प्याब्सन मोरङको अध्यक्षमा बस्नेत निर्वाचित
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन ) मोरङको अध्यक्षमा जगतबहादुर बस्नेत निर्वाचित भएका छन् । विराटनगरमा शनिवार बिहान सम्पन्न प्याब्सनको १६ औं जिल्ला अधिवेशनबाट बेलबारीका बस्नेत ११० मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी उर्लावारीका सुरेन्द्र सुवेदी १७ मतान्तरले पराजित भएका छन् । सुवेदीले ९३ मत ल्याएका छन् । बरिष्ठ उपाध्यक्षमा १०६ मतसहित मोहन बु...





























