- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा आज बिहान गुड्दै गरेको टिपरमा आगो लागेको छ । कोशी राजमार्गको धनकुटा–हिले सडक खण्डस्थित धनकुटा नगरपालिका–६ सल्लेरीमा बिहान करिब ७ बजे गुडिरहेको टिपरमा आगो लागेको हो ।

Advertisement

तेह्रथुमको बसन्तपुरबाट बालुवा लिन धनकुटाको मूलघाट जाँदै गरेको लु.१.क ३८९१ नम्बरको टिपर गुडिरहेको अवस्थामा अचानक आगो लागेको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए । आगलागीबाट टिपरको अगाडिको भाग पूर्ण रुपमा क्षति भएको छ । टिपरमा चालक र सह–चालक थिए । गुडिरहेको अवस्थामा आगलागी सुरु भएपछि उनीहरुले भागेर ज्यान जोगाएका छन् ।

धनकुटा नगरपालिकाको दमकलको सहायतामा प्रहरीले आगो नियन्त्रणमा लिएको छ । वाइरिङ सर्ट भएर टिपरमा आगो लागेको अनुमान गरिएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिए । ‘गुडिरहेको गाडीमा वाइरिङ सर्ट भएर आगो सल्किएको जस्तो देखिन्छ ।’ ट्राफिक प्रहरी खड्काले संगालोखबरसँग भने–‘आगो सल्किन थालेपछि गाडी रोकेर चालक र सह–चालक भागेकाले मानवीय क्षति भने भएन । गाडीको अगाडिको भाग जलेर क्षति भएको छ ।’

केही बर्ष अघि पनि कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डमा गुडिरहेको बसमा आगो लागेको थियो ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!