धनकुटा आएर मन्त्री परियारले भने– कृषकका समस्या समाधानका लागि गम्भीर छौँ
धनकुटा । नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियारले किसानले भोग्नु परेका समस्या समाधानका लागि गम्भीर रहेको बताएका छन् । धनकुटाको महालक्ष्मी नगरपालिका स्थित घुमाउनेमा प्रगतिशील कृषि तथा पशुपालन कृषक समूहको अनुगमनका लागि धनकुटा आएका मन्त्री परियारले यस्तो बताएका हुन् ।
उनले किसानका समस्या समाधान नभएसम्म देशको समृद्धि सम्भव नहुने बताए । उनले अहिलेको सरकार किसानमैत्री रहेकाले ...






























