विराटनगर क्रिकेट लिगमा सिद्धार्थ र विराट क्रिकेट एकेडेमी विजयी
विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा जारी विराटनगर क्रिकेट लिगमा सिद्धार्थ स्पोर्टिङ क्लब र विराट क्रिकेट एकेडेमी विजयी भएका छन् । आइतबार विराटनगरको मेरिवोन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा दुबै टोली विजयी भएका हुन् ।
पहिलो खेलमा डाइनामिक क्रिकेट एकेडेमीलाई ७३ रनको फराकिलो अन्तरले पराजित गर्दै सिद्धार्थले जित निकालेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको सिद्धार्थले निर्धारित १८ ओभरमा...






























