नोबेल अस्पतालको पाँचौ तलाबाट खस्दा डाक्टरको मृत्यु

नोबेल अस्पतालको पाँचौ तलाबाट खस्दा डाक्टरको मृत्यु

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खस्दा इन्टर्न गर्दै गरेका डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका-९ जगदरीका ३४ वर्षीय अमित यादव छन् । आज बिहान ६ः३० बजे नोबेलको मुख्य गेटतर्फको भवनको पाँचौ तलाबाट यादव भुइँमा खसेका थिए । प्रहरीका अनुसार भवनबाट खसेर टाउकोमा गम्भीर चोट लागेका उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा बिह...
अंशु गौतमको हत्यारा पक्राउ गर्न सफल मोरङ प्रहरीलाई सम्मान

अंशु गौतमको हत्यारा पक्राउ गर्न सफल मोरङ प्रहरीलाई सम्मान

विराटनगर । मोरङको लेटाङ नगरपालिकाले जिल्ला प्रहरी कार्यालयलाई सम्मान गरेको छ । लेटाङ-२ फडानीकी १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या घटनामा संलग्न दोषी पक्राउ गर्न सफल भएकोमा नगरपालिकाले मोरङ प्रहरीलाई सम्मान गरेको हो । गम्भीर र संवेदनशील प्रकृतिका घटनामा प्रहरीले देखाएको पेसागत क्षमता, धैर्यता र अनुसन्धानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले मोरङ प्रहरी ...
उदयपुरमा आमालाई कुटेर फरार भएका युवराजले गरे भाइको हत्या 

उदयपुरमा आमालाई कुटेर फरार भएका युवराजले गरे भाइको हत्या 

विराटनगर । उदयपुरमा दाजुले धारिलो हतियार खुकुरी प्रहार गरेर भाइको हत्या गरेका छन् । त्रियुगा नगरपालिका-१ जोगीदहका ४३ वर्षीय युवराज राईले ३० वर्षीय भाइ धर्मराजको हत्या गरेका हुन् । उदयपुर प्रहरीका अनुसार आज बिहानको राति करिब २ बजे युवराजले धर्मराजमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका धर्मराजलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा बिहान करिब ...
अंशु गौतम र दिनेश चौधरी हत्याको अनुसन्धानमा मुख्य भूमिका खेल्ने तीन प्रहरी सर्वोत्कृष्ट घोषित

अंशु गौतम र दिनेश चौधरी हत्याको अनुसन्धानमा मुख्य भूमिका खेल्ने तीन प्रहरी सर्वोत्कृष्ट घोषित

विराटनगर । मोरङको लेटाङ की अंशु गौतम र सुनसरीको रामधुनीका दिनेश कुमार चौधरीको हत्या घटनाको अनुसन्धानमा मुख्य भूमिका खेल्ने तीन प्रहरी सर्वोत्कृष्ट घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उनीहरूलाई मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । सर्वोत्कृष्ट प्रहरीमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायब निरीक्षक धर्मेन्द्र कार्की, इलाका प्रहरी कार्यालय पथरीमा का...
धनकुटाको छथर जोरपाटीमा आँप ब्लक कार्यक्रम सञ्चालनमा अन्यौल

धनकुटाको छथर जोरपाटीमा आँप ब्लक कार्यक्रम सञ्चालनमा अन्यौल

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम अन्यौलमा परेको छ । कृषि ज्ञान केन्द्र र स्थानीय तहबीच प्रभावकारी समन्वय नहुँदा कार्यक्रम कार्यान्वयन अन्यौल परेको हो । राष्ट्रिय कृषि आधुनिकीकारण परियोजना अन्तरगत कृषि ज्ञान केन्द्रमार्फत गाउँपालिकाको करिब १४ सय रोपनी क्षेत्रफलमा आँपको ब्लक विकास कार्यक्रम संचालन गर्ने योजना छ । सिधुवा, बन्चरे, पाथिभरा, पिप्ले,...
मोरङको ग्रामथानमा टिपरबाट माटो झार्ने क्रममा करेन्ट लाग्दा सह-चालकको मृत्यु

मोरङको ग्रामथानमा टिपरबाट माटो झार्ने क्रममा करेन्ट लाग्दा सह-चालकको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-१ सरस्वती स्कुल नजिकै टिपरबाट माटो झार्ने क्रममा करेन्ट लाग्दा सह-चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बुढीगंगा गाउँपालिका-१ का २२ वर्षीय श्याम ऋषिदेव छन् । करेन्ट लागेर गम्भीर घाइते भएका ऋषिदेवलाई उपचारका लागि बुढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउमा को १ ख ५०४९ ...
तमोर नदिमा अण्डरपास निर्माण गरिँदै

