विराटनगर । ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा केन्द्रविन्दु भएर बिहान ७: ३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।
भूकम्पको धक्का जिल्ला सदरमुकामसहित विभिन्न क्षेत्रमा महसुस भएको थियो । ओलाङचुङगोला चीनसँगको सिमा क्षेत्र हो । भूकम्पबाट के कति क्षति भए/नभएको यकिन विवरण आइसकेको छैन ।