धनकुटाको लेगुवामा हायस दुर्घटना

धनकुटाको लेगुवामा हायस दुर्घटना

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवामा हायस दुर्घटना भएको छ । काठमाडौंबाट यात्रु लिएर सङ्खुवासभाको खाँदबारी तर्फ जाँदै गरेको हायस आज दिउँसो दुर्घटनामा परेको हो । हायसमा १८ जना यात्रु थिए । जसमध्ये तीन जना यात्रु सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काले जानकारी दिए । उनीहरूको स्थानीय क्लिनिकमा उपचार भएको र अवस्था सामान्य रहेको खड्काले संगालोखबरल...
धनकुटामा बढ्यो दशैंको चहलपहल (फोटो फिचर)

धनकुटामा बढ्यो दशैंको चहलपहल (फोटो फिचर)

धनकुटा । धनकुटामा दशैंको चहलपहल सुरु भएको छ । घटस्थापनादेखि नै गाउँघरबाट किनमेल गर्न आउने ग्राहकको भीड बढ्दै गएपछि व्यापारी उत्साहित भएका छन् । यस्तै गाउँघरबाट खसीबोका बेच्न आउने व्यापारीहरू पनि बढिरहेका छन् । गत वर्षको तुलनामा यसपटक धनकुटामा दशैंको चहलपहल बढेको स्थानीय विक्रम पौडेलले बताए । केहिदिन अघिको अविरल वर्षाले केही असहज परिस्थिति निम्त्याए पनि विस्तारै जनजीवन सामान्य बन्दै गएको उनको ...
नोबेलमा स्तन क्यान्सरको उपचारमा ७५ प्रतिशतसम्म छुट

नोबेलमा स्तन क्यान्सरको उपचारमा ७५ प्रतिशतसम्म छुट

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले स्तन क्यान्सरको उपचारमा एक महिनाभर ७५ प्रतिशतसम्म छुट दिने भएको छ । स्तन क्यान्सरको सचेतना फैल्याउने उद्देश्यले विश्वभर अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाइँदै आएकाले अक्टोबर अर्थात असोज १५ देखि कात्तिक १५ गतेसम्म नोबेलले छुट दिने भएको हो । विश्वभर स्तन क्यान्सरको तथ्याङ्क भयावह छ । क्यान्सरका कारण मृत्यु हुनेमा स्तन क्यान्सर प...
२०८१ असोज १९ गते शनिबार/आजको राशिफल

२०८१ असोज १९ गते शनिबार/आजको राशिफल

बि.सं.२०८१ असोज १९ गते शनिबार ई.सं.२०२४ अक्टोबर ०५ नेपाल सम्वत् ११४४ कौलाथ्व तृतीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल तृतीया, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, विषकुम्भ योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५ः५८ बजे, सूर्यास्त साँझ ०५ः४५ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै...
सङ्खुवासभाको मायादेवी विद्यालयका विद्यार्थीलाई काठ बोकाएपछि…

सङ्खुवासभाको मायादेवी विद्यालयका विद्यार्थीलाई काठ बोकाएपछि…

धनकुटा । सङ्खुवासभाको मादी नगरपालिका-२ स्थित मायादेवी माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई काठ बोक्न लगाएपछि सबत्र आलोचना भएको छ । पठन-पाठन प्रभावित पारेर विद्यार्थीहरूलाई काठ बोक्न लगाएको भन्दै आलोचना भएको हो । केहिदिन अगाडि विद्यालयले चार कक्षामाथिका विद्यार्थीलाई काठ बोक्न खटाएको थियो । विद्यार्थीहरूले विद्यालयका शिक्षकहरूको आग्रहमा पढाइनै छाडेर काठ बोक्न गएको बताए । पढाइ नै प्रभावित पारेर व...
ताप्लेजुङमा बुबाको हत्या आरोपमा छोरा पक्राउ

ताप्लेजुङमा बुबाको हत्या आरोपमा छोरा पक्राउ

ताप्लेजुङ । ताप्लेजुङबाट बुबाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको मिरिङदेन गाउँपालिका-१ ओख्रेका ३२ वर्षीय सुमन ओख्राबु लिम्बूलाई बुबाको हत्या आरोपमा पक्राउ गरेको हो ।  हिजो बिहान घरायसी विवाद हुँदा सुमनले बाम्फोक प्रहार गरी ५५ वर्षीय बुबा श्यामको हत्या गरेको प्रहरीले जनाएको छ । बाम्फोक प्रहारबाट श्यामको घटनास्थलमै मृत्यु भएको थियो ।  जानकारी पाउनासाथ तत्काल घटन...
काठमाडौंबाट विराटनगर आउँदै गरेको हायस दुर्घटना हुँदा १५ जना घाइते (नामावलीसहित)

