धनकुटाको साँगुरीगढीमा गाँजा बोकेको मोटरसाइकलले ठक्कर दिँदा प्रहरी घाइते
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-१ लावरबोटेमा गाँजासहित प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको छ । मूलघाटबाट धरान जाँदै गरेको प्रदेश १-०२-०४४ प ७४५२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा प्रहरीले गाँजा फेला पारेको हो ।
मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए । चेकजाँचका क्रममा भागेको मोटरसाइकलले प्रहरी चौकी मूलघाटमा कार्यरत प्रहरी जवा...






























