झापामा श्रीमतीको हत्या गरी युवक फरार
झापा । झापा जिल्लाको झापा गाउँपालिकामा एकजना युवकले श्रीमतीको हत्या गरेका छन् । झापा गाउँपालिका–३ का ३४ वर्षीय सतिसकुमार गणेशले २५ वर्षीया श्रीमती अनिशाकुमारीको हत्या गरेको प्रहरीले जनाएको छ ।
आज दिउँसो उनीहरुका दुईजना छोरी विद्यालयबाट घर फर्किएपछि कोठामा आमा रक्ताम्य अवस्थामा खाटमा लडिरहेको देखेर छिमेकीलाई बोलाएका थिए । छिमेकीले सूचना दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
अनिशा सतिसलाई छा...






























