मोरङका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
विराटनगर । मोरङका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शनिबार दिउँसो विराटनगर-१० सोमबारे चोकमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा स्कुटर चालक मोरङको जहदा गाउँपालिकाकी अन्दाजी ४० वर्षीया फुदो राजवंशीको मृत्यु भएको हो । रानीतर्फ जाँदै गरेको प्रदेश १-०२-०४८ प ७०७० नम्बरको मोटरसाइकलले पूर्वतर्फ बाटो क्रस गर्दै गरेको प्रदेश १-०२-०४६ प २३१३ नम्बरको स्क...