
झापा । झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्रउ पर्नेमा मेचीनगर नगरपालिका–६ का २४ बर्षीय सुरज खड्का र २८ बर्षीय प्रकाश लिम्बु छन् ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले मेचीनगर नगरपालिका–७ गैह्रीगाउँबाट खड्कालाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । त्यस्तै मेचीनगर–६ बाट १८ ग्राम ब्राउन सुगरसहित लिम्बु पक्राउ गरेका हुन् ।
पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।