
धनकुटा । संसद् विघटनको विरोधमा सोमबार धनकुटामा नेपाली काँग्रेसका नेता कार्यकर्ताले कालो पट्टी बाँधेर प्रदर्शन गरेका छन् । असंबैधानिक रुपमा संसद् विघटन गरिएको भन्दै विरोधस्वरुप काँग्रेसले प्रदर्शन गरेको हो । जिल्ला पार्टी कार्यालयबाट टाउकोमा कालोपट्टी बाँधेर निस्किएका नेता कार्यकर्ताले संसद् विघटनको विरोध गर्दै बजारमा प्रदर्शन गरे ।
प्रदर्शनपछि आयोजित सभालाई संवोधन गर्दै काँग्रेस जिल्ला सभापति अग्नी प्रसाद पौडेल, प्रदेश सांसद् लिला सुब्बा, काँग्रेस जिल्ला सचिव विजय सन्तोषी राई र कोषाध्यक्ष दिनेश राईले लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेस सडकमा आएको वताए ।
प्रतिगामी कदमको विरोधमा जिल्लाभर नै काँग्रेस नेता कार्यकर्ताले मुख, टाउको र हातमा कोलो पट्टी बाँधेर प्रदर्शन गरेको काँग्रेस सचिव राईले जानकारी दिए ।