काठमाडौंबाट विराटनगर आउँदै गरेको हायस दुर्घटना हुँदा १५ जना घाइते (नामावलीसहित)

विराटनगर । काठमाडौंबाट विराटनगरतर्फ आउँदै गरेको हायस दुर्घटनामा परेको छ । आज बिहान सिन्धुलीको कमलामाई नगरपालिका-८ सिस्नेरीस्थित बीपी राजमार्गमा हायस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीका अनुसार बा ५ ख ६६१८ नम्बरको हायस अनियन्त्रित भएर नालीमा पल्टिएको हो । घाइतेहरूको सिन्धुली अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।...
विराटनगरको आईसीपी क्षेत्रमा प्रदर्शन हुँदा दश राउन्ड अश्रुग्यास प्रहार, चार जना प्रहरी घाइते 

विराटनगरको आईसीपी क्षेत्रमा प्रदर्शन हुँदा दश राउन्ड अश्रुग्यास प्रहार, चार जना प्रहरी घाइते 

विराटनगर । विराटनगर-१८ आईसीपी क्षेत्रमा तनाव सिर्जना भएको छ । हिजो साँझ ट्रकको ठक्करबाट ६० वर्षीय श्याम साहको मृत्यु भएपछि आज स्थानीय विरोध प्रदर्शनमा उत्रिएका हुन् । स्थानीयले सडकमा बत्ति नभएका कारण दुर्घटना भएको र सो क्षेत्रमा तत्कालै बत्ती जडान गर्नुपर्ने मागसहित प्रदर्शन गरिरहेका छन् । स्थानीयले आईसीपी क्षेत्रमा प्रवेश गरेर तोडफोड प्रयास गरेपछि तनाव सिर्जना भएको मोरङ प्रहरीका डीएसपी वेदप्रक...
‘कोही किन बर्बाद होस्’ मा विद्यार्थीहरूको अब्बल अभिनय 

‘कोही किन बर्बाद होस्’ मा विद्यार्थीहरूको अब्बल अभिनय 

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ स्कुलको नेपाली विभागले नाटककार विजय मल्लको मनोवैज्ञानिक नाटक ‘कोही किन बर्बाद होस्’ को मञ्चन गरेको छ । माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूले अभिनय गरेको नाटक सफलतापूर्वक मञ्चन भएको छ । वि.सं. २०१५ मा प्रकाशित उक्त नाटकमा सम्बन्धविच्छेदले सिर्जिएको समस्या, अभिभावकको व्यस्त जीवनशैली, होस्टेल राखे छोराछोरी सुध्रन्छन् भन्ने सोचाइ, शिक्षकको भूमिकालगायतका विषयवस्तुल...
सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज तोलामा चार सय रुपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च भएको हो । नेपाले सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६१ हजार तीन सय रुपैयाँ कायम भएको छ । यसअघि गत असोज ११ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन सुन तोलामा एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । हिजो सुन प्रतितोला एक लाख...
मोरङको केराबारीमा क्रसरको खाल्डोमा भेटियो दाजुभाइको शव

मोरङको केराबारीमा क्रसरको खाल्डोमा भेटियो दाजुभाइको शव

विराटनगर । मोरङको केराबारी गाउँपालिका-८ मा रहेको कृष्ण क्रसर उद्योग नजिकैको खाल्डोमा डुबेको अवस्थामा दाजुभाइको शव भेटिएको छ । स्थानीय तोयानाथ चौलागाईँका छोराहरू ६ वर्षीय रामचरण र १० वर्षीय भूपेनको शव खाल्डोमा भेटिएको हो । मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार उनीहरूको शव पोष्टमार्टमका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । क्रसरको लापरबाहीका कारण घटना घटेको...
विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु 

विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु 

विराटनगर । विराटनगरमा ट्रकले ठक्कर दिदा साइकलयात्रीको मृत्यु भएको छ । विराटनगर-१८ लवाघाटका ६० वर्षीय श्याम साहको मृत्यु भएको हो । हिजो साँझ विराटनगर-१८ आईसीपी छेउ भित्री सडकखण्डमा एउटै दिशातर्फ गइरहेको अवस्थामा ना ४ ख २४८३ नम्बरको ट्रकले साइकललाई ठक्कर दिएको मोरङका ट्राफिक प्रमुख राजन लम्सालले जानकारी दिए । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका साहलाई उपचारका लागि विराट नर्सिङहोम ल्याइएकोमा चिकित...
२०८१ असोज १८ गते शुक्रबार/आजको राशिफल

२०८१ असोज १८ गते शुक्रबार/आजको राशिफल

वि.स. २०८१ असोज १८ गते शुक्रबार ई.स. २०२४ अक्टोबर ०४ नेपाल सम्वत् ११४४ कौलाथ्व द्वितीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल द्वितीया, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, वैधृति योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः५८ बजे, सूर्यास्त साँझ ०५ः४६ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनस...
पहिरोमा ज्यान गुमाएका परिवारलाई निर्माण व्यवसायी सङ्घ धनकुटाको सहयोग 

पहिरोमा ज्यान गुमाएका परिवारलाई निर्माण व्यवसायी सङ्घ धनकुटाको सहयोग 

धनकुटा । निर्माण व्यवसायी सङ्घ धनकुटाले पहिरोमा ज्यान गुमाएका परिवारलाई सहयोग गरेको छ । पाख्रिबास नगरपालिकामा –५ मा पहिरोले ज्यान गुमाएका परिवारलाई सङ्घले आर्थिक सहयोग गरेको हो । गत असोज १२ गते गुराँसे डाडाँमा घर माथिबाट पहिरो झर्दा लक्ष्मीशोभा तामाङ र उनकी छोरी आशा तामाङको मृत्यु भएको थियो । सोही परिवारलाई राहत स्वरुप २० हजार सहयोग गरेको नेपाल निर्माण व्यवसायी सङ्घ धनकुटाका अध्यक्ष प्रकाश थुलु...
साँगुरीगढीमा पहिरो झर्दा धरान-धनकुटा सडकखण्ड अवरुद्ध

साँगुरीगढीमा पहिरो झर्दा धरान-धनकुटा सडकखण्ड अवरुद्ध

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मा पहिरो झर्दा धरान-धनकुटा सडक अवरुद्ध भएको छ । आज दिउँसो झरेको पहिरोका कारण सवारी आवत-जावतमा समस्या भएको छ । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काले संगालोखबरलाई जानकारी दिए । साना सवारी साधन एकतर्फी सञ्चालन भइरहे पनि ठूला सवारी आवत-जावतमा समस्या भएको खड्काले बताए । प्रहरी निरीक्षक खड्काले अबको एक...
सुनसरीबाट लागूऔषधसहित तीन जना पक्राउ

सुनसरीबाट लागूऔषधसहित तीन जना पक्राउ

विराटनगर । सुनसरीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-८ बाट निषेधित औषधीसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त औषधी ओसार पसारमा संलग्न धरान-५ का २२ वर्षीय युवराज लिम्बू र १८ वर्षीय रोहित राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-८ तीनकुनेमा चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो । काँकरभिट्टाबाट ...
अपडेटः मोरङको सुन्दरहरैंचामा बस जुध्दा ३० जना घाइते (नामावलीसहित)

अपडेटः मोरङको सुन्दरहरैंचामा बस जुध्दा ३० जना घाइते (नामावलीसहित)

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-५ दुलारीमा आज बिहान दुई वटा बस जुध्दा ३० जना घाइते भएका छन् । पूर्वपश्चिम लोकमार्गमा गछियाबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७२१६ नम्बर र विपरित दिशाबाट आउँदै गरेको मे १ ख २६२८ नम्बरको बस बिहान १०ः२० बजे ठोक्किएका हुन् । दुर्घटनामा परी घाइते भएकाहरूको विराटनगरस्थित नोबेल अस्पताल, न्यूरो अस्पताल तथा सामुदायिक अस्पताल इटहरीमा उपचार भइरहेको मोरङका ट्राफिक प्र...
हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

झापा । झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हल्दीबारी गाउँपालिका-३ स्थित रणकाली सामुदायिक वनमा हात्तीको आक्रमणबाट ६५ वर्षीय वाङ्दी गुरुङको मृत्यु भएको हो । आज बिहान ९ बजेतिर जङ्गलमा घाँस काटेर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुरुङलाई समूहमा भेला भएका जङ्गली हात्तीले लखेटेका थिए । कानुनी प्रक्रिया पूरा गरेर प्रहरीले शव परिवारको जिम्मा ल...
धनकुटाको निशान भगवती मन्दिरमा राखियो जमरा 