तमोर नदिमा अण्डरपास निर्माण गरिँदै

धनकुटा । धनकुटा नगरपालिका-९ मूलघाट स्थित तमोर नदीमा अण्डरपास निर्माण थालिएको छ । संखुसभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत आयोजनाको भारवहन समान लैजान अण्डरपास निर्माण थालिएको हो । भारी सामग्री पुलबाट लैजान जोखिम भएपछि अण्डरपास निर्माण थालिएको हो । आयोजनाले करिब ६० मिटर लामो अण्डरपास बनाउने छ । कोशी राजमार्गमा पर्ने धरान–धनकुटा सडक खण्डअन्तरगत मूलघाटमा २ सय मिटर लामो पक्की पुल छ । तर उक्त पुलक...
मोरङको जहदामा रुखबाट लडेर एक जनाको मृत्यु

मोरङको जहदामा रुखबाट लडेर एक जनाको मृत्यु

विराटनगर । मोरङको जहदा गाउँपालिका-१ बुधनगर टोलमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ६० वर्षीय बुद्धिराम राजवंशी छन् । प्रहरीका अनुसार आफ्नै खेतमा रुखको हाँगा काट्ने क्रममा बिहीबार साँझ ६ बजेतिर उनी लडेका थिए । रुखबाट लडेर गम्भिर घाइते भएका उनलाई उपचारका लागि नोबेल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको मोरङ प्र...
एमाले निर्वाचन : मोरङबाट पाँच जना केन्द्रीय सदस्य निर्वाचित

एमाले निर्वाचन : मोरङबाट पाँच जना केन्द्रीय सदस्य निर्वाचित

विराटनगर । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानबाट मोरङका पाँच जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । ११ औँ राष्ट्रिय महाधिवेशनबाट मोरङका जीवन घिमिरे, ऋषिकेश पोखरेल, पर्शुराम बस्नेत, शिल्पा निराला कार्की र दिलीप बगडिया केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । उपाध्यक्ष पदमा उम्मेदवारी दिएका कोशीकै गुरु बराल पराजित भए । यस्तै सचिव पदमा उम्मेदवारी दिएका नेताहरू लालबाबु पण्डित र वि...
धनकुटाबाट एमाले केन्द्रिय सदस्यमा राजेन्द्र राई र तारा तितुङ निर्वाचित

धनकुटाबाट एमाले केन्द्रिय सदस्यमा राजेन्द्र राई र तारा तितुङ निर्वाचित

धनकुटा । नेकपा एमालेको ११ औं महाधिवेशनबाट धनकुटाका दुई नेता केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । आदिवासी जनजाति खुलातर्फ राजेन्द्रकुमार राई केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । उनले एक हजार ४२४ मत प्राप्त गरेका छन् । यस्तै आदिवासी जनजाति महिलातर्फ तारा तितुङ निर्वाचित भएकी छन् । उनले एक हजार ६१४ मत प्राप्त गरेकी छन् ।
झापामा जंगली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

झापामा जंगली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

विराटनगर । झापाको मेचीनगर-४ स्थित बाहुनडाँगीको खड्का डाँडा नजिकै जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज बिहान हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । मृतक पुरुष करिब ५५ वर्षका देखिएपनि उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनास्थल भारतीय सिमाना नजिकै पर्छ  । मृतक पुरुषपनि भारतीय हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलबाट कानुनी प्रकृया पूरा गरेर शव पोष्टमार्टम...
धनकुटाको श्री आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

धनकुटाको श्री आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

धनकुटा । धनकुटा नगरपालिका-१० उत्तरपानी स्थित श्री आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । चिसो बढेसँगै रोटरी क्लब अफ पशुपति काठमाडौंले न्यानो कपडा वितरण गरिएको हो । विद्यालयको ५८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा एक लाख बराबरको ७० थान ट्रयाक सुट वितरण गरिएको हो । क्लबको तर्फबाट राजेश्वर बहादुर श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज बहादुर कार्कीलाई ...
कोशी प्रदेशमा सवारी दुर्घटना : मंसिर महिनामा ३२ जनाको मृत्यु, ९७९ घाइते

