धनकुटाबाट ट्रकमा लोड हुँदै गरेको नौ क्विन्टल गाँजासहित एक जना पक्राउ
धनकुटा । धनकुटाबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । आज बिहानको राति करिब १ः३० बजे चौबिसे गाउँपालिका-५ बोधेबाट प्रहरीले नौ सय ४६ किलो गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार ना ५ ख ६१५७ नम्बरको ट्रकमा लोड भएको अवस्थामा गाँजा फेला परेको थियो ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ३८ वटा प्लाष्टिकको बोरामा पोका बनाएर ट्रकमा राखेको अवस्थ...



