धनकुटाको निशान भगवती मन्दिरमा राखियो जमरा 

धनकुटा । धनकुटाको निशान भगवती मन्दिरमा जमरा राखिएको छ । मन्दिरको दशैं घरमा उत्तम साइत पारेर आज बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिएको हो । धनकुटा नगरपालिका-६ स्थित बीच बजारमा रहेको यस मन्दिरमा वि.स. १८३१ सालदेखि निरन्तर जमरा राखिदै आएको छ । मन्दिरमा नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमदभागवत् र अन्य देवी स्तोत्रको पाठपारायण समेत गरिन्छ । मन्दिरमा नवरात्रको पहिलो दिनदेखी नवौदिनसम्म विभिन्न देवी...
सुन्दरहरैँचा बस दुर्घटना अपडेट : १६ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइयो

सुन्दरहरैँचा बस दुर्घटना अपडेट : १६ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइयो

विराटनगर । मोरङको सुन्दरहरैँचास्थित दुलारीमा भएको बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । केहीबेर अघि मे १ ख २६२८ नम्बर र को १ ख ७२१६ नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक सरोज पौडेलका अनुसार घटनाको थप विवरण आउन बाँकी छ । अहिले दुर्घटनाग्रस्त गाडीलाई पन्छाएर राजमार्ग सुचारु भइसकेको...
सुनसरीको बुढीखोलामा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

सुनसरीको बुढीखोलामा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

सुनसरी । सुनसरीको बुढीखोलामा पानीको सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त क्षेत्रमा अझै पानीको सतह बढ्ने सम्भावना छ । उक्त क्षेत्रमा पानीको जलसतह सतर्कता तह नजिक रहेको विभागले जनाएको छ । विभागले उक्त क्षेत्रका नदी तटीय क्षेत्र र डुबान हुने होचो भू-भागका स्थानीयलाई दिउँसो सम्म सतर्कता अपनाउन आग्रह गरेको छ । कोसी प्रदेशसँगै देशका विभिन्न स्थानमा आज बिहानै देखि पानी परिरहेको छ ।
मोरङको सुन्दरहरैँचामा बस दुर्घटना

मोरङको सुन्दरहरैँचामा बस दुर्घटना

विराटनगर । मोरङको सुन्दरहरैंचास्थित दुलारीमा दुई वटा बस जुधेका छन् । पूर्वपश्चिम लोकमार्गमा गछियाबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७२१६ नम्बर र विपरित दिशाबाट आउँदै गरेको मे १ ख २६२८ नम्बरको बस जुधेका हुन् । घाइतेहरूलाई उद्धारको काम भइरहेको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ । सुन्दरहरैँचा बस दुर्घटना अपडेट : १६ जना ...
आकाशमा आधा घण्टा घुमेर विराटनगर एयरपोर्टमा अवतरण भयो श्री एयरको जहाज 

आकाशमा आधा घण्टा घुमेर विराटनगर एयरपोर्टमा अवतरण भयो श्री एयरको जहाज 

विराटनगर । वर्षाका कारण अवतरण हुन नसकेपछि श्री एयरलाइन्सको विमान आधा घण्टा होल्ड भएको छ । काठमाडौंबाट विराटनगर आएको जहाज आधा घण्टा आकाशमा होल्ड भएपछि सुरक्षित अवतरण भएको हो । विराटनगर विमानस्थलका अनुसार जहाजले आकाशमा ६ फन्को लगाएको थियो । विराटनगर विमानस्थलका प्रमुख सुभास झाका अनुसार वर्षा र हावाका कारण बन्द भएको विमानस्थल करिब बिहान साढे ८ बजेपछि खुलेको थियो ।
शनिबारसम्म यस्तो रहनेछ मौसम

शनिबारसम्म यस्तो रहनेछ मौसम

विराटनगर । आज दिउँसो कोसीसहित मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । बाँकी स्थानको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोसी प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ । आज राति पनि यी स्थानमा मेघगर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ । भोली दिउँसो कोसी र मधेश प्रदेशलगायत देशका पह...
कोसीसहित देशका विभिन्न स्थानमा वर्षा,  एकदुई ठाउँमा भारी वर्षाको सम्भावना 

