सामुदायिक वन दिवसको अवसरमा धनकुटामा वृक्षरोपण
धनकुटा । २५औं सामुदायिक वन दिवस धनकुटामा वृक्षरोपण गरी मनाइएको छ । आज आयोजित कार्यक्रममा विभिन्न सामुदायिक वन र वनसँग आवद्ध संघ संस्थाका प्रतिनिधिले वृक्षरोपण गरेका थिए । धनकुटा नगरपालिका–३, कागतेमा रहेको सिलढुंगा सामुदायिक वनमा वृक्षरोपण गरिएको थियो । यसै अवसरमा छथरजोरपाटी गाउँपालिका–१ र २ नम्बर वडाको सिमानामा पर्ने सिंहदेवी तारेभीर सामुदायिक वनमा पनि विभिन्न जातका बिरुवा तथा फलफूलका बिरुवा रोप...




























