संगालोखबर सम्वाददाता

झापा । अनलाइनबाट चिठ्ठा परेको प्रलोभन देखाएर ठगी गर्ने एक जना झापाबाट पक्राउ परेको छन् । ठगी गरेको आरोपमा झापाको अर्जुनधारा–९ का २९ बर्षीय पंकज पौडेली बि.क.लाई प्रहरीले पक्राउ गरेको हो ।

पौडेलीले अनलाइनको माध्यमबाट ठगी गरेको भनी महानगरीय अपराध महाशाखा काठमाडौंमा ठगी मुद्दा दर्ता भएपछि खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले बिर्तामोड नगरपालिका–२ बाट उनलाई पक्राउ गरेको हो । उनले अनलाइनबाट चिठ्ठा परेको सामग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै बिभिन्न बैंकहरुको खाता नम्बर दिएर बिभिन्न व्यक्तिहरुकबाट रकम उठाएर ठगी गरेका थिए ।

पक्राउ परेका बि.क.को साथबाट नगद ३ लाख ५६ हजार ७ सय १० रुपैयाँ नगद फेला परेको छ । साथै उनको कोठामा रहेको दराजबाट २ लाख ८ हजार दुई सय रुपैयाँ र घर पछाडि गाईको गोठ छेउमा रहेको गोबरको थुप्रोभित्र झोलामा प्याकिङ गरी गाडिएको अवस्थामा ८ लाख ३० हजार ३ सय रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै पौडेलीको नाममा दर्ता रहेको सवारी दर्ता किताव, विनोद काफ्ले नामको सवारी चालक अनुमति पत्र, अनिल बस्नेत नामको सवारी चालक अनुमति पत्रको प्रतिलिपी, पंकज पौडेली नामको नागरिकताको प्रतिलिपीसमेत प्रहरीले बरामद गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!