संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

मोरङ । मोरङको मिक्लाजुङ–६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोटर चलाउँने क्रममा करेन्ट लाग्दा स्थानीय मिक्लु खोलाको निर्माणाधिन पुलमा कार्यरत सप्तरी सम्भुनाथ–४ का २२ बर्षीय रोहित साहको मृत्यु भएको हो ।

साह केही समयदेखि पुल निर्माणको काममा ज्यामी काम गर्दै आएका थिए । कामकै शिलशिलामा आइतबार मोटर चलाउने क्रममा बिधुत सर्ट भई करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

Advertisement

उर्लाबारीस्थित मंगलबारे अस्पतालमा उपचारका क्रममा अपरान्ह करिब ४ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!