संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा उद्घोषण तथा रेडियो कार्यक्रम उत्पादन सम्बन्धि सात दिने तालिम सम्पन्न भएको छ । रेडियो धनकुटा एफएम १०६.२ मेगाहर्जले तालिम सञ्चालन गरेको हो ।

Advertisement

तालिममा धनकुटा र तेह्रथुमका २० जना सहभागि थिए । तालिम समापन कार्यक्रममा प्रदेश नं. १ को न्याय, प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणी पराजुलीले पत्रकारिता क्षेत्र समाजको ऐना भएकाले पत्रकारिता पेशालाई मर्यादित बनाउनुपर्ने आवश्यकता औल्याए । तालिममा सहभागि कञ्चन दर्नाल र सुरेषकुमार राई याम्फुले तालिमबाट आफुहरुलाई पेशामा लाग्न प्रेरणा मिलेको धारणा राखे ।

तालिममा सहभागिहरुलाई प्रशिक्षक भीम घिमिरे, खगेन्द्र प्रसाद घिमिरे, रमेशचन्द्र अधिकारी, विदुर खवास लगायतले प्रशिक्षण दिएको आयोजक रेडियो धनकुटा एफएमका व्यवस्थापन समिति अध्यक्ष गोपाल बराइलीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!