झापामा चार वर्षीया नाबालिकाको खोलामा डुबेर मृत्यु
विराटनगर । झापामा खोलामा डुबेर एक नाबालिकाको मृत्यु भएको छ । झापा गाउँपालिका-३ झाँसीमा आज बिहान खोलामा डुबेको अवस्थामा नाबालिका मृत फेला परेकी हुन् ।
मानबहादुर दर्जीकी ४ वर्षीया छोरी विष्णुमाया आइतबार दिउँसोबाट हराएको जानकारी प्रहरीलाई प्राप्त भएको थियो । खोजी गर्ने क्रममा आज बिहान करिब ७ बजेतिर शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको घरनजिकै रहेको माई खोलामा डुबेर मृत्यु भएको...






























