विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
विराटनगर । विराटनगर-४ स्थित नोबेल अस्पताल नजिकबाट ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगर गाउँपालिका-७ का ५२ वर्षीय हबिब खाँ र हरिनगर-४ का ३० वर्षीय इरसाद आलम छन् ।
उनीहरूलाई लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । प्रहरीले हबिबको साथबाट १ सय ३१ ग्राम ब्राउन सुगर बरामद गरिए...






