कोशी प्रदेशमा सवारी दुर्घटना : मंसिर महिनामा ३२ जनाको मृत्यु, ९७९ घाइते

विराटनगर । कोशी प्रदेशमा सवारी दुर्घटनामा परेर मंसिर महिनामा ३२ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्क अनुसार मंसिर महिनामा भएका पाँच सय ८१ दुर्घटनामा ३२ जनाको मृत्यु भएको हो । दुर्घटनामा नौ सय ७९ जना घाइते भएका कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिए । चालकको लापरबाहीका कारण सबैभन्दा बढी दु...
कोशीका अधिकृतहरूका लागि अभिमुखीकरण तालिम

कोशीका अधिकृतहरूका लागि अभिमुखीकरण तालिम

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा अधिकृत स्तरीय अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । १३७ वटा स्थानीय तहका शिक्षा अधिकृत, कोशी प्रदेशका १४ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तथा शिक्षा तालिम केन्द्र, सामाजिक विकास मन्त्रालय विराटनगर, नगरपालिका सङ्घ र नेपाल गाउँपालिका महासङ्घका प्रतिनिधिको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सुरु भएको हो । पुस १ गतेदेखि सुरु भएको कार्यक्रम ५ गते...
विराटनगरको ब्रम्हपुराबाट दरैया सारियो डम्पिङ साइट, अस्थायी भएपनि व्यवस्थित हुने

विराटनगरको ब्रम्हपुराबाट दरैया सारियो डम्पिङ साइट, अस्थायी भएपनि व्यवस्थित हुने

विराटनगर । विराटनगर महानगरपालिका-६ ब्रम्हपुराबाट करिब दुई दशकपछि डम्पिङ साइट सारिएको छ । ब्रम्हपुराको अव्यवस्थित डम्पिङ साइटलाई व्यवस्थित बनाउने उद्देश्यसहित विराटनगर-१६ स्थित दरैयामा स्थानान्तरण गरिएको हो । दरैयामा रहेको जग्गा महानगरपालिकाको आफ्नै स्वामित्वमा छ । ११ बिघा क्षेत्रफलमध्ये तत्कालका लागि दुई बिघामा घेराबेरा गरेर अस्थायी डम्पिङ साइट बनाइएको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख पुनम दाह...
मोरङमा मोटरसाइकलमा लागूऔषध राखेर ज्वाइँ–ससुरालाई फसाउने षड्यन्त्र, चार जना पक्राउ

मोरङमा मोटरसाइकलमा लागूऔषध राखेर ज्वाइँ–ससुरालाई फसाउने षड्यन्त्र, चार जना पक्राउ

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा मोटरसाइकलको इन्डिकेटरभित्र लागूऔषध खैरो हिरोइन राखिदिएर निर्दोषलाई फसाउने षड्यन्त्र भएको खुलेको छ । उक्त घटनामा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । गत मंसिर २७ गते प्रतिबन्धित लागूऔषध खैरो हिरोइन लुकाई ल्याइँदैछ भन्ने गोप्य सूचना मोरङ प्रहरीलाई आयो । सोही आधारमा धनपालथान गाउँपालिका-४ मा चेकजाँच गर्दा प्रदेश १-०४-००२ प ६४७...
धनकुटाको पाख्रीबासमा करेन्ट लागेर १४ वर्षीय बालकको मृत्यु

धनकुटाको पाख्रीबासमा करेन्ट लागेर १४ वर्षीय बालकको मृत्यु

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-५ चौतारामा करेन्ट लागेर बालकको मृत्यु भएको छ । करेन्ट लागेर स्थानीय लोकबहादुर तामाङका १४ वर्षीय छोरा बादलको मृत्यु भएको हो । दाउरा काट्न जंगलमा गएका उनलाई आज बिहान ९ बजेतिर करेन्ट लागेको धनकुटाका प्रहरी प्रमुख एसपी शरत कुमार थापा क्षेत्रीले जानकारी दिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । विद्युतको पोलमा लगाइएको सपोट छुँदा उनलाई करेन्ट लागेको प्...
धनकुटाको महालक्ष्मीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

धनकुटाको महालक्ष्मीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-८ स्थित चित्रेबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ कोपी चोकका ४६ वर्षीय प्रेम गुरुङ र तेह्रथुमको लालीगुराँस नगरापालिका-२ हुलाक टोलका ३१ वर्षीय तुलसी पौडेल छन् । मंगलबार साँझ शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट ४ सय ३० मिलिग्राम ब्राउन सुगर फेला परेको धनकुटाका प्रहरी प्रमुख शरत कुमार थापा क्षेत...
एमाले महाधिवेशन : कोशीबाट को-को छन् उम्मेदवार ? 

