धनकुटा बजारमा कुकुरले डुलाउँदै गर्दा भेटियो मान्छेको मृत भ्रूण

धनकुटा बजारमा कुकुरले डुलाउँदै गर्दा भेटियो मान्छेको मृत भ्रूण

धनकुटा । धनकुटा नगरपालिका-७ यलम्बर चोकमा आज मान्छेको मृत भ्रूण फेला परेको छ । यलम्बर चोकस्थित सडकमा करिब तीन महिनाको गर्भावस्थाको बच्चा मृत अवस्थामा फेला परेको हो । आज बिहान करिब ९ बजे कुकुरले डुलाउँदै गरेको अवस्थामा मृत भ्रुण फेला परेको धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए । ‘हामीले कानुनी प्रकृया अनुसार भ्रूणलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगेका छौँ,’ प्रहरी निरीक्षक खड्क...
विद्यालयलाई सफाइ सामग्री सहयोग 

विद्यालयलाई सफाइ सामग्री सहयोग 

विराटनगर । मोरङको रंगेली नगरपालिका-१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडालाई सरसफाइका लागि आवश्यक सामग्री प्रदान गरिएको छ । रंगेली नगरपालिका-२ स्थित लुथरन सामुदायिक कल्याणकारी समितिले १० हजार बराबरको ११ प्रकारका सामग्रीहरू प्रदान गरेको हो । डस्टबिन, हरपिक, फिनेल, साबुनलगायतका सामग्री विद्यालयलाई दिइएको समितिले जनाएको छ । विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानियाँ तथा विद्यार्थीहरूले आगामी...
घरमा छापा हानेर प्रहरीले बरामद गर्‍यो भन्सार छलीको कपडा

घरमा छापा हानेर प्रहरीले बरामद गर्‍यो भन्सार छलीको कपडा

विराटनगर । विराटनगर-१५ स्थित एक घरबाट प्रहरीले भन्सार छलीको कपडा बरामद गरेको छ । आज बिहान मसुदन खातुनको घरबाट प्रहरीले जोगबनीबाट भन्सार छलेर ल्याएको कपडा बरामद गरेको हो । भन्सार छलेर ल्याएको कपडा लुकाएर राखिएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खातुनलाई समेत नियन्त्रणमा लिएको छ । घरभित्रबाट प्लाष्टिकको बोरामा प्याक गरेर राखिएको अवस्थामा तीन हजार छ सय ६० ज...
कोशीमा स्वास्थ्य मन्त्रालयले खरिद गरेका उपकरण बिग्रिए

कोशीमा स्वास्थ्य मन्त्रालयले खरिद गरेका उपकरण बिग्रिए

विराटनगर । कोशी प्रदेशमा स्वास्थ्य मन्त्रालयले खरिद गरेका उपकरण बिग्रिएका पाइएको छ । भौतिक पूर्वाधारसँगै स्वास्थ्य मन्त्रालयको समेत जिम्बेवार सम्हालिरहेका मन्त्री भूपेन्द्र राईले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै विभिन्न उपकरण बिग्रिएका पाइएको जानकारी गराएका हुन् । जिल्ला अस्पताल झापा, उदयपुर, सोलुखुम्बु, खोटाङ, तेह्रथुम, संखुवासभा, ओखलढुङ्गा, पाँचथर र मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेक...
संखुवासभामा सुतेकै अवस्थामा मजदुर मृत भेटिए 

संखुवासभामा सुतेकै अवस्थामा मजदुर मृत भेटिए 

संखुवासभा । संखुवासभामा एक जना मृत भेटिएका छन् । खाँदबारी नगरपालिका-१ स्थित होटलमा सुतेको अवस्थामा सल्यान घर भएका अन्दाजी ३४ वर्षीय एकराज चलाउने मृत भेटिएका हुन् । संखुवासभा प्रहरीका प्रवक्ता इन्स्पेक्टर रामकुमार लामिछानेका अनुसार चलाउने हिजो मात्रै खाँदबारी आइपुगेका थिए । उनले संगालोखबरसँग भने, ‘उहाँ सडकमा काम गर्ने मजदुर हुनु हुँदो रहेछ । हिजो मात्रै समूहमा आएर होटलमा बास बस्नुभएको रहेछ । बि...
खनारमा मोटरसाइकल र स्कुटर जुध्दा ससुराको मृत्यु, बुहारीसहित तीन घाइते

