प्रदेश १ का चार जिल्लामा थपिए १८ कोरोना संक्रमित, ५१ डिस्चार्ज
विराटनगर । प्रदेश १ मा शुक्रबार १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ र सुनसरीमा ५/५ साथै झापा र इलाममा ४/४ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ५, सुनसरीको धरानमा २, बराहक्षेत्र, बर्जु र इटहरीमा १/१ जना संक्रमित थपिएका छन् । त्यस्तै झापाको विर्तामोडमा २, अर्जुनधारा, गौरीगञ्जमा १/१ र इलामको चुलाचुलीमा ४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ...





