एमाले महाधिवेशन : कोशीबाट को-को छन् उम्मेदवार ? 

विराटनगर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा कोशी प्रदेशबाट उम्मेदवारी दिने नेताहरूको संख्या धेरै छ । मोरङका नेता गुरु बराल अध्यक्ष केपी शर्मा ओली प्यानलबाट उपाध्यक्षको उम्मेदवार बनेका छन् । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्यले पनि उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । ओली प्यानलबाट केन्द्रीय सदस्यको सूचीमा परेका आचार्यले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । यस्तै ईश्वर पोखरेल प...
धनकुटाको जितपुरबाट देखिएको मकालु हिमाल र अरुण उपत्यका (फोटो फिचर)

धनकुटाको जितपुरबाट देखिएको मकालु हिमाल र अरुण उपत्यका (फोटो फिचर)

धनकुटा । धनकुटा सदरमुकामबाट उत्तरपश्चिममा महालक्ष्मी नगरपालिकाको जितपुर बजार अवस्थित छ । यहाँबाट मकालु हिमाल र विश्वको सबैभन्दा होचो ‘अरुण उपत्यका’ को मनोरम दृष्य देख्न सकिन्छ । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
लागूऔषध मुद्दाका फरार प्रतिवादी धनकुटाबाट पक्राउ

लागूऔषध मुद्दाका फरार प्रतिवादी धनकुटाबाट पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-२ का ३३ वर्षीय शिवकुमार विशंखे छन् । उनलाई विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो । उनलाई सहिदभूमि-१ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए । विशंखेलाई जिल्ला अदालत सुनसरीबाट लागूऔषध मुद्दामा दुई ...
विराटनगर आँखा अस्पताललाई धनकुटामा सम्मान

विराटनगर आँखा अस्पताललाई धनकुटामा सम्मान

धनकुटा । नेपाल नेत्रज्योति संघ धनकुटाद्वारा संचालित डा. रामप्रसाद पोखरेल आँखा अस्पतालले विराटनगर आँखा अस्पताललाई सम्मान गरेको छ । संघको पन्ध्रौ वार्षिक साधारण सभा तथा अस्पतालको बाह्रौं वार्षिकोत्सवको असरमा सोमबार सम्मान गरिएको हो । धनकुटा नगरपालिका-६ सल्लेरीमा रहेको रामप्रसाद आँखा अस्पतालको सेवा गुणस्तर वृद्धिका लागि सहयोग पुर्याएको भन्दै विराटनगर आँखा अस्पताललाई सम्मान गरिएको हो । विराटनगर आँ...
धनकुटाको सुलभ बचत सहकारीद्वारा कर्मचारी तथा विद्यार्थीलाई सम्मान

धनकुटाको सुलभ बचत सहकारीद्वारा कर्मचारी तथा विद्यार्थीलाई सम्मान

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ स्थित सिधुवा बजारमा रहेको सुलभ बचत तथा ऋण सहकारी संस्थाले २२ औं साधारणसभा सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी संस्थाले वार्षिक साधारणसभा सम्पन्न गरेको हो । गत आर्थिक वर्षमा १० करोड ८९ लाख ३४ हजार दई सय ४७ रुपैयाँ पुँजी रहेकोमा सहकारीले चालु आर्थिक वर्षमा १७ करोड पुर्याएको छ । सहकारीमा पाँच सय ८४ महिला र छ सय ६६ पुरुष गरी जम्मा एक हजार ती...
प्राज्ञिक विद्यार्थी परिषद्को विराटनगर कमिटीमा घिमिरे चयन

प्राज्ञिक विद्यार्थी परिषद्को विराटनगर कमिटीमा घिमिरे चयन

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विराटनगर महानगर कमिटीको अध्यक्षमा एम्स कलेजका सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन् । शनिबार सत्यनारायण स्कुलमा भएको भेलाले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो । यस्तै नगर सचिवमा राजेन्द्र प्रसाद शाह, सह-सचिवमा आर्यन कुमार कलवार, सुभास मण्डल र रोहित खतिवडा चयन भएका छन् । यसैगरी छात्रा प्रमुखमा पूजा पराजुली, सह-छात्रा प्रमुखमा...
मोरङका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

मोरङका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर । मोरङका दुई स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका-६ गैरीगाउँमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा-६ का २६ वर्षीय अतीत राई छन् । दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गछिया खोलातर्फ जाँदै गरेको को १ त ६४५८ नम्बरको ट्याक्...
त्रिवेणी बचत सहकारीको अध्यक्षमा रुद्र दुलाल चयन