खनारमा मोटरसाइकल र स्कुटर जुध्दा ससुराको मृत्यु, बुहारीसहित तीन घाइते

सुनसरी । इटहरी उपमहानगरपालिका-१३ खनारमा मोटरसाइकल र स्कुटर ठोक्किँदा ससुराको मृत्यु भएको छ । बुहारीसहित तीन जना घाइते भएका छन् । खनारस्थित कालीमन्दिर अगाडि उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०२-०५६ प ७५५६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएर बाटो क्रस गर्दै गरेको मे ४ प ८९१ नम्बरको स्कुटर आपसमा ठोक्किएका हुन् । दुर्घटनामा परी स्कुटर चालक स्थानीय ५४ वर्षीय गोपाल रिजालको मृत्यु भएको छ । ...
धनकुटाको जितपुरमा अनुगमनका क्रममा भेटिए म्याद गुज्रिएका पेय पदार्थ

धनकुटाको जितपुरमा अनुगमनका क्रममा भेटिए म्याद गुज्रिएका पेय पदार्थ

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुरमा बजार अनुगमन गरिएको छ । आज बजार क्षेत्रका किराना तथा खुद्रा पसलको अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र सुरक्षाकर्मीको संयुक्त टोलीले अनुगमनका क्रममा विभिन्न कैफियत भेटाएको छ । किराना तथा खुद्रा पसलबाट म्याद गुज्रेका अखाद्य बस्तु जफत गरिएको धनकुटाका सहायक प्र...
धनपालथानमा विद्यार्थीहरूद्वारा कार्बन उत्सर्जन घटाउने विधि प्रदर्शन

धनपालथानमा विद्यार्थीहरूद्वारा कार्बन उत्सर्जन घटाउने विधि प्रदर्शन

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको कदमाहस्थित जीवन विकास पब्लिक स्कुलमा कार्बन उत्सर्जन कम गर्ने विधिसहितको परियोजना प्रदर्शन गरिएको छ । स्कुलको थ्री जिरो क्लब र विद्यार्थीहरूले प्रदर्शनी गरेका हुन् । प्रदर्शनी हेर्न देशका विभिन्न स्थानबाट लघुवित्त वित्तीय संस्था, सहकारी संस्था र गैरसरकारी संस्थाका पदाधिकारीहरू उपस्थित थिए । जलवायु परिवर्तनको समस्या बढिरहेका बेला कार्बन उत्सर्जन कम गर्ने अ...
लागूऔषधसहित चार जना पक्राउ

लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । कोशी प्रदेशका तीन जिल्लाबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ बाट शिवसताक्षी नगरपालिका-८ का २१ वर्षीय संजय राईलाई पक्राउ गरेको छ । उनको साथबाट तीन ग्राम दुई सय ८० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी का...
आचारसंहिता विपरितका प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयको आग्रह

आचारसंहिता विपरितका प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयको आग्रह

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि सडकमा राखिएका भड्किला प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयले आग्रह गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ग्रामथानमा आचारसंहिताबारे आयोजना गरेको सर्वदलीय बैठकमा यस्तो आग्रह गरेको हो । मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले आचारसंहिता विपरितका ब्यानरहरू हटाउन आग्रह गरे । उनले निर्वाचनलाई स्वच्छ र मर्याद...
उर्लाबारीमा आठपहरिया समुदायले मनाए वाडाङमेट 

उर्लाबारीमा आठपहरिया समुदायले मनाए वाडाङमेट 

उर्लाबारी । मोरङको उर्लाबारी-९ मा रहेका अल्पसङ्ख्यक आठपहरिया समुदायले वाडाङमेट अर्थात् मंसिरे चाड मनाएका छन् । किरात आठपहरिया समाज मोरङ जिल्ला कार्यसमितिको आयोजनामा आफ्नो मुख्य पर्व वाडाङमेट मनाएका हुन् । हरेक वर्ष कार्तिक पूर्णिमादेखि १५ दिनसम्म यो पर्व मनाउने गरिन्छ । यस अवधिमा उनीहरू जन्म र मृत्युपछिको विभिन्न संस्कार सम्पन्न गर्छन् । उनीहरू वर्षभर मृत्यु भएका आफन्तको सम्झनामा सुनसरीको बराहक...
मोरङबाट २२ जना फरार प्रतिवादी पक्राउ

मोरङबाट २२ जना फरार प्रतिवादी पक्राउ

विराटनगर । मोरङका विभिन्न स्थानबाट २२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । विभिन्न मुद्दामा फरार रहेका उनीहरूलाई पक्राउ गरेर जिल्ला अदालत मोरङमा दाखिला गराएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विराटनगर किङ्ग्सले एनपीएल जितेमा ३० लाख पुरस्कार दिने मुख्यमन्त्री कार्कीको घोषणा

