जेनजीहरूमाथि गोली प्रहार भएको विषयमा गम्भीर छानबिन हुनुपर्छ : शेरधन राई
सुनसरी । नेकपा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले जेनजीहरूमाथि गोली प्रहार भएको विषयमा गम्भीर छानबिन हुनुपर्ने बताएका छन् । आज एमाले सुनसरीले इनरुवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य समेत रहेका राईले यस्तो बताएका हुन् ।
यस्तै उनले जेनजी पुस्ताको शक्तिलाई दुरुपयोग गरेर भदौ २४ गते देशमाथि आक्रमण भएको उल्लेख गरे । ‘विद्यालयका साना-साना विद्यार्थीहरू...






























