवो नेतृत्वको टोलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । बाढी पहिरोबाट पीडित भएकाहरूलाई राहत दिन तथा क्षतिग्रस्त संरचनाको पुनः निर्माण गर्न कोषको निर्माण गर्न आवश्यक रहेको माओवादीले जनाएको छ ...
काठमाडौंबाट भोजपुर आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना

काठमाडौंबाट भोजपुर आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना

विराटनगर । काठमाडौंबाट भोजपुर आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना भएको छ । मदन भण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ मा केही समय अगाडि बस दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार बागमती प्रदेश ०१-००६ ख ६७८५ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको काफ्लेले जानकारी दिए । उनले संगा...
विराटनगरका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन 

विराटनगरका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन 

विराटनगर । विराटनगर महानगरपालिका भित्र अधिकांश माछामासु पसल मापदण्ड विपरित सञ्चालनमा रहेका पाइएको छ । महानगरपालिकाले चाडपर्व लक्षित आज गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । अनुगमन टोलीले मासुको शुद्धता, पसलको दर्ता तथा नवीकरण, सरसफाइ, ढकतराजु लगायतको अवस्था नियालेको थियो । सो क्रममा अधिकांश पसलले सरसफाइ कार्ड नलिएको, मूल्यसूची नराखेको, ढक तराजुमा कैफियत र पसलभित्रको सरसफाइमा कमजोरी भेटिएको अन...
सामाजिक विकास मन्त्री राईद्वारा बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण

सामाजिक विकास मन्त्री राईद्वारा बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण

खोटाङ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । गृहजिल्ला खोटाङका विभिन्न स्थानमा पुगेर मन्त्री राईले बाढी पहिरोले क्षति पुर्याएका ठाउँहरूको निरीक्षण गरी समस्याका विषयमा प्रभावित नागरिकहरूसँग जानकारी लिएका हुन् । उदयपुर र खोटाङ जिल्ला जोड्ने पक्की पुल बगाएको क्षेत्रमा पनि मन्त्री राईले स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणमा पुगेका मन...
खाँदबारी कारागारका कैदीबन्दीलाई पुस्तक हस्तान्तरण

खाँदबारी कारागारका कैदीबन्दीलाई पुस्तक हस्तान्तरण

सङ्खुवासभा । सङ्खुवासभा स्थित खाँदबारी कारागारलाई पुस्तक हस्तान्तरण गरिएको छ । साब्लाबुङ पुस्तकालय अभियानले विभिन्न विधाका पुस्तक हस्तान्तरण गरेको हो । एक लाख ५० हजार मूल्य बराबरको नौ सय थान पुस्तक कारागारमा हस्तान्तरण गरिएको अभियानका अध्यक्ष राजकुमार राईले जानकारी दिए । कैदीबन्दीमा पठन संस्कृतिको विकास होस् भन्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको उनले बताए । ‘शैक्षिक संस्थामा पुस्तकालय, गाउ...
धनकुटामा सय शैयाको अस्पताल निर्माणको काम तीव्र

धनकुटामा सय शैयाको अस्पताल निर्माणको काम तीव्र

धनकुटा । धनकुटामा सय शैयाको अस्पताल निर्माणको कामले गति लिएको छ । अस्पतालको समयमा नै काम सक्ने गरी निर्माण कार्यलाई तीव्र पारिएको हो । प्रदेश सरकारको सहयोगमा आधुनिक र सुविधा सम्पन्न अन्डर ग्राउन्ड पार्किङ र लिफ्टसहितको पाँच तले भवन निर्माण भइरहेको छ । अस्पताल निर्माणका लागि कोशी प्रदेश सरकारले ४० करोड रुपैयाँ विनियोजन गरेको छ । २०८० असार २४ गते ठेक्का सम्झौता भएको अस्पतालको २०८३ असार २४ गते नि...
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा पाँच सय रुपैयाँले घटेको हो । आज सुन तोलामा एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो सुन तोलामा तीन सय घटेर एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भ...
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका-८ चिसाङ पुल छेउमा कार र मोटरसाइकल जुध्दा प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल आइतबार साँझ करिब ७ बजे ठोक्किएका हुन् । सुनसरीको नडाहास्थित अस्थायी प्रहरी बिटमा कार्यरत संखुवासभाको सिलिचुङ–२ घर भएका प्रहरी जवान ३२ वर्षीय चित्रसागर रा...
२०८१ असोज २१ गते सोमबार/आजको राशिफल

२०८१ असोज २१ गते सोमबार/आजको राशिफल

बि.सं.२०८१ असोज २१ गते सोमबार ई.सं.२०२४ अक्टोबर ०७ नेपाल सम्वत् ११४४ कौलाथ्व चतुर्थी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल चतुर्थी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, प्रीति योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५ः५९ बजे, सूर्यास्त साँझ ०५ः४३ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरि...
कोशीमा म्याद गुज्रिएका योजनाको चाङ, ३१ वटालाई सङ्कटग्रस्त घोषणा 