त्रिवेणी बचत सहकारीको अध्यक्षमा रुद्र दुलाल चयन

विराटनगर । विराटनगर महानगरपालिका-१ पोखरियास्थित त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा रुद्रप्रसाद दुलाल सर्वसम्मत चयन भएका छन् । २८ औं वार्षिक साधारण सभामा दुलाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यस्तै उपाध्यक्षमा विमला बस्नेत थापा, सचिवमा बाबुकाजी थापा र कोषाध्यक्षमा लीलाराम बास्तोला चयन भएका छन् । सदस्यहरूमा कृष्णराज चौधरी, बन्दीका भट्टराई दाहाल, तुलसा न्यौपाने काफ्ले, ख्याम...
विराटनगरमा जलाइयो तीन हजार किलो गाँजा

विराटनगरमा जलाइयो तीन हजार किलो गाँजा

विराटनगर । विराटनगरमा तीन हजार किलो गाँजा जलाएर नष्ट गरिएको छ । तीन वर्षको अवधिमा विराटनगरका विभिन्न स्थानबाट बरामद गरिएको गाँजा शनिबार जलाएर नष्ट गरिएको हो । आर्थिक वर्ष २०७८/०७९ देखि चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म बरामद भएको गाँजा एकै स्थानमा संकलन गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विभिन्न समयमा लागूऔषध कारोबार नियन्त्रणका क्रममा बरामद गरिएको गाँजा मुद्दा प्रक्रियाका ...
धनकुटाको जितपुरमा १५ सय बढीको निःशुल्क स्वास्थ्य परीक्षण

धनकुटाको जितपुरमा १५ सय बढीको निःशुल्क स्वास्थ्य परीक्षण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुरमा एक हजार बढीको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । निजामती कर्मचारी अस्पताल काठमाडौंको आयोजना तथा अर्खौले जितपुर सेवा समाज र महालक्ष्मी नगरपालिकाको सहकार्यमा बिहीबार र शुक्रबार भएको शिविरमा एक हजार पाँच सय बढीको स्वास्थ्य परीक्षण गरिएको हो । शिविरमा हाडजोर्नी, फिजियोथेरापी, स्त्री तथा प्रसूति सेवा, शल्य चिकित्सा, स्किन (छाला) रोग, आँखा, जनरल मे...
मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट घिमिरेको मृत्यु

मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट घिमिरेको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा संगम टोलका ६० वर्षीय भवकृष्ण घिमिरे छन् । आज बिहान दूध बेच्न जाँदै गर्दा बिहान ५ बजे उनलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको हो । आक्रमणपछि हात्तीको बथान नजिकै रहेको उत्तरतर्फको चारकोसे जङ्गलतर्फ लागेको स्था...
सुनसरीबाट ११० किलो गाँजा बरामद, धनकुटाका दुई जना पक्राउ

सुनसरीबाट ११० किलो गाँजा बरामद, धनकुटाका दुई जना पक्राउ

विराटनगर । सुनसरीको विभिन्न स्थानबाट प्रहरीले एक सय १० किलो चार सय ग्राम गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिका-५ का ६५ वर्षीय भीम लिम्बु र सोही स्थानका ३० वर्षीय ख्याम लिम्बुलाई पक्राउ गरेको हो । अन्य व्यक्तिहरू फरार रहेका सुनसरी प्रहरीले जनाएको छ । सुनसरी प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका-१३ छोटी पुलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ...
कोशीमा धान उत्पादन घट्यो, गतवर्ष भन्दा १९ हजार मेट्रिक टन कमी

कोशीमा धान उत्पादन घट्यो, गतवर्ष भन्दा १९ हजार मेट्रिक टन कमी

विराटनगर । कोशी प्रदेशमा धान उत्पादन घटेको छ । प्रदेश कृषि निर्देशनालयका अनुसार गत वर्षको तुलनामा झण्डै २० हजार मेट्रिक टन धान उत्पादन घटेको हो । गतवर्ष प्रदेशभरि ११ लाख २२ हजार दुई सय २१ मेट्रिक टन धान उत्पादन भएको थियो । तर यो वर्ष ११ लाख दुई हजार नौ सय ४९ मेट्रिक टन मात्रै धान उत्पादन भएको छ । यो गतवर्षको तुलनामा १९ हजार दुई सय ७२ मेट्रिक टनले कमी हो । गतवर्ष दुई लाख ७५ हजार दुई सय ६८ हेक्ट...
error: Content is protected !!