संगालोखबर सम्वाददाता

विराटनगर । मोरङको सुन्दरहरैंचामा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । ना ३ ख ५६९१ नम्बरको ट्रकले ठक्कर दिँदा लेटाङ–२ का ६७ बर्षीय रत्न बहादुर श्रेष्ठको मृत्यु भएको हो ।

Advertisement

ट्रकको ठक्करबाट श्रेष्ठ गंभीर घाइते भएका थिए । विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालक धनकुटाको साँगुरिगढीका २९ बर्षीय अमिर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!