विराटनगरले जित्यो इक्वालिटी कप क्रिकेटको उपाधि
विराटनगर । ५ औँ इक्वालिटी कप क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर हबले जितेको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा भएको प्रतियोगितामा विराटनगर हबले राजविराज हबलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो ।
टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा १८ दशमलव ५ बलको क्षतिमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको थियो । विराटनगरकी टिका साहले ३० रन बनाउँदा सुभेक्षा लिम्बुले १७ रन बनाइन् । राजविराज...






