कोसीसहित देशका विभिन्न स्थानमा वर्षा, एकदुई ठाउँमा भारी वर्षाको सम्भावना 

विराटनगर । कोसीसहित मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ । केही स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको र बाँकी स्थानमा सामान्यतया बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा इलामको कन्याममा ६९ मिलिमिटर वर्षा मापन हुँदा पाँचथरको फिदिममा ५१ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै झापाको गौरादहमा ५० मिलिमिटर, मोरङको बाहुनीमा ६०.४ मिलिमिटर, मोरङको सुन्द...
सुरु भयो दशैं, आज घटस्थापना

सुरु भयो दशैं, आज घटस्थापना

विराटनगर । नेपालीहरूको महान चाड बडादशैं आजबाट सुरु भएको छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १० दिन धुमधामका साथ मनाइने दशैंको पहिलो दिन आज घटस्थापना हो । घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिदैछ । बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको शुभसाइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पुजा कोठा अथवा दशैं घरमा चोखो स्थानबाट बालुवा वा माटो ल्याई...
२०८१ असोज १७ गते बिहीबार/आजको राशिफल

२०८१ असोज १७ गते बिहीबार/आजको राशिफल

बि.सं.२०८१ असोज १७ गते बिहीबार ई.सं.२०२४ अक्टोबर ०३ नेपाल सम्वत् ११४४ कौलाथ्व पारु, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज शुक्ल प्रतिपदा, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, एन्द्र योग, किंस्तुघ्न करण । आज नेपालमा सूर्योदय बिहान ०५ः५७ बजे, सूर्यास्त साँझ ०५ः४७ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै ...
धनकुटामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिने

धनकुटामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिने

धनकुटा  । धनकुटामा चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरिने भएको छ । आज जिल्ला प्रशासन कार्यालय धनकुटामा बसेको सुरक्षा निकाय र सरोकारवालाबीचको बैठकले यस्तो निर्णय गरेको हो । चाडवाडको बेलामा उपभोक्ता तथा यात्रुहरूलाई समस्या नपरोस् भन्ने उद्देश्यले साथै कुनै अप्रिय घटना हुन नदिन सादा पोसाकमा प्रहरी परिचालन गरिने बताइएको छ ।सवारी साधनमा विशेष चेकजाँच गरिने धनकुटाका प्रमुख जिल्ला अधिका...
एमाले विराटनगर कमिटीले रक्तदाता सञ्जाल निर्माण गर्ने 

एमाले विराटनगर कमिटीले रक्तदाता सञ्जाल निर्माण गर्ने 

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले रक्तदाता सञ्जाल निर्माण गर्ने भएको छ । आज बसेको महानगर कमिटीको बैठकले रगत अभावमा बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले सञ्जाल निर्माण गर्ने निर्णय गरेको हो । महानगर भित्रका पार्टी सदस्यहरूलाई समेट्दै रक्तदाता सञ्जालको निर्माण गर्ने निर्णय भएको महानगरका सचिव बलराम गिरीले जानकारी दिए । महानगर र मातहतका कमिटीले प्रत्येक बैठक तथा कार्यक्...
टी-२० विश्व वरीयताको अलराउन्डरतर्फ दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा 

टी-२० विश्व वरीयताको अलराउन्डरतर्फ दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा 

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी-२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ दोस्रो स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा उनले चार स्थान सुधार गर्दै दोस्रो स्थान ओगट्न सफल भएका हुन् ।यसअघि छैठौँ स्थानमा रहेका उनी अहिलेसम्मकै उत्कृष्ट वरीयातामा पुग्न सफल भएका हुन् । टी-२० अलराउन्डर वरीयतामा...
समोसामा कीरा भेटिएपछि…

समोसामा कीरा भेटिएपछि…

सिरहा । सिरहाको एक होटलमा समोसामा कीरा भेटिएपछि जरिवाना गरिएको छ । लहान स्थित माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले २० हजार जरिवाना गरेको हो । लहान नगरपालिकाका उपमेयर राम चलितर महतोको नेतृत्वमा भएको बजार अनुगमनका क्रममा उक्त होटलमा समोसामा कीरा भेटिएको छ । सोही क्रममा अनुगमन टोलीले कृष्णा सप्लायर्समा म्याद गुज्रिएको पेयपदार्थ फेला परेको थियो । उक्त पेय पदार्थ नष्ट गरिएको छ । सोही...
error: Content is protected !!