विराटनगर किङ्ग्सले एनपीएल जितेमा ३० लाख पुरस्कार दिने मुख्यमन्त्री कार्कीको घोषणा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेमा ३० लाख पुरस्कार दिने घोषणा गरेका छन् । खेलाडीलाई बिदाइ गर्दै कार्कीले विजेता बनेको खण्डमा कोशी सरकारले ३० लाख दिने घोषणा गरेका हुन् । मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताए । उनले   क्रिकेटबाट राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय ...
मोटरसाइकल दुर्घटनामा घाइते पाख्रीबासका कटुवालको उपचारका क्रममा मृत्यु

मोटरसाइकल दुर्घटनामा घाइते पाख्रीबासका कटुवालको उपचारका क्रममा मृत्यु

धनकुटा । मोटरसाइकल दुर्घटनामा घाइते भएका धनकुटाको पाख्रीबास नगरपालिका–३ का रिजन कटुवालको मृत्यु भएको छ । विराट टिचिङ अस्पताल विराटनगरमा उपचारका क्रममा १८ वर्षीय कटुवालको आज मृत्यु भएको हो । मंसिर १० गते पाख्रीबास नगरपालिका–९ उत्तरपानीस्थित हिले–छिन्ताङ सडक खण्डमा को ३० प ८८७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कटुवाल घाइते भएका थिए । गम्भीर घाइते उनलाई उपचारका लागि विराटनगर पुर्याइएको थियो । उपचा...
किवीले मूल्य नपाउँदा धनकुटाको महालक्ष्मीका कृषक निराश

किवीले मूल्य नपाउँदा धनकुटाको महालक्ष्मीका कृषक निराश

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा पछिल्लो समय व्यवसायिक किवी खेती हुँदै आएको छ । सुरुवाती चरणमा थोरै क्षेत्रफलबाट सुरु गरिएको खेती उत्पादन राम्रो हुन थालेसँगै विस्तार गरिएको थियो । हाल महालक्ष्मी-२ का करिब ५० घरपरिवारले व्यवसायिक किवी खेती गर्दै आएका छन् । तर उत्पादन अनुसार बजार भाउ नपाउँदा कृषक निराश भएका छन् । दोलखा र इलामबाट बिरुवा ल्याएर खेती सुरु गरेका कृषकले सुरुवाती चरणमा प्रति...
पथरीको पञ्चायत माविमा नगरस्तरीय उत्प्रेरणा कार्यक्रम हुने

पथरीको पञ्चायत माविमा नगरस्तरीय उत्प्रेरणा कार्यक्रम हुने

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका-१ स्थित पञ्चायत माध्यमिक विद्यालयमा तीन दिने पि.टि. (फिजिकल ट्रेनिङ) प्रशिक्षण कार्यक्रम हुने भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भोलिबाट प्रशिक्षण कार्यक्रम हुन लागेको हो । नगरभित्रका २८ वटा सामुदायिक विद्यालय, विद्यालय व्यवस्थापन समिति, प्रशासन, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकलाई एक ठाउँ राखेर कार्यक्रम गर्ने जनाइएको छ । क...
झापामा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापामा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा । झापामा बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान शिवसताक्षी नगरपालिका-१ स्थित कमल पुलमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिएको थियो । बोलेरोको ठक्करबाट मोटरसाइकल चालक शिवसताक्षी-८ का ३५ वर्षीय ललितबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका थापाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ ज...
उपनिर्वाचन : ग्रामथानको लागि आवश्यक निर्वाचन सामग्री आइपुग्यो

उपनिर्वाचन : ग्रामथानको लागि आवश्यक निर्वाचन सामग्री आइपुग्यो

विराटनगर । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन सामग्री विराटनगर आइपुगेको छ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि सामाग्री प्रदेश निर्वाचन कार्यालय विराटनगरमा आइपुगेको हो । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार बिहिबार मतपत्र र मतपेटिकालगायतका आवश्यक सामग्री मतदान केन्द्रमा लगिने छ । उपनिर्वाचनका लागि ग्रामथानमा २६ हजार ४४ ...
सामाजिक सुरक्षा कोषले विराट मेडिकल कलेजलाई गर्यो सम्मान

