संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

मोरङ । मोरङको जहदा गाउँपालिकामा ज्वाइले सासुको हत्या गरेका छन् । गौरीजञ्ज नगरपालिका–१ का २७ बर्षीय प्रेमलाल मण्डलले सासु जहदा–१ की ५५ बर्षीया जोखनी देवी सवरीयाको हत्या गरेका हुन् ।

घरायशी विवादका क्रममा वुधवार बिहान सवरियालाई ज्वाईले टाउकोमा दाउले हानेका थिए । गंभीर घाइते सवरियालाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको थियो ।

Advertisement

उपचारका क्रममा बिहिबार दिउँसो करिब २ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सासुको हत्या आरोपमा मण्डललाई प्रहरीले पक्राउ गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!