विराटनगरको श्री हस्पिटलमा घरबेटीको ताला, हस्पिटल प्रशासन भन्छ- हामीमाथि अन्याय भयो
विराटनगर । विराटनगर-९ स्थित श्री हस्पिटलमा घरधनीले ताला लगाइदिएका छन् । घरभाडा वापतको भुक्तानी नपाएको भन्दै शुक्रबार घरधनी सुष्मा सिंहले ताला लगाइदिएकी हुन् ।
पाँच महिनादेखि भाडा वापतको रकम नपाएको र पुरानो बाँकी रकम पनि नपाएपछि ताला लगाउन बाध्य भएको घरधनी सिंहको भनाइ छ ।
६ महिना अगाडि नै घर खाली गरिदिन आफूले जानकारी गराइसकेको भएपनि अस्पताल संचालकले अटेर गरेको उनको भनाइ छ । उनका अनुसार पाँच महि...






























