
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाका अध्यक्ष राजेन्द्र राईलाई पितृशोक परेको छ । अध्यक्ष राईका वुवा तेजबहादुरको १०१ बर्षको उमेरमा शनिवार बिहान करिब ४ः३० बजे निधन भएको हो ।
पाख्रीवास नगरपालिका–७ मुगास्थित घरमै रहेका बेला राईको निधन भएको पाख्रीवास नगरपालिकाका मेयर बिर्षबहादुर राईले जानकारी दिए । राईको पार्थिव शरिरलाई आज दिउँसो स्थानीय बनपाला जंगलमा अन्त्येष्टि गरिने बताइएको छ ।
मृतक राईका तीन छोरा र तीन छोरी छन् । श्रीमतिको यसअघि नै मृत्यु भइसकेको छ । प्रतिनिधि सभाका निवर्तमान सदस्यसमेत रहेका राजेन्द्र कान्छा छोरा हुन् ।