सामाजिक सुरक्षा कोषले विराट मेडिकल कलेजलाई गर्यो सम्मान

विराटनगर । सातौं सामाजिक सुरक्षा दिवसको अवसर पारेर सामाजिक सुरक्षा कोषले आज मोरङको बुढिगंगास्थित विराट मेडिकल कलेज शिक्षण अस्पताललाई सम्मान गरेको छ । स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमध्ये आर्थिक बर्ष २०८०/०८१ मा कोशी प्रदेशबाट सबैभन्दा धेरै बिरामीलाई सामाजिक सुरक्षा कोष अन्तर्गत स्वास्थ्य सेवा उपलब्ध गराएबापत कोषले विराटलाई सम्मान गरेको हो । दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्...
ग्रामथानको अध्यक्षमा कसले मार्ला बाजी ? तीन दलका उम्मेदवारको यस्तो छ दाबी

ग्रामथानको अध्यक्षमा कसले मार्ला बाजी ? तीन दलका उम्मेदवारको यस्तो छ दाबी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । चोकदेखि गल्लीसम्म, घरदेखि खेतीसम्म उम्मेदवार, नेता, कार्यकर्ता र समर्थकको लर्को देखिन्छ । बिहानदेखि बेलुकासम्मै दुई हात जोड्दै, पर्चापम्पलेट बाँड्दै, दलगत चुनावी गीत घन्काउँदै घरदैलो अभियान चलिरहेको छ । काँग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएपछि देशका विभिन्न स्थानसँगै ग्रामथानमा पनि मंसि...
कोशीका तीन जिल्लाबाट लागूऔषधसहित आठ जना पक्राउ

कोशीका तीन जिल्लाबाट लागूऔषधसहित आठ जना पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरीबाट लागूऔषधसहित आठ जना पक्राउ परेका छन् । हिजो विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट बाह्रघरेबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-७ का ३८ वर्षीय सन्देश बस्नेतलाई घरबाट नै पक्राउ गरेको छ । ट्रामाडोल चार हजार नौ सय ३० क्याप्सुल, स्पास्पेन पाँच हजार २६ क्याप्सुल र डिक...
सुनसरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

सुनसरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-१ लौकही बजारबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । भारत बिहारका ३१ वर्षीय रामनाथ राय र मोरङको सुन्दरहरैँचा नगरपालिकाका २० वर्षीय  सन्देश उराव पक्राउ परेका हुन् । उनीहरूको साथबाट एक हजार दरको चार थान नक्कली नोट फेला पारिएको प्रहरीले जनाएको छ । १० मंसिरको राति आठ बजेतिर लौकही बजारमा रहेको मनिष किराना पसलमा उनीहरूले सामान किनेका थिए । सो क्रममा उनीहरूले प...
इटहरीबाट ३०९ किलो गाँजा बोकेको स्कारपियो प्रहरी नियन्त्रणमा

इटहरीबाट ३०९ किलो गाँजा बोकेको स्कारपियो प्रहरी नियन्त्रणमा

सुनसरी । इटहरी उपमहानगरपालिका-२० पानीपिया जङ्गल स्थित कोशी लोकमार्गबाट गाँजा बोकेको स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो राति ७ बजेतिर विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तीन सय नौ किलो गाँजासहित स्कारपियो गाडी नियन्त्रणमा लिएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र इटहरीबाट परिचालन भएको प्रहरी टोलीले सडकमा रोकी राखेको को १ च ७६८९ नम्बरको स्कारपि...
काँकडभिट्टा नाकाबाट कृषिजन्य बस्तुको निर्यात बढ्यो

काँकडभिट्टा नाकाबाट कृषिजन्य बस्तुको निर्यात बढ्यो

झापा । काँकडभिट्टा नाकाबाट कृषिजन्य बस्तुको निर्यात बढेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा आयात भन्दा निर्यात बढेको हो । उक्त अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको भने ७९ करोड ६३ लाख १० हजारको कृषि बाली आयात भएको छ । चार अर्ब ४८ लाखको चिया, एक अर्ब ५५ करोडको अलैँची, एक अर्ब पाँच करोडको प्लाई तथा भेनियर, ३३ करोड ९६ लाखको अम्लिसो, २० करोड ५५ लाखको अदुवा भा...
पथरीशनिश्चरेमा भारतीय ट्रकको ठक्करबाट धरानका राईको मृत्यु