कोशीमा म्याद गुज्रिएका योजनाको चाङ, ३१ वटालाई सङ्कटग्रस्त घोषणा 

विराटनगर । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले २०७४ सालदेखि अहिलेसम्म भएका गतिविधि सार्वजनिक गरेको छ । मन्त्री भुपेन्द्र राईले आज पत्रकार सम्मेलन गर्दै मन्त्रालय अन्तरगत भएका र हुन बाँकी कार्यको प्रगति विवरण प्रस्तुत गरेका हुन् । मन्त्री राईले भने, ‘अहिलेसम्म भएका गतिविधि बताएपछि मात्र आफू अगाडि बढ्नुपर्ला भन्ने महसुस गरेर मन्त्रालयबाट भएका काम सार्वजनिक गरेको हुँ ।’ मन्त्री राईका अनु...
बाढीपहिरोबाट कोशीमा चार अर्ब ६३ करोड बढीको क्षति 

बाढीपहिरोबाट कोशीमा चार अर्ब ६३ करोड बढीको क्षति 

विराटनगर । अविरल वर्षाका कारण आएको बाढीपहिरोले कोशी प्रदेशमा चार अर्ब ६१ करोड ५० लाख बराबरको क्षति पुर्‍याएको  छ । आज भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले पत्रकार सम्मेलन गर्दै सडक तथा पुलमा बाढीपहिरोले उक्त रकम बराबरको क्षति पुर्‍याएको बताए । मन्त्री राईका अनुसार पाँचथरमा तीन वटा सडक पूर्ण रूपमा क्षति भएका छन् । दुई वटा सडक, सडक पुल चार वटा र तीन वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको ...
२०८१ असोज २० गते आइतबार/आजको राशिफल

२०८१ असोज २० गते आइतबार/आजको राशिफल

बि.सं.२०८१ असोज २० गते आइतबार ई.सं.२०२४ अक्टोबर ०६ नेपाल सम्वत् ११४४ कौलाथ्व तृतीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल चतुर्थी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, विषकुम्भ योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५ः५९ बजे, सूर्यास्त साँझ ०५ः४४ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको ...
विपद् व्यवस्थापनमा रफ्तार बढाउन एमालेद्वारा कोशी प्रदेश सरकारको ध्यानाकर्षण

विपद् व्यवस्थापनमा रफ्तार बढाउन एमालेद्वारा कोशी प्रदेश सरकारको ध्यानाकर्षण

विराटनगर । अविरल वर्षाका कारण केही दिन अघि आएको बाढी, पहिरोबाट भएको जनधन र भौतिक पूर्वाधारको क्षतिलाई तत्काल व्यवस्थापन गरेर आम नागरिकलाई सहज वातावरण बनाउन नेकपा एमाले कोशी प्रदेश कमिटीले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । एमाले कोशी प्रदेश इन्चार्ज एवं पूर्व मुख्यमन्त्री शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारीसहितको टोलीले आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार...
एमाले बलियो भएको खण्डमा मुलुकले राजनीतिक निकास पाउँछ : शेरधन राई

एमाले बलियो भएको खण्डमा मुलुकले राजनीतिक निकास पाउँछ : शेरधन राई

विराटनगर । नेकपा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टीलाई बलियो बनाउनुपर्ने बताएका छन् । एमाले विराटनगर महानगर सङ्गठन कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमा उनले यस्तो बताएका हुन् । उनले एमाले बलियो भएको खण्डमा मुलुकले राजनीतिक निकास पाउने धारण व्यक्त गरे । नेता कार्यकर्ताले आफ्नो सकारात्मक उर्जा पार्टीलाई सफल बनाउन खर्च गर्नुपर्ने राईले बताए । एमाले कोशी प्रदेश...
धनकुटाको सहिदभूमिमा पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु

धनकुटाको सहिदभूमिमा पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-४ स्थित हिले–खोकु सडक खण्डमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काका अनुसार स्थानीय टाइजन विश्वकर्माको मृत्यु भएको हो । गएराति खोकुतर्फ जाँदै गरेको को १ ज ३११८ नम्बरको पिकअपले विश्वकर्मालाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट विश्वकर्माको घटनास्थलमै मृत्यु भएको खड्काले जानकारी दिए । पिकअप चालकल...
पाँचथरमा भेटियो दुई महिलाको शव

पाँचथरमा भेटियो दुई महिलाको शव

पाँचथर । पाँचथरमा दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिजो छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटिएको हो । कुम्मायक गाउँपालिका-३ स्याब्रुम्बामा एक जनाको शव भेटिएको पाँचथर प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक बिनालाल साहले संगालोखबरलाई जानकारी दिए । उक्त शवको कम्मरमुनिको माग नभएकाले पहिचान खुल्न बाँकी रहेको साहले बताए । उनले संगालोखबरसँग भने, ‘शवको कम्मरमुनिको भाग छैन । ट...
error: Content is protected !!