धनकुटाको हिलेमा वाहिनीपति ट्रफी प्रतियोगिता सुरु
धनकुटा । धनकुटाको हिलेस्थित २ नम्बर वाहिनी अड्डामा वाहिनीपति ट्रफी सुरु भएको छ । २ नम्बर वाहिनी अड्डाको आयोजनामा महेन्द्र सैनिक शिविरको खेल मैदानमा बुधबारबाट वाहिनीपति ट्रफी सुरु भएको हो ।
वाहिनीपति ट्रफी प्रतियोगिताको उद्घाटन २ नम्बर वाहिनी अड्डाका वाहिनीपति सहायक रथी दिवाकर विक्रम राणाले गरे । उद्घाटन समारोहमा बोल्दै वाहिनीपति राणाले सकलदर्जाको सामूहिक भावना, एस्प्रिट डी कोरको विकास, पृतनाप...