पथरीशनिश्चरेमा भारतीय ट्रकको ठक्करबाट धरानका राईको मृत्यु

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा आज साँझ भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको एनएल ०१ एडी ५५११ नम्बरको भारतीय गाडीले प्रदेश १–००२–०४० प ६०२५ नम्बरको मोटरसाइकललाई साँझ करिब ७ बजे ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल चालक धरान उपमहानगरपालिका–११ का टार्जन राईको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ । घटनापछि...
धनकुटामा मोटरसाइकलले मान्छे र कारलाई ठक्कर दियो, चालकको झोला हेर्दा लागुऔषध भेटियो

धनकुटामा मोटरसाइकलले मान्छे र कारलाई ठक्कर दियो, चालकको झोला हेर्दा लागुऔषध भेटियो

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीमा आज साँझ मोटरसाइकलले पैदलयात्री र कारलाई ठक्कर दिएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मोरङबाट धनकुटा आउदै गरेको प्रदेश नं १–०२–०५४ प.६८९७ नम्बरको मोटरसाइकलले साँझ करिब ५ बजे पैदलयात्री सहिदभूमि–१ का ४८ वर्षीय भक्तबहादुर राईलाई ठक्कर दिएको हो । ठक्करबाट राईको दुवै हात र खुट्टामा चोट लागेको छ । स्थानीय क्लिनिकमा उनको उपचार भइरहेको छ । पैदलयात...
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने

विराटनगर । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ । मानव ओसारपसारमा अधिकारीको संलग्नता नदेखिएको ठहर गर्दै जिल्ला न्यायाधिवक्ताको कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको हो । जापान भ्रमण प्रकरणका कारण मन्त्री पदबाट राजिनामा दिएका अधिकारी पार्टीको जिम्बेवारीबाट पनि पदमुक्त भएका थिए । अन्य ११ जनाविरूद...
तमोर नदी किनारमा एक जना मृत भेटिए

तमोर नदी किनारमा एक जना मृत भेटिए

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ याक्चना घाटस्थित तमोर नदी किनारमा आज एक जनाको शव फेला परेको छ । दिउँसो ३ः३० बजे करिब ४५ वर्षीय पुरुषको शव फेला परेको हो । मृतकको पहिचान खुलेको छैन । नदी किनारमा घोप्टो परिरहेको अवस्थामा मानिस फेला परेको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट फलामेटारबाट प्रहरी टोली घटनास्थल गएको थियो । जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी टोली गएर शवलाई पोष्टमार्टमका लागि...
उखु कृषकलाई आवश्यक सहयोग गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता

उखु कृषकलाई आवश्यक सहयोग गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा उखु उत्पादन वृद्धि एवं प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्ने बताएका छन् । नेपाल फार्मस एडभाइजरी काउन्सिल प्रालि सिनामङ्गल काठमाडौंद्वारा आज  विराटनगरमा आयोजित उखु खेती प्रवर्द्धनका लागि कृषकहरूको सीपमुलक तथा आय अभिवृद्धि अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उखुको उत्पादनमा वृद्धि, बजारीकरण र मूल्यका ...
विराटनगरमा लैङ्गिक हिंसा विरुद्धको अभियानमा वृहत र्‍याली 

विराटनगरमा लैङ्गिक हिंसा विरुद्धको अभियानमा वृहत र्‍याली 

विराटनगर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले वृहत र्‍याली निकालेको छ । ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ आजबाट सुरु भएको अभियानको पहिलो दिन वृहत सचेतनामूलक  र्‍याली निकालिएको हो । रेडक्रस चोकबाट सुरु भएको र्‍याली जिल्ला प्रशासन चोक, सहिद रङ्गशाला, अस्पताल चोक, ठाकुरबाडी रोड, बुधहाट चोक, ट्राफिक चोक हुँदै ह...
विराटनगरमा भाडाको घरबाट तस्करीको कपडा बरामद

विराटनगरमा भाडाको घरबाट तस्करीको कपडा बरामद

विराटनगर । विराटनगरबाट १० लाख मूल्य बराबरको तस्करीको कपडा बरामद भएको छ । भाडाको घरमा गोदाम बनाएर अवैध रूपमा भन्सार छलेर ल्याइएको कपडा प्रहरीले बरामद गरेको हो । विराटनगर-२ कमल पोखरी टोलमा बद्री ढकालको घरमा कोठा भाडा लिएर विराटनगर-१५ का आनन्द कुमार साहले तस्करीको कपडा राखेको गोप्य सूचना प्रहरीले पाएको थियो । सोही आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले छापा हानेको थियो । कोठाम...
error: Content is protected !!