पद त्यागेर ‘माननीय’ बन्न हिँडेका कोशीका जनप्रतिनिधि निर्वाचनमा पछारिए, हर्क मात्रै सफल
विराटनगर । स्थानीय सरकार र प्रदेश सभाको ५ वर्षे कार्यकाल बीचमै छोडेर संघीय सांसद बन्ने आकांक्षा राखेका कोशी प्रदेशका अधिकांश जनप्रतिनिधिहरू प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् ।
धरान उपमहानगरपालिकाको प्रमुखबाट राजिनामा दिएका हर्कराज राई (साम्पाङ) बाहेक अन्य सबै निवर्तमान जनप्रतिनिधिहरूले लज्जास्पद हार ब्यहोर्नु परेको हो ।
सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका हर्कले ३५ हजार ७४१ मत प्...



























